बङ्गलाचुली कप क्रिकेट प्रतियोगिता सुरु
घोराही, २५ चैत । दाङको पहाडी गाउँपालिका बङ्गलाचुलीमा आजदेखि बङ्गलाचुली कप क्रिकेट प्रतियोगिता सुरु भएको छ । काभ्रे युवा क्लब तथा रोयल तपाली युवा क्लबको आयोजनामा प्रतियोगिता सुरु भएको हो ।
नववर्ष २०७५ को उपलक्ष्यमा बङ्गलाचुली गाउँपालिका ३ कमिरेचौरमा कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक हिमाल महराले जानकारी दिनुभएको छ । प्रतियोगितामा साविक सौंडियार गाविस, डुरुवा, अठ्ठाइसे र बङ्गलाचुली गाँउपालिका गरी...
थकालीकोटमा पुग्यो धारा
घोराही, २५ चैत । गर्मीयाम लाग्दा खानेपानीको समस्या प्रायः धेरै ठाउँमा हुन्छ तर घोराही उपमहानगरपालिका–१९ का थकालीकोटबासी बाह्रै महिना काकाकुल थिए । पानीका लागि हारगुहार धेरै ठाउँ गरे । सुनुवाई नहुँदा सेवार खोलाको पानी खाएर गुजारा गरेका थकालीकोटवासीले ६७ वर्षपछि आगनमै धारा पाएका छन् ।
ढिलै भए पनि गरिबी निवारण कोषले दलित र जनजाति बाहुल्य रहेको थकालीवस्तीमा खानेपानी पुर्याएपछि स्थानीय...
असहाय बालबालिकालाई शैक्षिक सामग्री प्रदान
बिजौरी, २५ चैत । अखिल क्रान्तिकारी जनता विद्यापीठ बिजौरीले तुलसीपुर १८ बिजौरीमा रहेका असहाय बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको छ । शनिबार एक कार्यक्रम गरी शैक्षिक सामग्री वितरण गरिएको हो । असहाय वाल विकास केन्द्र बिजौरीमा बस्दै आएका १३ जना बालबालिकालाई कापी, कलमलगायत शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो ।
अध्यक्ष गणेश चौधरी, केन्द्रीय सदस्य दुर्गा बिक, जिल्ला सहसंयोजक सुवास बस्नेतसहितको टोलीले...
स्वास्थ्यलाई अमूल्य सम्पत्तिका रुपमा बुझ्न मेयर चौधरीको आग्रह
घोराही, २५ चैत । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले स्वास्थ्यलाई अमूल्य सम्पत्तिका रुपमा बुझ्न आग्रह गर्नुभएको छ । घोराही उपमहानगरपालिकाको आयोजना तथा सुआहारा र युएसएआइडीको सहयोगमा ७०औँ विश्व स्वास्थ्य दिवसका अवसरमा वडा नम्बर ६ मा शनिबार आयोजित कार्यक्रममा बोल्दै नगर प्रमुख चौधरीले स्वास्थ्यलाई अमूल्य सम्पत्तिका रुपमा लिन आग्रह गर्नुभएको हो ।
स्वस्थ व्यक्ति र स्वस्थ समाज विना विकास एवं समृद्धि...
१८ बर्ष मुनीका युवाहरुको फूटबल प्रतियोगिता सुरु
घोराही, २४ चैत । दाङको घोराहीमा शनिबारदेखि १८ वर्षमुनिको आमन्त्रण नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ । युनाइटेड नयाँबजार क्लबको आयोजनामा घोराहीको भरतपुर मैदानमा फुटबल प्रतियोगिता सुरु भएको हो । क्लबका अध्यक्ष बुद्धिराम पुनको अध्यक्षतामा भएको कार्यक्रममा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले फुटबल प्रतियोगिताको उद्घाटन गर्नुभएको हो ।
प्रतियोगिता उद्घाटन गर्दै नगर प्रमुख चौधरीले खेललाई अनुशासन र स्वास्थ्यसगँ जोडेर हेर्न...
