कोठरीमा दुर्गामाता मन्दिरको उद्घाटन
घोराही, १० चैत्र । तुलसीपुर उपमहानगरपालिका १५ कोठरीमा निर्माण गरिएको दुर्गामाता मन्दिरको उद्घाटन गरिएको छ । तुलसीपुर उपमहानगरपालिका १४ र १५ का जनप्रतिनीधि र अस्थायी प्रहरी पोष्ट कोठरीको सहयोगमा मन्दिर निर्माण गरिएको हो ।
मन्दिर निर्माणका लागि तीन लाख खर्च भएको अस्थायी प्रहरी पोष्ट कोठरीले जनाएको छ । मन्दिर निर्माणका लागि दुई वडा कार्यालयले एक लाख पचास हजारका दरले आर्थिक...
चलायमान कानुन बनाउन मुख्यमन्त्रीको सुझाव
घोराही, १० चैत्र । प्रदेश नम्बर ५ का मुख्यमन्त्रि शंकर पोख्रेलले आर्थिक व्ययभारलाई मध्यजनर गरेर कानुन बनाउन स्थानिय तहहरुलाई सुझाव दिनुभएको छ । घोराही उपमहानगरपालिकाको दोस्रो नगरसभालाई आज घोराहीमा सम्बोधन गर्दै मुख्यमन्त्री पोख्रेलले जनताले थेग्न सक्ने, चलायमान बनाउन सक्ने र नबाझिने गरी कानुन बनाउन निर्देशन दिनुभएको हो ।
उपमहानगरले दोस्रो नगरसभाबाट आधा दर्जन बिभिन्न बिषयका कानुनहरु पारित गर्ने तयारी गरेको...
जेसिजको पूर्वपरिचय तालिम सम्पन्न
दाङ, चैत्र ९ । त्रिभुवननगर जेसिज दाङका नयाँ सदस्यहरुको लागि पूर्वपरिचय तालिम शुक्रबार सम्पन्न भएको छ । तालिममा विभिन्न क्षेत्रबाट जेसिज बन्न चाहने व्यक्तिहरु सहभागी थिए ।
तालिम प्रतिष्ठानका अध्यक्ष कुमारराज श्रेष्ठ प्रमुख प्रशिक्षक र पूर्वअध्यक्ष रजिव उल्लाह खान र पुष्प आचार्य प्रशिक्षक रहेको तालिममा जेसिजको बारेमा जानकारी दिइनुका साथै जेसिजका सदस्यहरुले अपनाउनु पर्ने अनुशासन लगाएतको बारेमा प्रशिक्षण दिइएको थियो...
थापासहित तीनजना हिरासतमुक्त
घोराही, ९ चैत । सामाजिक सञ्जाल फेसबुकमा व्यक्तिगत चरित्र हत्या गर्नेगरी लेखेको भन्दै शुक्रवार पक्राउ परेका घोराहीका पत्रकार सागर थापासहित तीनजनालाई प्रहरीले बेलुका हिरासतमुक्त गरेको छ । हिरासतमुक्त हुनेमा घोराही उपमहानगरपालिका–४ की संगीता खनाल र वडा नं. १० का विष्णुकुमार देवकोटा पनि हुनुहुन्छ ।
घोराही सिमेन्ट उद्योगले वातावरणीय प्रदूषण गरेको विषयमा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीलाई जोडेर विभिन्न अपशब्द प्रयोग...
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन सर्वोच्चको आदेश
काठमाडौँ, ८ चैत्र । विदेशमा रहेका नेपालीहरूका लागि पनि मतदानको अधिकार सुनिश्चित गर्न सर्वोच्च अदालतले सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ । न्यायाधीशद्वय सपना मल्ल प्रधान र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले विदेशमा रहेका नेपालीको हकमा मतदानको कानुनी व्यवस्था गर्न आदेश दिएको हो ।
विदेशमा रहेका नेपालीलाई मतदानको अधिकारबाट वञ्चित गर्न नहुने माग राखी सामाजिक न्यायका लागि कानुन तथा नीति नियम मञ्चले...
