बेपत्ता कम्लहरीको खोजी गर्न माग

घोराही, २३ चैत । मुक्त कम्लरीहरुले जमिन्दारहरुले वेपत्ता पारेका कम्लरीको खोजविन गर्न प्रदेश सरकारसँग माग गरेका छन् । प्रदेश नम्बर ५ का कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री आरती पौडेललाई बुधवार घोराहीमा १४ बुँदे ज्ञापनपत्र बुझाउँदै तत्काल कम्लरी बालिकाहरुको खोजविन तथा उद्धार गर्न माग गरेका हुन् । ५ नम्बर प्रदेशलगायत पश्चिम नेपालका ५ जिल्लाबाट ६ जना बालिका अहिले पनि जमिन्दारको...

अनाथ बालबालिकालाई वार्षिक ६ हजार प्रदान गर्ने राप्ती गाउँपालिकाको निर्णय

भालुबाङ, २२ चैत । राप्ती गाउँपालिकाले गाउँपालिकाभित्रका बिपन्न अनाथ बालबिलिकाहरुलाई वार्षिक ६ हजार रुपैयाँ उपलब्ध गराउने भएको छ । गाउँपालिकाले अनाथ बालबालिकाहरुका लागि महिला तथा बालबालिका कोषबाट मासिक पाँच सयका दरले वार्षिक रुपमा एकमुष्ट ६ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । अनाथ बालबालिकाहरु शिक्षाबाट वञ्चित हुनुका साथै अलपत्र अवस्थामा भेटिन थालेपछि उनीहरुको संरक्षणका लागि गाउँपालिकाले सहयोगको कार्यक्रम अघि...

दाङका सहकारी संस्था स्थानीय तहमा हस्तान्तरण हुँदै

घोराही, २२ चैत्र । सहकारी डिभिजन कार्यालय दाङको मातहतमा रहेको सहकारी संस्थाहरु अब स्थानीय तहमा हस्तान्तरण हुने भएका छन् । जिल्लामा रहेका ६ सय ४७ सहकारी संस्थाहरु आगामी वैशाख दोस्रो हप्ताभित्र स्थानीय तहहरुमा हस्तान्तरण हुने भएका हुन् । त्यसपछि सहकारी दर्ता, नवीकरण, अनुगमन, नियमन र प्रवर्द्धनको सबै काम स्थानीय तहबाटै हुने सहकारी डिभिजन प्रमुख विनोदकुमार पौडेलले जानकारी दिनुभयो । दाङका...

घोराहीमा दैनिक २४ लाख लिटर खानेपानी अपुग

घोराही, २१ चैत । दाङको घोराही बजार क्षेत्रमा माग अनुसारको खानेपानीको आपूर्ती हुन सकेको छैन् । घोराही उपमहानगरपालिका वडा नम्बर १४ र १५ का बजार तथा आसपासका क्षेत्रमा खानेपानी पुर्‍याउँदै आएको घोराही खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अनुसार दैनिक २४ लाख लिटर पानीको अपुग हुने गरेको छ । बजार क्षेत्रमा बर्सेनी यसरी नै खानेपानीको अभाव रहँदै आएको छ । अन्य...

दरबन्दी मिलानको काम नगर्न शिक्षा विभागको निर्देशन

घोराही, २१ चैत । शिक्षा विभागले जिल्ला शिक्षा कार्यालयबाट भइरहेका शिक्षक नियुक्ती, सरुवा र दरबन्दी मिलानको कार्य नगर्न निर्देशन दिएको छ । शिक्षा विभागले आज दाङ सहित ७७ वटै जिल्लाका शिक्षा कार्यालयलाई पत्र पठाउँदै तत्काललाई उक्त कार्यलाई अघि नबढाउन निर्देशन दिएको हो । शिक्षा ऐन २०२८ र शिक्षा नियामावली २०५९ अनुसार जिल्ला शिक्षा कार्यालय मार्फत् शिक्षक नियुक्ति, सरुवा, दरबन्दी मिलान...

