‘घोराहीलाई महको हबका रुपमा विकास गरिनुपर्छ’

घोराही, २० चैत । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले माहुरी पालक किसानहरुलाई महको स्रोतमा विषेश ध्यान दिन आग्रह गर्नुभएको छ । अम्बिकेश्वरी माहुरीपालन सहकारी संस्था घोराही १५ ले आज माहुरी पालक किसानहरुसँग आयोजना गरेको छलफल कार्यक्रममा नगर प्रमुख चौधरीले महको स्रोतमा लगानी गर्न किसानहरुलाई आग्रह गर्नुभएको हो । माहुरी पालनका लागि घोराही उपमहानगरका विभिन्न वस्तीहरु हावापानीका कारणले उत्तम रहे पनि...

सहकारी अब उत्पादन एवं प्रशोधनमा केन्द्रित हुनुपर्छः मेयर चौधरी

घोराही, २० चैत्र । दिगो विकासमा सहकारीलाई केन्द्रित गर्ने गरी आज ६१ औँ राष्ट्रिय सहकारी दिवस मनाइएको छ । दाङमा पनि सहकारी संस्थाहरुको आयोजनामा जिल्लाभरीका विभिन्न पालिकाहरुमा विभिन्न कार्यक्रमको आयोजना गरी ‘दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी’ भन्ने नाराका साथ दिवस मनाइएको छ । घोराहीमा र्‍यालीसहित अन्तरक्रिया कार्यक्रमको आयोजना गरी सहकारी संस्थाहरुलाई बहुआयामिक बनाउने लक्ष्यका साथ दिवस मनाइएको हो । जिल्ला...

स्वास्थ्य स्वयंसेविकालाई सम्मान

मातृशिशु स्वास्थ्य सुधारमा थप लगानी गरिने घोराही, २० चैत्र । घोराही उपमहानगरपालिकाले नगर क्षेत्रका २० जना महिला स्वास्थ्य स्वयंमसेविकाहरुलाई सम्मान गरेको छ । महिला र बालबालिकाको स्वास्थ्य प्रवर्द्धनमा उल्लेखनीय भूमिका खेलेको भन्दै २० जना महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरिएको हो । घोराही उपमहानगरपालिकाका १९ वटै वडाबाट समेटिने गरी २० जना महिला स्वयंसेविकालाई सम्मान गरिएको उपमहानगरले जनाएको छ । महिला स्वास्थ्य स्वयंसेविका...

कलाकार मदनकृष्ण श्रेष्ठलाई पत्नीशोक

काठमाडौँ, २० चैत । कलाकार मदनकृष्ण श्रेष्ठलाई पत्नीशोक परेको छ । उनकी पत्नी ६७ वर्षीया यशोदा श्रेष्ठको सोमबार राति पौने ११ बजे निधन भएको हो । ८ वर्षदेखि क्यान्सरपीडित श्रेष्ठको हरिसिद्धिस्थित क्यान्सर अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । श्रेष्ठको पशुपति आर्यघाटमा मंगलबार नै अन्तिम संस्कार गर्ने कार्यक्रम छ । २००८ साल पुस १४ गते ललितपुरको कुपण्डोलमा जन्मिएकी श्रेष्ठको मदनकृष्णसँग ३५ वर्षअघि विवाह भएको...

पेट्रोल र डिजलको मूल्यवृद्धि

काठमाडौँ, १९ चैत । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यबृद्धि गरेको छ । स्वचालित मूल्य प्रणालीअनुसार निगमले पेट्रोल, डिजल र मट्टितेलमा २/२ रुपैयाँ मूल्यवृद्धि गरेको हो । नयाँ मूल्यअनुसार पेट्रोल १०५ रुपैयाँ भएको छ भने , डिजल र मट्टितेल ८५ रुपैयाँ पुगेको छ । निगमका अनुसार पेट्रोलमा ३ रुपैयाँ १० पैसा र डिजेल तथा मट्टिटेलमा ९६ पैसा घाटा भएको छ । भारतभन्दा नेपालमा पेट्रोल २३ रुपैयाँ...

