दाङका सहकारीहरु स्थानीय तहमा हस्तान्तरण

घोराही, ४ जेठ । दाङका स्थानीय तहहरुमा सहकारीलाई हस्तान्तरण प्रकृया सुरु भएको छ । डिभिजन सहकारी कार्यालयले आज पहिलो चरणमा दशवटै तहमा पर्ने सहकारी संस्थाहरुको अभिलेख हस्तान्तरण गरेको छ । अभिलेख हस्तान्तरण तथा जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतहरुलाई सहकारीसम्बन्धी अभिमुखीकरण कार्यक्रमको आयोजना गरी डिभिजन कार्यालयले पहिलो चरणमा अभिलेख हस्तान्तरण गरेको हो । डिभिजन प्रमुख विनोदकुमार पौडेलको अध्यक्षता एवं जिल्ला समन्वय समितिका...

पञ्चवर्षीय लघुउद्यम विकास योजना बनाउँदै घोराही उपमहानगर

घोराही, ४ जेठ । लघु उद्यममार्फत नगरबासीलाई स्वरोजगार बनाउन घोराही उपमहानगरपालिकाले उद्यम विकास योजना बनाउन थालेको छ । घोराही उपमहानगरपालिकाको आयोजना तथा घरेलु तथा साना उद्योग कार्यालय दाङ र मेडेपको सहयोगमा दुईदिने ५ वर्से उद्यम विकास योजना तर्जुमा गोष्ठीको आयोजना गरेको छ । स्थानीय स्रोत साधनको अधिकतम प्रयोगसँगै उत्पादनहरुलाई उद्यमसँग जोडेर स्वरोजगार बनाउने योजना उपमहानगरले बनाएको छ । नगरका वडाहरुमा...

शैक्षिक सुधारका लागि विद्यालय पुग्दै घोराही उपमहानगर

घोराही, ४ जेठ । बिहीबार गंगामावि रामपुरमा दिउँसो सवा दुईबजे पुग्दा विद्यालय बाहिर एउटा पनि विद्यार्थी थिएनन् । सबै विद्यार्थीहरु कक्षा कोठामा थिए । केही शिक्षकहरु विद्यार्थीहरुसँगै थिए भने केही कार्यालयमा । शिक्षाको अवस्थाका बारेमा अनुगमन गर्न पुगेको टोली विभिन्न कोठाहरुमा पुगे । निकै शान्त थियो स्कुलको बाहिरी वातावरण भने भित्री केही कोठाहरुमा लय हालेर शिक्षक विद्यार्थीले पढिरहेका थिए...

लैङ्गिक हिंसाको अन्त्य परिवारबाटैः न्यौपाने

घोराही, २ जेठ । घोराही उपमहानगरपालिकाका कार्यबहाक नगर प्रमुख सीता न्यौपानले लैङ्गिक हिंसाको अन्त्य परिवारबाटै सुरु हुनुपर्ने बताउनुभएको छ । अधिका‌ंश घटनाहरु परिवारबाट हुने बताउँदै उहाँले परिवारबाट हुने यस्ता घटनाहरु रोक्न जरुरी रहेको बताउनुभयो । दाङ सञ्चार प्रालिको आयोजना र घोराही उपमहानगरपालिका वडा नम्बर २ को सहयोगमा आजदेखि रामपुरमा सुरु भएको लैङ्गिक हिंसा न्यूनिकरण विषयक अभिमुखीकरण कार्यक्रममा बोल्दै कार्यबहाक नगर...

अपाङ्गता भएकाहरुलाई सहायक सामग्री प्रदान

घोराही, २ जेठ । घोराही उपमहानगरपालिका वडा नं. ११ को सहयोग तथा नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्र दाङ शाखाको आयोजनामा वडा नं. ११ का १६ जना अपाङ्गलाई सहायक सामग्री प्रदान गरिएको छ । अपाङ्ग संघका कार्यवाहक अध्यक्ष शरद अधिकारीको अध्यक्षतामा एवं वडाध्यक्ष कुलवहादुर लामिछानेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वडाका विभिन्न स्थानका अपाङ्गहरुलाई विभिन्न सहायक सामग्री प्रदान गरिएको थियो । घोराही...

