संघीय संसदको बैठक बस्दै, खड्काको शोक प्रस्ताव समेत कार्यसूचीमा
दाङ, १९ चैत । संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा र राष्ट्रिय सभाको छुट्टाछुट्टै बैठकले पूर्वमन्त्री समेत रहेका कांग्रेस नेता खुमबहादुर खड्काको निधनप्रति शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयका सहप्रवक्ता केशव अर्यालले जानकारी दिनुभयो ।
२०४८, ५१ र ५६ गरी तीनपटक दाङबाट प्रतिनिधिसभामा निर्वाचित खड्काको गत शुक्रबार भारतको नयाँ दिल्लीस्थित...
युटुवको फस्ट ट्रेडिङमा ‘कोहलपुर एक्सप्रेस’
दाङ । ‘कोहलपुर एक्सप्रेस’ चलचित्रको ट्रेलर युट्युब ट्रेन्डिङमा एक नम्बरमा आइपुगेको छ ।
अभिनेत्री केकी अधिकारीको निर्माण र अभिनय रहेको चलचित्र ‘कोहलपुर एक्सप्रेस’ को ट्रेलरमा केकी अधिकारी, प्रियंका कार्की, ऋचा शर्मा, बुद्धि तामाङ, रविन्द्र झा, विनोद न्यौपाने लगायतका कलाकार फिचरिङ छन् ।
केमडी जनरामा निर्माण भएको चलचित्रलाई विशाल भण्डारीले निर्देशन गरेका छन् । चलचित्रमा अर्जुन पोखरेल, कालीप्रसाद बाँस्कोटा र राजनराज सिवाकोटीको...
अवैध रुपमा ढुङ्गा निकासी गर्दै गरेका एस्काभेटरसहित ट्रेक्टर नियन्त्रणमा
दाङ, १९ चैत । जिल्ला समन्वय समितिको नेतृत्वमा गएको अनुगमन टोलीले घोराही उपमहानगरपालिका ४ को पालुधान र रानीदमारवाट अवैध रुपमा ढुङ्गा निकासी गरिरहेका एउटा एस्काभेटरसहित १० वटा ट्रेक्टरलाई नियन्त्रणमा लिएको छ ।
प्रक्राउ गरेका टेक्ट्रर जिल्ला समन्वय समितिको मञ्च प्राङ्गणमा राखिएको छ । नियन्त्रणमा लिएका एस्काभेटर र ट्रेक्टरलाई कानूनी कारवाही अघि बढाएको जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीले बताए ।...
मनपरी घर भाडा, सरकारलाई कर भने न्यून
घोराही, १९ चैत्र । घोराही उपमहानगरपालिकाभित्र घरधनीले डेरागरी बस्नेहरुसँग मनपरी घर भाडा असुल्ने तर घरबहाल कर भने न्यूनले मात्रै बुझाउने गरेको पाइएको छ । घोराही उपमहानगरपालिकामा करिब १० देखि १५ प्रतिशत घरधनीले मात्र घरबहाल कर बुझाउने गरेको घोराही उमहानगरपालिका कर शाखाका प्रमुख बासुदेव पोख्रेलले जानकारी दिनुभयो ।
रेडियो मध्यपश्चिमसँग कुरा गर्दै कर शाखा प्रमुख पोख्रेलले उपमहानगरपालिकाको बजार क्षेत्रमा करिब ११...
मोटोपन घटाउने अचुक सुत्रहरु
दुब्लापातलालाई मोटाउन सजिलो छ । खाना बढी खाने, प्रशस्त आराम गर्ने, अरु समयभन्दा अरु बढी सुत्ने र फेरि खानेकुराहरु खान नछाड्ने । तर, मोटाउँदै जान थालेपछि दुब्लाउन भने साँच्चै सोचेजस्तो सहज छैन । लागिसकेको भद्दा ज्यान घटाउन साँच्चै मुस्किल छ । भन्नेहरुले त कम खाने अझ भोकभोकै बस्ने (डाइटिङ) हो भने ज्यान मज्जाले घट्छ पनि भन्छन् तर यो तरिका...
