जग्गाको बढ्दो खण्डीकरणलाई रोक्न स्थानीय सरकारलाई आग्रह

घोराही, २१ वैशाख । दाङमा बढ्दै गइरहेको जग्गा खण्डीकरण रोक्न नागरिकहरुले स्थानीय सरकारसँग आग्रह गरेका छन् । जिल्ला समन्वय समिति दाङको आयोजना र फियान तथा खाद्य अधिकार सञ्जालको समन्वयमा आज घोराहीमा खाद्य अधिकारका विषयमा स्थानीय सरकारका प्रतिनिधिहरुसँगको छलफलमा नागरिकहरुले जग्गा खण्डीकरणलाई तत्काल रोक्न आग्रह गरेका हुन् ।सरकारले कित्ताकाट गर्न नपाउने गरी नीति ल्याए पनि कार्यान्वयन हुन नसकेको भन्दै नागरिकहरुले अब...

कक्षा ११ र १२ को नेपालीको पूर्णाङ्क नघटाउन माग

दाङ, २० वैशाख । महेन्द्र बहुमुखी क्याम्पस दाङको नेपाली विभागले कक्षा ११ र १२ को अनिवार्य नेपाली विषयको पूर्णाङ्कलाई नघटाउन माग गरेको छ । विभागले बिहीबार विज्ञप्ति जारी गर्दै यस्तो माग गरेको हो । पाठ्यक्रम विकास केन्द्रले कक्षा ११ र १२ को १०० पूर्णांकबाट खुम्च्याएर अन्यथा गर्न थालेको भन्दै विभागले आपत्ति जनाएको छ । नेपाली भाषाको संरक्षण नेपाली जातिको पहिचान...

डेढ लाख दिने सहमतिपछि शव बुझे परिवारले

तुलसीपुर, २० वैशाख । बिहीबार तुलसीपुरस्थित ज्योति मेडिकल एण्ड बिनोद प्याथोलोजीमा उपचारका क्रममा मृत्यु भएकी प्रेमा कुमाल कलौरीको शव आफन्तले बुझेका छन् । मृतकका आफन्त र मेडिकल संचालक बिच एक लाख ५० हजार रुपैयाँ क्षेतिपूर्ति दिने सहमति भएपछि आफन्तले शब बुझेको बताइएको छ । मेडिकलमा उपचार गर्न आएकी तुलसीपुर उपमहमनगरपालिका ७ पर्सेनी निबासी प्रेमा कुमाल कलौरीको मृत्यु भएपछि आफन्तले दोषीलाई कारबाही...

शैक्षिक शुल्कको घोराहीमा उपमहानगरले अनुगमन गर्ने

घोराही, २० वैशाख । घोराही उपमहानगरपालिका क्षेत्रका सरकारी र निजी विद्यालयहरुले चर्को शुल्क लिएको भन्ने व्यापक गुनासो आएपछि उपमहानगरले त्यसको अनुगमन गर्ने भएको छ । भर्ना र शिक्षण शुल्क चर्कोरुपमा लिएको भन्दै विद्यार्थी संगठनहरुले उपमहानगरको शिक्षा शाखामा तालाबन्दी र ज्ञापनपत्र मार्फत सूचना प्राप्त भएपछि उपमहानगरको सामाजिक विकास समितिको नेतृत्व र विद्यार्थी संगठनहरुको सहभागितामा अनुगमन गर्ने सहमति भएको हो । समितिका संयोजक...

शिक्षा, स्वास्थ्य र खाद्यअधिकारको ग्यारेण्टी गर्न माग

घोराही, २० वैशाख । स्वास्थ्य, शिक्षा र खाद्य सुरक्षाको ग्यारेन्टी गर्न सरोकारवालाहरुले घोराही उपमहानगरपालिकालाई आग्रह गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक दाङले बिहीबार घोराहीमा आयोजना गरेको सेवा प्रदायक र सेवाग्राहीबीच स्थानीय तहस्तरीय शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको अवस्था विषयक कार्यक्रममा सरोकारवालाहरुले आधारभूत आवस्यकताहरुलाई न्यूनतम रुपमा पूरा गर्न आग्रह गरेका हुन् । इन्सेकले घोराही उपमहानगरपालिकाभित्रका साविक लक्ष्मीपुर र सौंडियार...

