अनेरास्ववियुद्वारा रक्तदान
घोराही, १ जेठ । अनेरास्ववियु दाङले मंगलबार घोराहीमा रक्तदान कार्यक्रम गरेको छ । अनेरास्ववियुको ५३औं स्थापना दिवसका अवसरमा अनेरास्ववियुले राप्ती शिक्षा क्याम्पसमा रक्तदान गरेको हो ।
उक्त अवसरमा १५ जनाले रक्तदान गरेको अनेरास्ववियुले जनाएको छ । रक्तदान गर्नेहरुमा विद्यार्थीहरु बिन्दु पुन, सम्झना पुनमगर, पूजा रानामगर, उदिराम खत्री, सुनिता बुढामगर, शिवा भट्टराई, निरञ्जन पाठक, रीता खनाल, विराज डिसी, भावकुमार पुन, विणा...
घोराहीका कृत्रिम जलाशय खेती र पर्यटनको केन्द्र बन्दै
घोराही, ३१ वैशाख । पानीको स्रोत बढाउन र आयआर्जनमा टेवा पुर्याउन घोराही उपमहानगरपालिकाले विभिन्न स्थानमा दर्जन बढी कृत्रिम जलाशयको निर्माण गरेको छ ।
उपमहानगरले घोराही क्षेत्रमा क्रमशः पानीको मुहान सुक्न थालेपछि पानी जोगाउन कृत्रिम जलाशय निर्माणमा जोड दिएको हो । घोराहीमा सहरी क्षेत्र विस्तार हुँदै गएपछि पानीको अभाव पनि बढ्न थालेको हुँदा नगरपालिकाले घोराहीका अधिकांश स्थानमा कृत्रिम जलाशयको अवधारणा अगाडि...
घोराही २ मा जन्मदर्ता शिविर
घोराही, ३० वैशाख । घोराही उपमहानगरपालिका वडा नम्बर २ ले जन्मदर्ता शिविर सम्पन्न गरेको छ । वडाको पहाडी विकट क्षेत्र चाक्लीघाटमा ३ दिने जन्मदर्ता विशिर आयोजना गरेको हो ।
२७ गतेबाट सुरु भएको शिविरमा झण्डै दुईसय जनाले सेवा लिएको वडाअध्यक्ष केशव आचार्यले बताउनुभयो । जन्मदर्ता शिविर नाम दिइए पनि शिविरमा जन्मदर्ता, जेष्ठ नागरिक परिचय पत्र, मृत्यु दर्ता, नागरिकताको सिफारिस, विवाह...
घोराहीमा दश महिनामा १८ किलोमिटर कालोपत्रे
घोराही, ३० वैशाख । नीति तथा कार्यक्रममा सडक सञ्जाललाई बलियो बनाउने योजना ल्याएको घोराही उपमहानगरपालिकाले दश महिनामा १८ किलोमिटर सडकमा कालोपत्रे गरेको छ । उपमहानगरले बजार क्षेत्रमा कालोपत्रे र ग्रामीण क्षेत्रमा सडक खन्ने कामलाई तिब्रता दिएको छ । चालु आर्थिक वर्षमा उपमहानगर र सघन सहरी विकासको तर्फबाट सडक कालोपत्रे गर्ने काम तीब्र गतिमा भैरहेको छ ।
बजार क्षेत्रसँगै जोडिएका भित्री...
कृषकका लागि उन्नत जातको बोका वितरण
घोराही, २९ वैशाख । घोराही उपमहानगरपालिका वडा नम्बर २ ले कृषकहरुलाई उन्नत जातको बोका वितरण गरेको छ । बाख्रापालनलाई व्यावसायिक रुपमा विकास गर्नका लागि वडाले बोयर जातको बोका वितरण गरेको वडा अध्यक्ष केशव आचार्यले बताउनुभयो ।
चितवनबाट खरिद गरेर ल्याइएका दुईवटा बोका रामपुरस्थित प्रगति कृषक समूह र चाक्लीघाटको बाख्रापालन समूहलाई हस्तान्तरण गरिएको अध्यक्ष आचार्यले बताउनुभयो । रामपुरमा हाल चारवटा बाख्रापालन...
