देउखुरीमा बस दुर्घटना हुँदा ६ जना घाइते

लमही, २ चैत्र । दाङको देउखुरीमा बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । लमहीबाट भालुबाङतर्फ जाँदै गरेको ना २ ख ५५७१ नम्बरको बस अनियन्त्रित भई पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिका २ बराखुट्टीमा दुर्घटना भएको हो । दुर्घटनामा परी राप्ती गाउँपालिका वडा नम्बर २ मसुरिया निबासी १८ वर्षीया मुना चौधरी, उनकी २ महिनाकी छोरी सोनी चौधरी, सोही ठाउँ निबासी ३५...

एकमहिनामै परिपुरण नीतिः आयोग

घोराही, २ चैत । सत्यनिरुपण तथा मेलमिलाप आयोगका सदस्य श्रीकृष्ण सुवेदीले द्वन्द्वपीडितहरुलाई दिइने परिपुरणको मापदण्डसहितको परिपुरण नीति एकमहिनामा तयार गरिने बताउनुभएको छ । परिपुरण नीति निर्माणका लागि सुझाव सङ्कलन गर्न आयोगको ५ नम्बर प्रदेश मुकाम कार्यालय तुलसीपुर आइपुग्नुभएका आयुक्त सुवेदीले द्वन्द्वपीडित तथा मानवअधिकारकर्मीहरुसँग छलफल गर्दै पीडितकै चाहनाअनुसारको नीति निर्माण गर्ने प्रतिबद्धता जनाउनुभयो । 'केही कुरा ऐनले पनि तोकेको छ तर...

ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ

घोराही, ३० फागुन । लागुऔषध ब्राउन सुगरसहित घोराहीमा भारतीय नागरिक पक्राउ परेका छन् । घोराही–१५ जेसीज मार्गबाट ४० ग्राम ब्राउनसुगरसहित भारतीय नागरिकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । जेसीज मार्गमा ब्राउन सुगरको कारोवार भइरहेको भन्ने सूचनाको आधारमा कार्यालयबाट खटेको विशेष प्रहरी टोलीले भारत बहराइचका ३४ वर्षीय परवेज आलमलाई फक्राउ गरेको जिल्ला प्रहरी प्रमुख दुर्गा सिंहले जानकारी दिनुभयो...

मेट्रो कलेज सञ्चालनका बारेमा तुलसीपुरमा छलफल

तुलसीपुर, ३० फागुन । मेट्रो कलेज सञ्चालनका बारेमा तुलसीपुर उपमहानगरपलिकाले छलफल सुरु गरेको छ । उक्त अवसरमा सदस्य एवम् तुलसी स्कुलका प्रिन्सिपल भीष्म केसीले कलेजमा धेरै संकायका विषयको अध्यापन गराउनु भन्दा पनि प्रारम्भमा सीमित विषयलाई प्रभावकारी ढँगले अध्यापन गराउनुपर्ने बताउनुभयो । उहाँले बजारमा बिक्नेखालको जनशक्ति उत्पादन हुने विषयको कक्षा सञ्चालन गर्नुपर्ने सुझाव दिनुभयो । अर्का सदस्य एवम् ज्ञानज्योति कलेजका संस्थापक अध्यक्ष...

प्रधानन्यायाधीश पराजुली पदमुक्त

काठमाडौँ, ३० फागुन । न्याय परिषद् सचिवालयले प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीलाई अवकाश भइसकेको जानकारी गराएको छ । सचिव नृपध्वज निरौलाले हस्ताक्षर गरी बुधबार पराजुलीलाई बुझाएको पत्रमा २०७४ साउन २१ गते नै अवकाश भइसकेको जानकारी दिइएको छ । पत्रमा भनिएको छ, 'सम्माननीय महोदयको ६५ (पैसट्ठी) वर्षको उमेर २०७४।४।२१ मा नै पूरा भइसकेको देखिन आएकोले आज मिति २०७४।११।३० को सचिवस्तरीय निर्णयअनुसार सम्माननीय महोदय...

