ताइबानी उत्पादक तथा सप्लायरको उच्चस्तरीय प्रतिनिधिमण्डल नेपाल आउने

काठमाडौं, वैशाख १९ । नेपाली व्यवसायीसँग प्रत्यक्ष भेटघाट गर्न ताइबानी उत्पादक तथा सप्लायरसहितको उच्चस्तरीय प्रतिनिधिमण्डल नेपाल आउने भएको छ । ताइवान एक्स्टर्नल ट्रेड डेभलपमेन्ट काउन्सिलको नेतृत्वमा ९ सदस्यीय व्यापारिक प्रतिनिधिमण्डल नेपाल आउने भएको हो । यही वैशाख ३० गते ताइवानका प्रतिष्ठित उत्पादक तथा सप्लायरहरू सम्मिलित सो प्रतिनिधिमण्डलले काठमाडौंको दरबारमार्गस्थित अन्नपूर्ण होटलमा नेपाली व्यवसायीहरूसँग प्रत्यक्ष भेटघाट गरी व्यापारिक सम्भावनाबारे अन्तरक्रिया गर्ने...

बालमैत्री स्थानीय शासन अभिमुखीकरण कार्यक्रम

दाङ, १८ बैशाख । घोराही उपमहानगरपालिका वडा नं. १६ को सहयोग र दाङ सञ्चार प्रालिको आयोजनामा आजदेखि घोराहीमा दुईदिने बालमैत्री स्थानीय शासनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सुरु भएको छ । तालिम उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि उपमहानगरपालिकाकी उपप्रमुख सीता न्यौपानेले बालबालिकाका अधिकार सुरक्षित गरी स्थानीय तहलाई बालमैत्री बनाउन सबै सरोकारवालाको सहयोग जरुरी भएको बताउनुभयो । उहाँले बालमैत्री स्थानीय शासनले समाजमा बालबालिकाको अवस्था...

मजदुर दिवसका अवसरमा क्रिकेट प्रतियोगिता

घोराही, १८ वैशाख । नेपाल औषधि बिक्री प्रतिनिधि संघ दाङले मजदुर दिवसका अवसरमा मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता गरेको छ । संघअन्तर्गतका विवाहित र अविवाहितका बीच मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता गरेको हो । घोराही उपमहानगरपालिका १७ गुलरिया क्रिकेट मैदान भएको मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा विवाहित समूह ११ रनले विजयी भएको छ । टस जितेर पहिले ब्याटिङ गरेको विवाहित समूहले २० ओभरको खेलमा ७ विकेट गुमाउँदै...

शान्ति निरकारी मण्डलद्वारा रक्तदान

दाङ, १५ वैशाख । शान्ति निरकारी मण्डलद्वारा शनिबार घोराहीको तेह्रौँटे बृद्धाश्रममा रक्तदान गरिएको छ । शान्ति निरकारी मण्डलको आयोजनामा मानव एकता दिवसको अवसर पारेर रक्तदान गरिएको हो । सो मण्डलसँग आबद्ध र शुभचिन्तकहरु गरी २६ जनाले रक्तदान गरेका थिए । सो कार्यक्रमको उद्घाटन जिल्ला समन्वय समिति दाङका प्रमुख जितेन्द्रमान नेपालीले गर्नुभएको थियो । कार्यक्रममा बोल्दै नेपालीले रक्तदान जीवनदान भएको भन्दै...

बैंकिङ बीमाहरु तत्काल बन्द गरिनुपर्छः भुसाल

दाङ, १५ वैशाख । बिमक समिति नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका केन्द्रीय सचिव ऋषिराम भुसालले बैंकबाट गरिने बीमाहरु तत्काल बन्द गरिनु पर्ने बताउनुभएको छ । शनिबार पेशागत बीमा अभिकर्ता संघ नेपाल दाङको चौथो अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि भुसालले बीमाको क्षेत्राधिकार मिचेर बीमा समितिले बैंकहरुलाई बीमाको अनुमति दिइरहेको बताउँदै तत्काल यो कार्य रोकिनुपर्ने बताउनुभयो । कसैले पनि अर्काको क्षेत्राधिकार मिचेर...

