घोराहीमा जेष्ठ नागरिक मिलन केन्द्र स्थापना हुँदै
घोराही, ७ चैत्र । दाङको घोराही उपमहानगरपालिकाले जेष्ठ नागरिक दिवा मिलन केन्द्र स्थापनाका लागि प्रकृया अघि बढाएको छ । नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा आज बसेको बैठकले जेष्ठ नागरिकका लागि नगरस्तरीय दिवा मिलन केन्द्र स्थापनाका लागि आवस्यक कार्यक्रम र गतिविधि तर्जुमाका लागि एक समिति गठन गरेको छ ।
समितिको संयोजकमा पुरुषोत्तम खनाल, कोषाध्यक्षमा ललिता केसी र सचिवमा पद्मप्रसाद शर्मा रहनुभएको...
जडिबुटीको पहिचान र महत्त्व बुझ्न आवश्यक
घोराही, ७ चैत्र । बहुमूल्य जडिबुटीको महत्त्वका बारेमा थाहा नहुँदा किसानहरु मारमा पर्ने र व्यापारीहरुले फाइदा लिने देखिएको सरोकारवालाहरुले निष्कर्ष निकालेका छन् ।
सामुदायिक वन महासंघ दाङको आयोजना र जिआइजेटको सहयोगमा बुधबार घोराहीमा भएको औषधि तथा सुगन्धित बिरुवाको क्षेत्रमा नेपाल व्यापार एकीकृत रणनीतिक कार्यान्वयन परियोजना कार्यशाला गोष्ठीमा बोल्ने बक्ताहरुले दाङमा त्यस्ता जडिबुटीहरु प्रशस्त भए पनि पहिचान गर्न नसकिएको बताएका हुन्...
घोराही २ का सबै टोलमा सडक सञ्जाल
घोराही, ६ चैत । पुरानो गाउँ नाम भने नयाँबस्ती । झण्डै २५ घरधुरीको सुकुम्बासी क्षेत्रमा कहिल्यै विकास पुगेन । जिल्ला सदरमुकामदेखि ४/५ किलोमिटर दुरीमा रहेको नयाँबस्तीमा सडक पुर्याउन सधैँ विवाद भयो । २०२८ सलादेखिको जग्गा विवादले तत्कालीन पाँच जना प्रधानपञ्चसमेत सडक खोल्न असफल भए तर जनप्रतिनिधिकै पहलमा ४६ वर्षपछि यसपालि नयाँ बस्तीमा 'नयाँ सडक' पुग्यो । मात्रै एकलाखमा डेढ...
दाङ राजधानीको मुद्दा सकिएको छैनः महरा
घोराही, ६ चैत्र । संघीय संसद्का सभामुख कृष्णबहादुर महराले दाङलाई प्रादेशिक राजधानी बनाउने मुद्दा अझै नसकिएको बताएका छन् । दाङ निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित महरा संघीय सभामुखमा निर्वाचित भएपछि उनको स्वागत सम्मानमा मंगलबार घोराही उपमहानगरपालिकाले आयोजना गरेको कार्यक्रममा बोल्दै महराले दाङलाई पाँच नम्बर प्रदेशको राजधानी बनाउने सम्भावना अझै रहेको बताए ।
राजधानीको मुद्दा अझै सिद्धिएको छैन, मुद्दा सकिएको...
इम्प्रेसन नेपाल ५ नम्बर प्रदेश संयोजकमा दाङका गौतम
काठमाडौँ, ३ चैत्र । इम्प्रेसन नेपालको ५ नम्बर प्रदेशको संयोजकमा दाङका किरण गौतम चयन हुनुभएको छ । इम्प्रेसन नेपालको पहिलो बैठकले गौतमलाई संयोजकमा चयन गरेको हो ।
शनिबार काठमाडौँमा भएको बैठकले अन्य सबै प्रदेशका संयोजक समेत चयन गरेको छ । प्रदेश नं. १ को संयोजकमा दुर्गा पौडेल, प्रदेश नं. २ को संयोजकमा जनक लम्साल, प्रदेश नं. ३ को संयोजकमा सुमन...