शिक्षा कार्यालयमा तालाबन्दी

घोराही, १९ चैत । शिक्षक दरबन्दी मिलानको निर्णय कार्यान्वयनको माग गर्दै दाङका शिक्षकहरुले जिल्ला शिक्षा कार्यालयमा तालाबन्दी गरेका छन् । शिक्षक महासंघको अगुवाइमा सोमबार निर्णय कार्यान्वयनको माग गर्दै शिक्षा अधिकारी रमेशप्रसाद मैनालीलाई भेट्न गएका शिक्षकहरुले माग सुनुवाई नभएको भन्दै शिक्षा कार्यालयको दुवै गेटमा तालाबन्दी गरेका हुन् । लामो समयदेखि जिल्लामा शिक्षक दरबन्दी मिलान नहुँदा समस्या भएपछि जिल्ला समन्वय समितिको अगुवाइमा गठन...

दुर्व्यसन रोक्न अतिरिक्त कक्षाको माग

घोराही, १९ चैत । बढ्दो दुर्व्यसन रोक्न विद्यालयमै अतिरिक्त कक्षा सञ्चालन गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । जिल्लास्तरीय युवा समूहको आयोजना तथा इन्सेकको समन्वयमा सोमवार सौंडियारमा भएको अन्तरक्रिया कार्यक्रममा बोल्ने सरोकारवालाहरुले विद्यालयमा अतिरिक्त कक्षा सञ्चालनको माग गरेका हुन् । साथै उनीहरुले टोल–टोल सचेतनामूलक कार्यक्रम पनि गर्नुपर्नेमा जोड दिएका छन् । साथै उनीहरुले विद्यालय परिसरमा मादक पदार्थ, तथा सूर्तीजन्य वस्तु बिक्रीमा...

महायज्ञमा प्रहरीको दुर्व्यवहार

घोराही, १९ चैत । घोराहीमा जारी धनलक्ष्मी महायज्ञमा प्रहरीले दुर्व्यवहार गरेको आयोजकले जनाएको छ । आइतबार साँझ आरतिको समयमा जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी हवल्दार लालबहादुर रावतले जवरजस्ती धार्मीक कार्य विथोल्ने प्रयास गरेको आयोजकले सोमबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । मादक पदार्थ सेवन गरी आएका प्रहरीले भक्तजनहरुसहित आरति तथा भजनकृतनको कामलाई विथोल्न माइक, साउण्ड सिस्टम बन्द गरिदिएको आयोजक...

तुलसीपुरको नगर अधिवेशनमा मुख्यमन्त्रीको विशेष सम्बोधन हुने

तुलसीपुर, १९ चैत । यही चैत २१ गतेबाट हुने तुलसीपुर उपमहानगरपालिकाको दोस्रो नगर अधिवेशनलाई मुख्यमन्त्री शंकर पोख्रेलले विशेष सम्बोधन गर्नुहुने भएको छ । तुलसीपुर उपमहानगरपालिकाको कार्यपालिकाको आज बसेको बैठकले नगर अधिवेशनमा मुख्यमन्त्रीलाई आमन्त्रण गर्ने निर्णय गरेको हो । तुलसीपुर उपमहानगरपालिकाका प्रवक्ता सुर्यवहादुर डाँगीका अनुसार अधिवेशनमा निर्वाचित संघ र प्रदेशका सभासद, राजनीतिक दलका प्रमुख, तुलसीपुर र विजौरी उद्योग वाणिज्य संघका अध्यक्ष र...

दाङमा झण्डै ९ हजार पशुपंक्षीको बिमा

घोराही, १९ चैत । दाङका पशुपालक किसानहरु पशुपंक्षी बिमा गराउन अग्रसर देखिएका छन् । बिमा गराउँदा सरकारले अनुदान दिन थालेपछि दाङ जिल्लामा पशु बिमा गर्ने क्रम बढ्दै गएको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ । पशु बिमा गर्दा लाग्ने कुल खर्चको ७५ प्रतिशत रकम सरकारले अनुदान बापत बिमा कम्पनीलाई भुक्तानी दिएसँगै पशुपंक्षी बिमा गर्ने क्रम बढ्दै गएको कार्यालय प्रमुख डा....

ताजा समाचार