सलमानलाई धराैटीमा रिहा गर्न अदालतकाे अादेश
दाङ, २४ चैत । कालो हरिण सिकार गरेको आरोपमा ५ वर्ष कैद सजाय पाएका बलिउड अभिनेता सलमान खानलाई जोधपुर अदालतले धरौटीमा छाड्ने आदेश दिएको छ ।
जोधपुर अदालतले शनिबार खानलाई भारतीय रुपैयाँ ५० हजार धरौटी रकम बुझाउन लगाएर रिहा गर्न लागेको हो। दुई वटा कालो हरिण मारेको हुनाले अदालतले खानलाई २५/२५ हजारको दरले धरौटी रकम भर्न लगाएको छ।
भारतीय सञ्चार माध्यमहरुका...
माटो परीक्षण गर्ने प्रतिबद्धता
घोराही, २४ चैत । घोराही उपमहानगरपालिका कृषि शाखाले सौंडियार र लक्ष्मीपुरमा माटो परीक्षणका लागि प्रतिबद्धता जनाएको छ ।
जिल्लास्तरीय मानवअधिकार निगरानी समूह, साविक गाविसस्तरीय मानवअधिकार निगरानी समूह तथा सरोकारवालाहरुको जिल्ला तथा स्थानीयतहस्तरीय बहस/सम्वाद बैठकमा बोल्दै शाखा प्रमुख भरतमणि पोख्रेलले वार्षिक कार्यक्रम अन्तर्गत हुने माटो परीक्षणको कार्यक्रम सौंडियार र लक्ष्मीपुरमा पनि लैजाने प्रतिबद्धता जनाउनुभयो ।
साविक गाविसस्तरीय मानवअधिकार निगरानी समूहले किसानहरुले माटो...
अपाङ्गमैत्री भवन निर्माणका लागि १० लाख बढी रकम बचत
घोराही, २४ चैत । दाङको घोराहीमा भएको दुःख निवारण धनवृद्धि महालक्ष्मी यज्ञबाट १० लाख रुपैयाँ संकलन भएको छ । अपाङ्गमैत्री भवन तथा पुनर्स्थापना केन्द्र निर्माणका लागि सञ्चालन भएको यज्ञबाट नगद र जिन्सी गरी १० लाख २३ हजार ३५ रकम संकलन भएको हो ।
अपाङ्ग मानव अधिकार एवं सरोकार मञ्च नेपाल र राष्ट्र शान्ति अभियान नेपाल बाँकेको संयुक्त आयोजनामा भएको यज्ञमा...
घोराहीमा भुस्याह कुकुरको बन्ध्याकरण सुरु
घोराही, २४ चैत । घोराही उपमहानगरपालिकाको घोराही बजार क्षेत्रमा रहेका छाडा कुकुरहरुको बन्ध्याकरण गर्न थालिएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १४ को आर्थिक सहयोगमा बजार क्षेत्रमा रहेका भुस्याह कुकुरहरुको बन्ध्याकरण थालिएको हो ।
पशु सेवा कार्यालयको प्राविधिक सहयोगमा भुस्याह कुकुर बन्ध्याकरण तथा नियन्त्रण समितिले बजार क्षेत्रमा रहेका भुस्याह कुकुरहरुको बन्ध्याकरण गर्न थालेको हो । भुस्याह कुकुर बन्ध्याकरण, नियन्त्रण तथा...
तीनदिने आधारभूत पत्रकारिता तालिम सुरु
बिजौरी, २४ चैत । तीनदिने आधारभूत पत्रकारिता तालिम शुक्रबारदेखि हेमन्तपुरमा सुरु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ को आर्थिक सहयोग तथा साक्षी खबर साप्ताहिकको आयोजनामा तीन दिने पत्रकारिता तालिमको सुरु भएको हो ।
साक्षी खबर साप्ताहिकका प्रधानसम्पादक सुनिलकुमार पोख्रेलको अध्यक्षता एवम् तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ का वडाध्यक्ष माधव वलीको प्रमुख आतिथ्यतामा तालिमको उद्घाटन गरिएको हो । कार्यक्रममा प्रमुख...













