एचआइभीको जोखिम घटाउँदै परिवर्तन समूह
घोराही, २६ वैशाख । परिवर्तन समूहले दाङमा सुईबाट लागु औषध प्रयोग गर्नेहरु एचआइभी एड्सको जोखिम रोक्नेगरी कार्यक्रम सञ्चालन गर्न लागेको जनाएको छ । समूहको आयोजना र सेभ द चिल्ड्रेनको सहयोगमा आज घोराहीमा परिचयात्मक बैठकको आयोजना गरी लागुऔषध सेवन गर्नेहरुले प्रयोग गर्ने सुईबाट एचआइभीको संक्रमण हुनसक्ने भन्दै सचेतनाको कार्यक्रम गर्न लागेको जनाएको हो ।
परिवर्तन समूहका कार्यक्रम संयोजक इन्द्राकुमारी जिसीले दाङमा...
सैघाको विद्यालयमा सेनाले बनाइदियो पक्की शौचालय
घोराही, २६ वैशाख । घोराही उपमहानगरको विकट पहाडी क्षेत्र वडा नम्बर १९ सैघामा रहेको एक विद्यालयमा नेपाली सेनाले दुईकोठे पक्की शौचालय बनाइदिएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १९ मा रहेको भगवती मावि होड्बाङमा रिपमर्दन गण घोराहीले दुईकोठे शौचालय निर्माण गरी हस्तान्तरण गरेको छ ।विद्यालय व्यवस्स्थापन समितिका अध्यक्ष शशिराम गिरीको अध्यक्षता तथा वडाध्यक्ष हर्कबहादुर घर्तीको प्रमुख आतिथ्यतामा शौचालय हस्तान्तरण...
शिक्षा शाखा र प्याब्सनको ताला खुल्यो, यस्ता छन् आठ बुँदे सहमति
घोराही, २५ वैशाख । विद्यार्थी संगठनहरुले विभिन्न मागहरु राख्दै घोराही उपमहानगरको शिक्षा शाखा र प्याब्सनको कार्यालयलयमा लगाएको ताला खोलेका छन् । घोराही उपमहानगरपालिका सामाजिक विकास समिति, शिक्षा शाखा, प्याब्सन र विद्यार्थी संगठनहरुबीच मंगलबार ८ बुँदे सहमति पछि ताला खुलेको हो ।
छलफलबाट अनुमति विना सञ्चालन भएका कक्षाहरु बन्द गराउने निर्णय भएको छ । त्यसैगरी, संस्थागत विद्यालयहरुले शिक्षा ऐन, नियमावलीअनुसार तत्काल...
घोराही उपमहानगरद्वारा छाडा पशुहरु नियन्त्रण, पाल्न चाहनेलाई दिइने
घोराही, २५ वैशाख । घोराही उपमहानगरपालिकाको बजार क्षेत्रमा छाडा पशुचौपायाको संख्या बढ्न थालेपछि नियन्त्रणमा लिएको छ । उपमहानगरको बजार क्षेत्र घोराही, नारायणपुर र गोग्ली लगायतका स्थानमा छाडा पशु चौपाया बढ्दै गएपछि नियन्त्रणमा लिएको हो ।
घोराही र नारायणपुरमा गरी अहिले करिब ६० वटा पशुचौपायाहरु नियन्त्रणमा लिइएका छन् । उपमहागरको कार्यालय परिसरमा रहेको कान्जी हाउसमा छाडा गाईगोरुलाई नियन्त्रणमा राखिएको छ । गाउँबाट...
बालविवाह न्युनिकरण गर्न सडक नाटक
तुलसीपुर, २५ वैशाख । तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ ले वडाका विभिन्न स्थानमा बालविवाह न्युनिकरणसम्बन्धी सडक नाटक प्रदर्शन गरेको छ । वडालाई बालविवाह मुक्त बनाउने अभियानको थालनीस्वरुप सडक नाटक प्रदर्शन गरिएको वडाअध्यक्ष चित्रबहादुर वलीले बताउनुभयो ।
बाल विवाह न्यूनिकरण र लागु पदार्थ दुव्र्यसनको अन्त्यका लागि सचेतनामुलक नाटक वडाका उरहरी चौक, वडा कार्यालय र बेलगनार गरी ३ स्थानमा प्रदर्शन गरिएको नाटकका...