प्रदेशको हालत पहाडबाट बसाई सरेको परिवार जस्तो छः मुख्यमन्त्री पोख्रेल

दाङ, २१ चैत । प्रदेश नं. ५ का मुख्य मन्त्री शंकर पोख्रेलले प्रदेशको हालत पहाडबाट बसाई सरेको परिवार जस्तो भएको बताएका छन् । बुधबार तुलसीपुर उपमहानगरपालिकाको दोस्रो सभालाई सम्बोधन गर्दै पोख्रेलले केही पनि संरचना र पूर्वाधार नभएकाले प्रदेशको हालत पहाडबाट भर्खरै बसाई सरेर तराई झरेको परिवार जस्तो अलपत्र अबस्थामा रहेको बताए । ‘पहिलोपटक प्रदेशको अभ्यास हुन थालेको र हतारमा सबै...

तुलसीपुर उपमहानगरको दोस्रो नगर अधिवेशन आज

तुलसीपुर, २१ चैत । तुलसीपुर उपमहानगरपालिकाको दोस्रो नगर अधिवेशन आज देखि सुरु हुँदैछ । अधिबेशनलाई मुख्यन्त्री शंकर पोख्रेलले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेले बताउनुभयो । अधिवेशनमा निर्वाचित संघ र प्रदेशका सभासद, राजनीतिक दलका प्रमुख, तुलसीपुर र बिजौरी उद्योग वाणिज्य संघका अध्यक्ष, र पत्रकारहरुलाई पर्यवेक्षकका रुपमा सहभागी गराइने भएको छ । अधिवेशनमा उत्कृष्ट जनमुखी काम गर्ने वडाका...

नेविसंघद्वारा प्रदेश ६ का मन्त्रीकाे गाडी तोडफोड

सुर्खेत, २१ चैत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयका कार्यवाहक स्ववियू सभापति पक्राउको विरोधमा प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले भौतिक पूर्वाधार विकास मन्त्री खड्क खत्रीको गाडीमा तोडफोड गरेका छन् । नेविसंघ सम्बद्ध विद्यार्थीहरुले बुधबार बिहान मन्त्री खत्रीको बा २ झ १५६६ नम्बरको गाडीमाथि तोडफोड गरेका हुन् । ताेडफोडबाट गाडीको अगाडि भागको सीसा फुटेको छ । गाडीमा मन्त्री खत्री नभएर सांसद् धर्म रेग्मी सवार थिए । प्रहरीका अनुसार उनी...

वैशाख ९ मा पार्टी एकता गर्न कार्यदलको प्रस्ताव

काठमाडौँ, २० चैत । एमाले र माओवादी केन्द्रबीच पार्टी एकतासम्बन्धी प्रस्ताव तयार गर्न गठित कार्यदलले कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा वैशाख ९ गते एकता घोषणा गर्नुपर्ने प्रस्तावसहितको प्रतिवेदन वाम एकता संयोजन समितिलाई बुझाएको छ । एकीकृत पार्टीको संगठनात्मक संरचना र राजनीतिक दस्तावेज तयार गर्न दुइटा कार्यदल बनेका थिए । ती कार्यदलले प्रतिवेदन तयार गरी दुवै दलका अध्यक्ष समेत रहेको संयोजन समितिलाई बुझाएका...

द्वन्द्वपीडित घाइते तथा अङ्गभङ्ग प्रतिशत सिफारिस 

घोराही, २० चैत । सशस्त्र द्वन्द्वका क्रममा दाङमा अङ्गभङ्ग भएका घाइतेहरुको अपाङ्गता प्रतिशत निर्धारण गरिएको छ । प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठको संयोजकत्वमा रहेको सशस्त्र द्वन्द्वमा घाइते भएका व्यक्तिहरुको प्रतिशत निर्धारण एवं पुनरावलोकन सिफारिस समिति दाङले चैत २० गते शान्ति सचिवालयमा ५० जनाको नाम र प्रतिशत सिफारिस गरेको हो । सशस्त्र द्वन्द्वमा घाइते भएका व्यक्तिहरुको प्रतिशत निर्धारण एवं पुनरावलोकन उपसमितिले सिफारिस...

ताजा समाचार