स्वतन्त्र प्रेसबाट मात्रै नागरिकहरुको अधिकार सुरक्षित

घोराही, २० वैशाख । निष्पक्ष पत्रकारीताले मात्रै नागरिकहरुको अधिकारको रक्षा गर्ने एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघ दाङ शाखाले बिहीबार घोराहीमा आयोजना गरेको नेपालको पत्रकारीता र प्रेस स्वतन्त्रताको अवस्था विषयक कार्यक्रममा बोल्ने पत्रकारहरुले सत्य, तथ्य र निष्पक्ष पत्रकारीताबाट मात्रै नागरिकका अधिकार सुरक्षित एव‌ं प्रेस जगत स्वतन्त्र बन्ने बताएका हुन् । पत्रकारीताको आडमा...

बिरामीको मृत्युपछि तनाव

तुलसीपुर, १९ वैशाख । तृलसीपुरमा एक बिरामीको उपचारमा लापरवाहीका कारण मृत्यु भएको भन्दै आफन्तहरुले तनाव सिर्जना गरेका छन् । पेट दुखेर बुधबार तुलसीपुरस्थित ज्योति मेडिकलमा उपचार गर्न गएकी तुलसीपुर ७ कुमाल गाउँकी ४० वर्षीया प्रेमा कुमालको मृत्यु भएपछि आफन्तले मेडिकल घेराउ गरेका हुन् । मेडिकलमा नेपालीलाई डा. प्रकाश नेपालीले दुखाई कम गर्ने औषधि र इन्जेक्सन दिएको र त्यसपछि झनै बिरामी...

बालमैत्री स्थानीय शासन अभिमुखीकरण सम्पन्न

दाङ, १९ बैशाख । घोराही उपमहानगरपालिका वडा नं. १६ को सहयोग र दाङ सञ्चार प्रालिको आयोजनामा सञ्चालित दुईदिने बालमैत्री स्थानीय शासनसम्बन्धी अभिमुखीकरण कार्यक्रम आज घोराहीमा सम्पन्न भएको छ । तालिम समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि उपमहानगरपालिकाकी उपप्रमुख सीता न्यौपानेले बालबालिकाका अधिकार सुरक्षित गर्नु हरेक अभिभावकको दायित्व भएको बताउनुभयो । बालमैत्री स्थानीय शासनका सूचकहरु पूरा गरी घोराही उपमहानगरपालिकाका हरेक वडालाई बालमैत्री...

नर्सिङ कर्मचारीहरुको लागि दक्षता वृद्धि तालिम

घोराही, १९ बैशाख । घोराही उपमहानगरपालिकाले बर्थिङ सेन्टरमा कार्यरत नर्सिङ कर्मचारीहरुको दक्षता अभिबृद्धी गर्न तालिम सञ्चालन गरेको छ । बर्थिङ सेन्टरमा कार्यरत नर्सिङ कर्मचारीहरुलाई क्लिनिकल अपडेट कार्यक्रम अन्तगत दक्षता अभिबृद्धlका लागि तीनदिने तालिम सञ्चालन गरेको हो । घोराही उपहानगरपालिकाका प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा बुधबारदेखि घोराही उक्त तालिमको सुरुवात भएको छ । राप्ती उपक्षेत्रीय अस्पतालमा कार्यरत देवा पौडेल र जनस्वास्थ्य कार्यालयमा...

घोराहीमा परिवार नियोजन क्लिनिकल तालिम केन्द्र

घोराही, १९ वैशाख । दाङको घोराहीमा परिवार नियोजन क्लिनिकल तालिम केन्द्रको स्थापना गरिएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तालिम केन्द्र टेकु काठमाडौँले नेपाल परिवार नियोजन संघ घोराहीमा परिवार नियोजन क्लिनिकल तालिम केन्द्रको स्थापना गरेको हो । तालिक केन्द्रको बुधबार घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले उद्घाटन गर्नुभएको छ । परिवार नियोजन सम्बन्धी सबै ज्ञान, सीप र परामर्शहरु दिने गरी...

ताजा समाचार