पार्टी एकीकरण जेठको पहिलो साता
दाङ, २८ वैशाख । पाँच नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले जेठ दोस्रो साता पार्टी एकीकरणको टुुङ्गो लाग्ने बताउनुभएको छ । शुुक्रबार प्रेस चौतारी नेपाल दाङ र प्रेस सेन्टर दाङ शाखाले घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोख्रेलले यस्तो बताउनुभएको हो । पार्टी एकीकरणका केही प्राविधिक विषय टुंग्याउने काम अन्तिम चरणमा पुगेको मुख्यमन्त्री पोख्रेलले बताउनुभयो । 'बढीमा १५...
शैक्षिक सुधारमा उपमहानगरको चासो, विद्यालयहरुमा देखियो चरम लापर्वाही
घोराही, २८ वैशाख । शैक्षिक क्षेत्रलाई सुधार गर्न घोराही उपमहानगरपालिका कडारुपमा प्रस्तुत हुन थालेको छ । शैक्षिक गुणस्तर वृद्धिका नाममा र लापर्वाहीहरु हुने क्रम बढेको गुनासोपछि घोराही उपमहानगरपालिकाले विद्यालयको अनुगमनमा कडाइ गरेको हो ।
उपमहानगरपालिकाको सामाजिक विकास समितिका संयोजक भरत अर्यालको संयोजकत्वमा रहेको विद्यालय अनुगमन समितिले आज नगर क्षेत्रका ६ वटा विद्यालयमा अनुगमन गरेको छ । दुईवटा सामुदायिक र चार...
बुद्ध इन्टरनेशनल हस्पिटलमा अण्डकोषको सफल अप्रेसन
घोराही, २८ वैशाख । बुद्ध इन्टरनेसनल हस्पिटल घोराहीमा पेटमा रहेको अण्डकोषको अप्रेसन सफल भएको छ । मृगौला रहेको स्थानबाट उत्पादन भएर गुप्ताङ्गमा झर्ने अण्डकोष नझरेपछि घोराही ११ हापुरका २३ वर्षीय चन्द्र बोहराको दुरविन विधिबाट अप्रेसन गरिएको हो ।
अस्पतालका प्रबन्ध निर्देशक डा. रमेश बस्नेतका अनुसार दायाँ भागको अण्डकोष अण्डथैलीमा झर्नुपर्ने भए पनि नझरेका कारण अप्रेसन गर्नु परेको हो । चिकित्सकहरु...
स्थापना दिवसमा रक्तदान
घोराही, २८ वैशाख । दाङ सूचना तथा सञ्चार सहकारी संस्थाद्वारा सञ्चालित रेडियो मध्यपश्चिमको १२औँ स्थापना दिवसका अवसरमा १९ जनाले रक्तदान गरेका छन् । रेडियोको प्राङ्गणमा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका १९ जनाले रक्तदान गरेको रक्तदान कार्यक्रम संयोजक बाबुराम पाण्डेले जानकारी दिनुभयो ।
रक्तदान गर्नेहरुमा रेडियो सञ्चालक समितिका सचिव सुदर्शन रिजाल, सदस्य शरद अधिकारी, एकनारायण पौडेल, स्थानीय शान्ति समितिका कार्यालय सचिव हेमराज...
घोराही ७ को वडा कार्यालय भवनको शिलान्यास
घोराही, २८ वैशाख । घोराही उपमहानगरपालिका वडा नम्बर ७ को कार्यालय भवनको आज शिल्यान्यास गरिएको छ । वडा अध्यक्ष खोपीराम चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले भवनको शिल्यान्यास गर्नुभएको हो ।
भवनको शिल्यान्यास गर्दै मेयर चौधरीले वडा कार्यालयको भवन निर्माणपछि जनतालाई सेवा दिन थप सहज हुने बताउनुभयो । उपमहानगरपालिकाको भ्याट बाहेक ५७ लाख रुपैयाँको लागतमा भवन निर्माण...