३५ दिनभित्र जन्मदर्ता गराउनेलाई पाँचसय पुरस्कार

घोराही, २ जेठ । घोराही उपमहानगरपालिकाले बच्चा जन्मेको ३५ दिनभित्रै जन्मदर्ता गराउनेलाई प्रोत्साहन रकम दिएको छ । वडा नम्बर १४ का अध्यक्ष शक्तिराम डाँगीको अध्यक्षतामा कार्यक्रमको आयोजना गरी उपमहानगरपालिकाका कार्यवहाक प्रमुख सीता न्यौपालेले जन्मेको ३५ दिनभित्रै बच्चाको जन्मदर्ता गराउने परिवारलाई जनही ५ सय रुपैयाँ प्रोत्साहन रकम प्रदान गर्नुभएको हो । वडा नम्बर १४ मा २ सय १८ बच्चाहरुको तथ्यांक संकलन...

ट्रक र मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु

घोराही, २ जेठ । दाङमा ट्रक र मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ । घोराही लमही सडकखण्डको लमही नगरपालिका ६ कुलमोड नजिकै घोराहीबाट लमहीतर्फ जाँदै गरेको लु १ ख ५६३२ नम्बरको ट्रक र लमहीबाट घोराही आउँदै गरेको लु ३० प ९७२८ नम्बरको मोटरसाइकल मंगलबार राति साढे ११ बजे एक आपसमा ठोक्किएका थिए । दुर्घटनामा मोटरसाइकल चालक...

विद्यार्थीहरुका लागि ट्राफिक सचेतना

मानपुर, २ जेठ । बढ्दो सवारी दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले तुलसीपुर उपमहानगरपालिका १६ नं. वडा कार्यालयको आयोजनामा विद्यार्थीहरुका लागि ट्राफिक सचेतनासम्बन्धी एकदिने अभिमुखिकरण कार्यक्रम आधारभूत विद्यालय लक्ष्मीपुरमा  मंगलबार सम्पन्न भयो । तुलसीपुर उपमहानगरपालिका १६ नं. वडाका अध्यक्ष भूपबहादुर के.सी.को अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा हेमन्तपुर अस्थायी ट्राफिक प्रहरी कार्यालयका प्रमुख नमबहादुर थापा र ट्राफिक प्रहरी जवान शरद के.सी.ले ट्राफिकको परिचय, ट्राफिकको...

रेडियो मध्यपश्चिमको १२औँ स्थापना दिवस, अब मिडिया शिक्षा आवश्यकः शर्मा

घोराही, १ जेठ । दाङ सूचना तथा सञ्चार सहकारी संस्थाद्वारा सञ्चालित रेडियो मध्यपश्चिमको १२ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । स्थापना दिवसका अवसरमा रेडियोले रक्तदान, वृद्धवृद्धालाई खाद्यान्न वितरण गर्दै मंगलवार शुभकामना आदानप्रदान कार्यक्रम समेत गर्‍यो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं रेडियोका संस्थापक अध्यक्ष तथा प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष नारायणप्रसाद शर्माले मिडिया शिक्षाको आवस्यकता औँल्याउनुभयो ।...

युवासंघको स्थापना दिवसमा आयोजित मैत्रीपूर्ण फुटवलमा पत्रकार समूह विजयी

घोराही, १ जेठ । युवा संघ नेपालको २८ औं स्थापना दिवसका अवसरमा घोराहीमा आयोजित मैत्रीपूर्ण फुटबलमा पत्रकारको समूह विजयी भएको छ । आयोजक युवा संघ र पत्रकार समूहबीच भएको फाइनल खेलमा युवा संघलाई ७—० गोल अन्तरले विजयी भएको हो । मैत्रीपुर्ण फुटबल प्रतियोगितामा पत्रकार, युवा संघ, कानून ब्यबसायी र पेशागत महासंघको टोलीबीच प्रतिष्पर्धा भएको थियो । युवा संघले पेशागत महासंघको...

ताजा समाचार