राजस्व अभिवृद्धिको योजना बनाउँदै घोराही उपमहानगर
घोराही, २४ वैशाख । राजस्व अभिवृद्धि योजना बनाउनका लागि घोराही उपमहानगरपालिकाको आयोजनामा चारदिने कार्यक्रम सुरु भएको छ । उपमहानगरपालिकाको आयोजना र कमिटेड कमलादी काठमाडौँको सहयोगमा राजस्व अभिवृद्धि योजना निर्माणसम्बन्धी चारदिने कार्यक्रम सुरु भएको हो ।
उपमहानगरपालिकाका कार्यवहाक नगरप्रमुख सीता न्यौपानेको अध्यक्षतामा कार्यक्रमको सुरुवात भएको हो । उपमहागनगरले संकलन गर्ने राजस्वलाई पारदर्शी बनाउने उद्देश्यले जनप्रतिनिधिसहित व्यवसायीहरुको समेत सहभागितामा कार्यक्रम सुरु भएको...
अनिवार्य नेपालीलाई सय पूर्णाङ्कमै यथावत् गर्न माग
दाङ, २३ वैशाख । मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जाल, राप्ती समितिले कक्षा ११ र १२ मा १००/१०० पूर्णाङ्कको अनिवार्य नेपाली विषयको पाठ्यक्रम यथावत् राख्न पाठ्यक्रम विकास केन्द्रसँग माग गरेको छ ।
समितिले आज विज्ञप्ति निकालेर नेपाल सरकार, पाठ्यक्रम विकास केन्द्रले विभिन्न वाहनामा नेपाली भाषामाथि मनपरी गर्दै आएको भन्दै कक्षा ११ र १२ मा अनिवार्य नेपाली विषयलाई ५०/५० पूर्णाङ्कको बनाउने...
घोराही उपमहानगरका वडा नं. १४ र १५ सहरी क्षेत्र अन्य सबै ग्रामीण
घोराही, २३ वैशाख । घोराही उपमहानगरपालिकाले नगर क्षेत्रमा शहरी र ग्रामीण क्षेत्र छुट्याएको छ । नगर कार्यपालिकाको बैठकले वडा नम्बर १४ र १५ लाई शहरी र अन्य १७ वटा वडाहरुलाई ग्रामीण क्षेत्र तोक्ने निर्णय गरेको छ ।
नगर क्षेत्रको सबै स्थानमा समान एवं सन्तुलित विकास गर्ने उद्देश्यले शहरी र ग्रामीण क्षेत्र घोषणा गरिएको प्रवक्ता भरत अर्यालले जानकारी दिनुभयो । नगर प्रमुख...
घोराही उपमहानगरलाई बालमैत्री बनाउने तयारी
दाङ, २२ वैशाख । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले नगरलाई बालमैत्री बनाउने तयारी भैरहेको बताउनुभएको छ । बालबालिकाका आधारभूत अधिकार संरक्षण गरी उनीहरुलाई बिभिन्न निर्णय प्रक्रियामा सहभागी गराउने रणनीति उपमहानगरले अवलम्बन गरिरहेको उहाँले जानकारी दिनुभयो ।
घोराही उपमहानगरपालिका वडा नं. १६ को सहयोग र दाङ सञ्चार प्रालिको आयोजनामा घोराहीमा सञ्चालित दुईदिने बालविवाह न्यूनिकरणसम्बन्धी तालिम समापन कार्यक्रममा बोल्दै प्रमुख चौधरीले बालमैत्री...
घोराही १६ को ५४ वटा योजना सम्पन्न
घोराही, २२ वैशाख । घोराही उपमहानगरपालिका वडा नम्बर १६ ले चालु आर्थिक वर्षमा ५४ वटा योजना सम्पन्न गरेको जनाएको छ । वडास्तर तथा नगरस्तरका ५४ वटा योजनाका काम सम्पन्न भएको वडा कार्यालयले जनाएको छ ।
वडास्तरमा रहेका ७४ वटा योजनाहरुमध्ये २० वटा योजनाहरुको काम पनि सञ्चालन भइरहेको वडाध्यक्ष लछिनप्रसाद बुढा मगरले जानकारी दिनुभएको छ । चालु आर्थिक वर्षमा वडा र नगरस्तरबाट...