आगलागीका जोखिमबाट बच्न घोराही उपमहानगरको आग्रह
घोराही, १२ चैत्र । घोराही उपमहानगरपालिकाले गर्मी र हावाहुरी चल्ने मौसममा आगलागीका जोखिमहरु बढ्ने भन्दै सावधानी अपनाउन नगरबासीहरुलाई अनुरोध गरेको छ ।
उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले सोमबार एक विज्ञप्ति जारी गरी गर्मी मौसममा हुने आगलागीबाट बच्न र बचाउन नगरबासीलाई अनुरोध गर्नुभएको हो ।
हावाहुरी र सुख्खा मौसम सुरुवात भएकोले आगलागी, डढेलो तथा अन्य बिपद्का घटना घट्नसक्ने उच्च जोखिमहरु रहेको भन्दै मेयर...
घोराहीमा बुद्ध इन्टरनेशनल हस्पिटलको उद्घाटन
घोराही, ११ चैत्र । दाङको घोराहीमा विशेषज्ञ सेवासहितको बुद्ध इन्टरनेशनल हस्पिटल प्रालिको उद्घाटन गरिएको छ । गत पुस १ गतेदेखि सेवा सुरु गरेको हस्पिटलको आज औपचारिकरुपमा उद्घाटन गरिएको छ ।
हस्पिटल सञ्चालन समितिका अध्यक्ष बमबहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले रिवन काटेर हस्पिटलको उद्घाटन गर्नुभएको हो ।
घोराही उपमहानगरपालिका १५ सडक विभागको ओरालोमा स्थापना गरिएको हस्पिटलमा...
वातावरणमैत्री नगर बनाउन मेयरको पहल
घोराही, ११ चैत्र । वायु गुणस्तर मापन केन्द्र स्थापनाका लागि घोराही उपमहानगरपालिका र वातावरण मन्त्रालय वातावरण विभागबीच सम्झौता भएको छ । घोराही उपमहानगरपालिकाको वडा नम्बर २ रामपुरमा उक्त वायु गुणस्तर मापन केन्द्र स्थापना गर्नेगरी उपमहानगरका मेयर नरुलाल चौधरी र विभागका सिनियर डिभिजनलर केमिस्ट शंकरप्रसाद पौडेलबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
पश्चिमबाट पूर्वतर्फ हावाको बहाव बहने भएका कारण घोराही सिमेन्ट...
विद्यार्थीको मन जित्दै एक्सपर्ट एजुकेशन
४ जना अष्ट्रेलिया पठाउन सफल
घोराही, ११ चैत्र । छोराछोरीको उज्वल भविष्य चाहने कुन चाहिँ आमा–बुवाको मन हुँदैन होला र ? अनि आफ्नो छोराछोरीलाई राम्रोे शिक्षा दिएर असल मानिस बनाउने बुवा आमाको कर्तव्य पनि हो । आमा बुबा तिनै छोराछोरीलाई अन्तर्राष्ट्रियस्तरको शिक्षा दिने सोच हुँदाहुँदै पनि कतिपय कुराहरु थाहा नहुँदा समय त्यसै खेर गइरहेको हुन्छ ।
तपाँईले आफ्ना छोराछोरीलाई अष्ट्रेलियामा पढाउने...
७ वटा कानुन र नियमावली पारित गर्दै घोराही उपमहानगर
घोराही, १० चैत्र । घोराही उपमहानगरपालिकाले नयाँ संरचनाअनुसार कार्य सञ्चालन तथा नियमनका लागि कानुन पारित गर्न थालेको छ । हिउँदे दोस्रो नगरसभाको आयोजना गरी उपमहानगरले कानुन पारित गर्न थालेको हो ।
आज उद्घाटन गरिएको नगरसभामा नगर प्रमुख नरुलाल चौधरीले ७ वटा कानुन र नियमावली पारित गर्ने जानकारी दिनुभएको छ ।
नगरसभाले आर्थिक कार्यबिधी नियमित तथा व्यवस्थित गर्न बनेको ऐन, सहकारी ऐन,...