जिल्लास्तरीय परीक्षाको मेयरद्वारा निरीक्षण
घोराही, ८ चैत्र । घोराही उपमहानगरपालिका आफैले सञ्चालन गरेको कक्षा ८ को जिल्लास्तरीय परीक्षाको नगर प्रमुख नरुलाल चौधरी सहितको टोलीले निरीक्षण गरेको छ ।
बिहीबारदेखि सुरुभएको कक्षा ८ को जिल्लास्तरीय परीक्षाको नगर प्रमुख चौधरीसहित उपमहानगरका शिक्षा शाखाका प्रमुख नारायणप्रसाद पौडेल, रझेना स्रोत केन्द्रका स्रोत व्यक्ति रामप्रसाद जैशी र उपमहानगरका प्रेस संयोजक निमुसंगम घर्तीले अनुगमन तथा निरीक्षण गर्नुभएको हो ।
बिहीबार पहिलो...
एसइई सुरु, झण्डै २ सय विद्यार्थी अनुपस्थित
घोराही, ८ चैत्र । बिहीबारदेखि सुरू भएको कक्षा १० को एसइई परीक्षामा दाङमा एकसय ८२ परीक्षार्थी अनुपस्थित भएका छन् ।
शिक्षा अधिकारी रमेशप्रसाद मैनालीका अनुसार छात्रा एक सय ११ र छात्र ७१ जना गरी एकसय ८२ जना विद्यार्थी पहिलो दिनको परीक्षा दिन नआएको बताए । बिहीबार ६ हजार १ सय ९४ छात्रा र ५ हजार २ सय ३७ छात्र परीक्षामा...
स्वागतसँगै महरालाई जिससको ७ बुँदे ज्ञापनपत्र
दाङ, ७ चैत । जिल्ला समन्वय समिति दाङले सभामुख कृष्णबहादुर महरालाई स्वागत गरेको छ । समन्वय समितिले बुधवार उहाँलाई स्वागत गर्दै जिल्लाको समग्र विकास निर्माणमा भूमिका खेल्नको लागि ७ बुँदे ज्ञापनपत्र समेत बुझाएको छ ।
जिल्ला समन्वय समितिले सभामुख महरालाई बुझाएको ज्ञापनपत्रमा जिल्लाको एकीकृत तथा व्यवस्थित विकासको लागि पहल गर्न, नदीजन्य वस्तुको उपयोग तथा उत्खनन्मा देखिएका समस्याको स्थायी समधानका लागि आवश्यक...
सरकार मातहतमा पाँच विषयगत समिति
काठमाडौँ, ७ चैत्र । सरकारले आज पाँचवटा विषयगत समिति गठन गरेको छ । सरकारले आफ्ना कामकारबाहीलाई सही तवरले अगाडि बढाउन मन्त्रिपरिषद्को मातहतमा विभिन्न पाँच विषयगत समिति गठन गरेको हो ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले राजनीतिक समिति, आर्थिक तथा पूर्वाधार समिति, प्रशासन समिति, सामाजिक समिति र विधेयक समिति बनाउने निर्णय गरेको सूचना तथा सञ्चार प्रविधि राज्यमन्त्री...
अबको लगानी पूर्वाधार विकास केन्द्रितः महरा
घोराही, ७ चैत्र । संघीय संसद्का सभामुख कृष्णबहादुर महराले अबको लगानी पूर्वाधार विकासमा केन्द्रित हुनुपर्ने बताउनुभएको छ । घोराही उपमहानगरपालिकाले बुधबार दाङ क्षेत्र नम्बर २ का जनप्रतिनिधिहरुसँग आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सभामुख महराले चुनावी एजेण्डासँगै आवस्यकतामा आधारित विकास अबको मुख्य मुद्दा भएको बताउनुभयो ।
संघीय संसद्मा २ नम्बर क्षेत्रबाट निर्वाचित महराले जनतासँग गरेको वाचालाई कुनै पनि हालतमा नभुल्ने समेत प्रतिबद्धता...