सल्यानमा आगलाली हुँदा करीब दुई करोडको क्षति
तुलसीपुर, ३ चैत्र । सल्यानमा आगलागी हुँदा करीब दुई करोडको क्षति भएको छ । बागचौर नगरपालिका –५ बाङ्गेलाखुरीमा शनिबार दिउँसो भएको आगलागीमा सातवटा पसल र दुईवटा पसल सहितका घर जलेर पूर्णरुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।
सल्यानका प्रहरी प्रमुख भरत विकका अनुसार अनुरुप केसी, जंगबहादुर चन्द, रामबहादुर सुनार, खुमबहादुर परीयार, रीता बुढाथोकी, थलबहादुर बस्नेत, गोविन्द...
फाइनल खेलमा जगबार र धनगढी क्रिकेट एकेडेमी भिड्ने
घोराही, ३ चैत्र । दाङको घोराहीमा जारी जेसीज कप क्लबस्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल खेलमा जगबार क्रिकेट क्लब र धनगढी क्रिकेट एकेडेमीबीच प्रतिस्पर्धा हुने भएको छ ।
शनिबार भएको सेमिफाइनल खेलमा कर्णाली प्रदेश क्रिकेट क्लबलाई हराउँदै जगबार क्रिकेट क्लब तथा न्यू होराइजन क्रिकेट एकेडेमीलाई हराउँदै धनगढी क्रिकेट एकेडेमी फाइनलमा प्रवेश गरेका हुन् ।
सेमिफाइनलअन्तर्गत शनिबार भएको पहिलो खेलमा न्यू होराइजन क्रिकेट...
गजल
- शालिकराम मुसाफिर
चोर औँला देखाएर खुसी हुने कस्तो तिमी ?
बाँकी औंला बिर्सिएर मुटु रेट्ने कस्तो तिमी ?
धानको बाला झुले पनि, भित्र्याउन बाँकी छ त
आफन्तको गला थिची, पराइ भेट्ने कस्तो तिमी ?
जति सूर्य चम्किए नि, अस्ताउनु त पर्छ आखिर
स्थायी हैन आखिर जीवन, बाटो छेक्ने कस्तो तिमी ?
दोबाटोमा भेट हुँदा, मुन्टो घुमाइ हिँड्न थाल्यौं
भुल्छौं भने भूल बरु, उसलाई बोक्ने कस्तो तिमी...
कुरेली सेवा समाजद्वारा क्यान्सर पीडितलाई झण्डै ७ लाख सहयोग
घोराही, ३ चैत्र । रोल्पाली ढाङ्ढुंगे कुरेली सेवा समाज घोराही र कुरेली सेवा समाज तथा अन्तराष्ट्रिय सम्पर्क मञ्चले शनिबार क्यान्सर पीडित र वैदेशिक रोजगारीका क्रममा हातका औँला गुमाएका दुई जनालाई आर्थिक सहयोग गरेको छ ।
घोराही उपहानगरपालिका १३ तुरुन्तपुरमा एक कार्यक्रमको आयोजना गरी ति दुई संस्थाले क्यान्सर पीडित रोल्पा परिवर्तन गाउँपालिका १ कुरेली मर्बाङ निबासी २० वर्षीया मङ्गल पुनको उपचारका...
मुद्दा मिले एकीकरण नभए सहकार्यः मैनाली
घोराही, ३ चैत । नेकपा मालेका महासचिव सीपी मैनालीले मुख्य मुद्दा मिल्ने अवस्था आए बाम गठवन्धनसँग पार्टी एकीकरणमा जान सकिने बताउनुभएको छ ।
पार्टीको केन्द्रीय परिषद् बैठकपछि घोराहीमा भएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महासचिव मैनालीले बाम गठवन्धनलाई अझै विश्वास गर्ने वातावरण नभएको समेत बताउनुभयो । केन्द्रीय समितिले गरेका निर्णय कार्यान्वयनका लागि सुझाव सङ्कलन गर्नेगरी आयोजित परिषद् बैठकले मुख्य एजेन्डा मिले...