न्यू होराइजन क्‍वाटर फाइनलमा

घोराही, ३० फागुन । दाङ क्रिकेट संघको प्राविधिक सहयोग र त्रिभुवननगर जेसीजको आयोजनामा फागुन २६ गतेदेखि सुरु भएको जेसीजकप क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको पहिलो चरणको अन्तिम खेलमा न्यू होराइजन क्रिकेट एकाडेमी विजयी भएको छ । आज भएको खेलमा कृष्ण कार्कीले ९ चौका र ४ छक्काको मद्दतले २४ बलमा ७९ रनको उत्कृट इनिंग खेल्दै न्यू होराइजनलाई क्वाटर फाइनलमा प्रवेश गराएका...

तुलसीपुरमा महिलाहरुका लागि तीनमहिने आधारभूत तालिम सुरु

तुलसीपुर, ३० फागुन । तुलसीपुरमा महिलाहरुको क्षमता अभिबृद्धि एव‌ं आत्मनिर्भर बनाउने उद्देश्यका साथ तीनमहिने कम्प्युटर तथा लाछा डोरी बनाउने तालिम सुरु भएको छ । महिला उद्यमी संघ तुलसीपुरको आयोजना एवं तुलसीपुर उपमहानगरपालिका ५ को आर्थिक सहयोगमा पचास बढी महिलाहरुका लागि बुधबारदेखि तुलसीपुरमा तालिम सुरु भएको हो । महिला उद्यमी संघकी अध्यक्ष यशोदा पाण्डेको अध्यक्षता एवं वडा अध्यक्ष वीरेन्द्रकुमार शाहको प्रमुख अतिथ्यतामा...

तुलसीपुरमा बजाज सोरुम

तुलसीपुर, ३० फागुन । दाङको तुलसीपुरमा बजाज मोटरसाइकलको सोरुम उद्घाटन गरिएको छ । तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष बीरहादुर रावतले बुधवार बजाजको सोरुम क्रस वोर्डर प्रालिको एक कार्यक्रमकाबीच उद्घाटन गर्नुभएको हो । नेपाली बजारमा लोकप्रिय रहेको बजाज मोटरसाइकलको सोरुम उद्घाटन भएसँगै तुलसीपुर आसपासका सेवाग्राहीले सहज रुपमा सेवा पाउने भन्दै कार्यक्रमका वक्ताहरुले खुशी व्यक्त गरेका थिए । उक्त अवसरमा संघीय प्रहरी...

विश्वप्रसिद्ध वैज्ञानिक स्टेफन हकिङको निधन

प्रसिद्ध बेलायती वैज्ञानिक स्टेफन हकिङको ७६ बर्षको उमेरमा आज निधन भएको छ । भौतिक विज्ञान शास्त्रतर्फ प्रख्यात हकिङको बेलायतको लण्डनस्थित घरमा निधन भएको पारिवारिक श्रोतलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । विश्वप्रसिद्ध ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’ पुस्तकका लेखक समेत रहेका हकिङ सापेक्षवादको सिद्धान्त र ब्ल्याक होलका बारेमा विभिन्न नयाँ तथ्य पहिल्याउने प्रखर वैज्ञानिक मानिन्छन् । सन् १९४२ मा जन्मिएका...

राष्ट्रपतिको सपथ ४ बजे

काठमाडाैँ, ३० फागुन । प्रधान न्यायाधीश गोपाल पराजुलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई ४ बजे सपथ खुवाउने भएका छन्। संविधान अनुसार राष्ट्रपतिले प्रधान न्यायाधीशसँग सपथ लिनुपर्ने हुन्छ। सपथ ग्रहण समारोह राष्ट्रपति भवनमा हुनेछ। भण्डारी मंगलबार भएको राष्ट्रपति निर्वाचनमा दुई तिहाई मतभारका साथ विजयी भएकी थिइन्। मंगलबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीलाई निर्वाचन आयोगले राष्ट्रपति पदमा विजयी भएको प्रमाणपत्र हस्तान्तरण गरेको हो। सर्वोच्चका न्यायाधीश समेत न्याय...

ताजा समाचार