अदालत समाजको ऐना होः न्यायाधीश रावल

दाङ, १५ वैशाख । दाङ देउखुरी जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलले समाजको ऐना नै अदालत भएको बताउनुभएको छ । प्रेस चौतारी नेपाल दाङ शाखाले शनिबार घोराहीमा जिल्ला अदालत र सरकारी वकिल कार्यालयसँगको समन्वयमा आयोजना गरेको अदालती रिपोर्टिङ अभिमुखीकरण कार्यक्रममा बोल्दै न्यायाधीश रावलले समाजमा घट्ने सबै घटना अदालतमा पुग्ने भएकाले समाजको ऐना अदालत भएको बताउनुभएको हो । अदालत स्वच्छ, निष्पक्ष र...

घोराहीमा विमानस्थल निर्माणको गृहकार्य सुरु, जग्गा खोज्‍ने जिम्मा उपमहानगरलाई

घोराही, १४ वैशाख । घोराही उपमहानगरपालिकाले नगर क्षेत्रमा विमानस्थल निर्माणका लागि केन्द्रीय सरकारसँग समन्वयको कार्य थालेको छ । नगर क्षेत्रमा तत्कालका लागि प्रदेशस्तरको र भावि अन्तराष्ट्रियस्तरको विमानस्थल बनाउन सकिने गरी केन्द्रीय सरकारसँग समन्वयको कार्य अघि बढेको नगरप्रमुख नरुलाल चौधरीले जानकारी दिनुभयो । नगर प्रमुख चौधरी, प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोख्रेल, सांसद सुजिता शाक्यसहितो टोलीले केन्द्रीय सरकारका पर्यटन तथा...

बिपन्न बालबालिकालाई विद्यालय ल्याउँदै घोराही ४ नम्बर

घोराही, १४ वैशाख । घोराही उपमहानगरपालिका वडा नम्बर ४ ले बालबालिकालाई विद्यालय पहुँचमा सुनिश्चितता गर्ने भएको छ । वडा कार्यालयले वडाभित्र रहेका चार वटा सामुदायिक विद्यालयका व्यवस्थापन समिति र प्रधानाध्यापकहरुसँग छलफल गर्दै सबै बालबालिकालाई अनिवार्यरुपमा विद्यालयमा ल्याउने गरी काम गर्ने जानकारी दिएको हो । त्यसका लागि वडास्तरका जनप्रतिनिधि, सम्बन्धित विद्यालयका शिक्षक र विद्यार्थीहरु बालबालिकाको अवस्था बुझ्न घरघरमा पुग्ने भएका छन्...

भर्ना शुल्क रोक्न माग गर्दै स्थानीय तहमा धर्ना

घोराही, १४ वैशाख । प्रमुख दल निकट विभिन्न विद्यार्थी संगठनहरुले विद्यालय भर्ना शुल्क रोक्न माग गर्दै दाङका स्थानीय तहमा धर्ना दिएका छन् । विद्यालय सञ्चालनको अधिकार स्थानीय तहमा आइसकेको अवस्थामा पनि सामुदायिक विद्यालयहरुले भर्ना शुल्क लिइरहेको र संस्थागत विद्यालयले पनि चर्को शुल्क लिएको भन्दै शुल्क रोक्न स्थानीय तहलाई दबाब दिएको संगठनहरुले बताएका छन् । अनेरास्ववियु, अखिल क्रान्तिकारी र नेविसंघले दाङका...

चौतारी दाङद्वारा न्यायिक रिपोर्टिङ….

घोराही, १३ वैशाख । प्रेस चौतारी नेपाल दाङले एकदिने न्यायिक रिपोर्टिङ सम्बन्धी तालिम सञ्चालन गर्ने भएको छ । दाङ देउखुरी जिल्ला अदालत र जिल्ला न्यायाधिवक्ताको कार्यालयको सहयोगमा तालिम सञ्चालन गर्ने निर्णय भएको चौतारी दाङका अध्यक्ष जेएन सागरले बताउनुभयो । उहाँका अनुसार चौतारी दाङको सल्लाहकारमा टीका बस्नेत, दुर्गालाल केसी, प्रबल रेग्मी, संगीत बस्याल, राधा पौडेल र रञ्जिता शर्मालाई चयन गरिएको छ...

ताजा समाचार