राष्ट्रपतिमा विद्यादेवी भण्डारी निर्वाचित
काठमाडौं, २९ फागुन । विद्यादेवी भण्डारी दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएकी छन् ।
मंगलबार भएको राष्ट्रपति निर्वाचनमा उनीसँग काँग्रेसकी कुमारी लक्ष्मी राई चुनावी प्रतिस्पर्धामा थिइन् ।
बाम गठबन्धनकी उम्मेदवार भण्डारी दुई तिहाई बढी मतका साथ राष्ट्रपतिमा निर्वाचित भएकी छन् । भण्डारीले ३९ हजार २७५ मतभार पाइन् भने राईले ११७३० मतभार पाएकी छन् ।
निर्वाचनमा संघीय संसदका ३३१ र प्रदेशसभाका ५३६ सदस्य...
घोराहीको फचरकपुरमा सहरी स्वास्थ्य केन्द्र स्थापना
घोराही, २९ फागुन । घोराही उपमहानगरपालिकाले वडा नम्बर ६ को फचकपुरमा सहरी स्वास्थ्य केन्द्र स्थापना गरेको छ । कार्यपालिकाको १६औँ बैठकले गरेको निर्णय बमोजिम उपमहानगरले वडा नम्बर ६ को फचकपुरमा सहरी स्वास्थ्य केन्द्रको स्थापना भएको हो ।
वडा अध्यक्ष रेवबहादुर बुढाथोकीको अध्यक्षतामा कार्यक्रमको आयोजना गरी नगर प्रमुख नरुलाल चौधरी र उपप्रमुख सीता न्यौपानेले सहरी स्वास्थ्य केन्द्रको उद्घाटन गर्नुभएको हो ।...
बिमान दुर्घटनामा पाइलटसहित ४९ को मृत्यु
काठमाडौँ, २८ फाल्गुन । यूएस बङ्लादेश एयरलाइन्सको बिमान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना हुँदा ४९ जनाको मृत्यु भएको छ । मृत्यु हुने अधिकांश नेपाली रहेको प्रारम्भिक जानकारी आएको छ ।
६७ यात्रु र चालक दलका चारजना सदस्यसहित बंगलादेशको ढाकाबाट काठमाडौं उडान भरेको सो विमान दिउँसो २ बजेर २० मिनेटमा त्रिभुवन विमानस्थलको धावन मार्गमा दुर्घटनाग्रस्त भएको हो ।
६७ यात्रु मध्ये ३३...
जेसीज राष्ट्रिय क्रिकेट प्रतियोगिताको सोमबारको खेलमा होलील्याण्ड र ज्यागुयर विजयी
घोराही, २८ फागुन । घोराहीमा जारी जेसीज कप क्लबस्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सोमबार होलील्याण्ड उमावि र ज्यागुयर क्रिकेट क्लव विजयी भएका छन् ।
गुलरिया क्रिकेट मैदानमा भएको पहिलो खेलमा होलील्याण्डले नेपाल स्टार क्रिकेट क्लबलाई ५ विकेटले पराजित गरेको हो । टस जितेर पहिले व्याटिङ गरेको नेपाल स्टारले पूरा २० ओभर खेल्दै ८ विकेटको क्षतिमा जम्मा ११३ रन बनायो ।
जसका लागि...
सरकारी कार्यालयको अर्धवार्षिक समीक्षा
घोराही, २८ फागुन । जिल्लास्थित सरकारी कार्यालयको अर्धवार्षिक प्रगति समीक्षा गरिएको छ । जिल्ला समन्वय समिति दाङको आयोजनामा घोराहीमा भएको कार्यक्रममा विभिन्न डेढ दर्जन सरकारी कार्यालयले पहिलो अर्धवार्षिक प्रगतिको समीक्षा गरेका हुन् ।
जिल्ला समन्वय समिति दाङका प्रमुख जीतेन्द्रमान नेपालीको अध्यक्षतामा भएको समीक्षा कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय, सडक डिभिजन, जिल्ला पशु सेवा, जिल्ला कृषि विकास, प्रधानमन्त्री कृषि कार्यक्रम (सुपरजोन), जलउत्पन्न...
घोराही उपमहानगरका ६१ छाडा गाईगोरुको व्यवस्थापन
घोराही, २८ फागुन । घोराही उपमहानगरपालिकाले बजार क्षेत्रमा रहेका छाडा पशु चौपायाको व्यवस्थापन थालेको छ ।
घोराही उपमहानगरपालिका वडा नम्बर १४ र १५ बजार क्षेत्रमा रहेका छाडा गाईगोरुहरुको उपमहानगरले व्यवस्थापन थालेको हो । केही दिन अघि घोराही बजार क्षेत्रबाट नियन्त्रणमा लिएका ६१ गाईगोरु विभिन्न व्यक्तिहरुको जिम्मा लगाइएको छ ।
जसअन्तर्गत रोल्पामा पाल्नका लागि ४६ वटा, उपमहानगरका कर्मचारीहरुले ४ वटा र ६...
मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण र राहतका लागि योजना निर्माणमा जोड
घोराही, २८ फागुन । प्रकृति विपरितका गतिविधिकै कारण वन्यजन्तु र मानववीच द्वन्द्व सिर्जना भएको भन्दै सरोकारवालाहरुले द्वन्द्व न्यूनीकरणका लागि स्थानीय तहलाई सजग गराउनुपर्नेमा जोड दिएका छन् ।
हरियो वन कार्यक्रमअन्तर्गत सामुदायिक वन उपभोक्ता महासंघ दाङले सोमबार घोराहीमा आयोजना गरेको मानव, वन्यजन्तु द्वन्द्व व्यवस्थापनः राहत सहयोग पहुँच, प्रभावकारिता र न्यायोचितता विषयक कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् ।
उनीहरुले विकासका नाममा वन्यजन्तुको वासस्थान,...
सीपलाई आयआर्जनसँग जोड्न मेयर चौधरीको आग्रह
घोराही, २८ फागुन । घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले कुनै पनि सीपलाई आयआर्जनसँग जोड्नुपर्ने बताउनुभएको छ ।
घरेलु तथा साना उद्योग कार्यालयको आयोजना र नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्रको सहयोगमा अपाङ्गता भएका व्यक्तिहरुका लागि सञ्चालित कटाइ सिलाइ तालिमको समापन कार्यक्रममा बोल्दै मेयर चौधरीले सिपलाई आयआर्जनसँग जोड्नु पर्ने बताउनुभएको हो ।
आधारभूत तालिम लिएका अपाङ्गता भएका व्यक्तिहरुका लागि स्तर बृद्धि कटाइ...
यूएस बंगलाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ४६ पुग्यो
काठमाडौं, २८ फागुन । यूएस बंगलाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ४६ पुगेको छ ।
ढाकाबाट काठमाडौं आएको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा एयर बंगलाको विमान रनवेबाट बाहिर गएर दुर्घटना भएको छ।
ढाकाबाट आएको ड्यास–८ विमान दिउँसो २ बजेर २० मिनेट जाँदा अवतरणको क्रममा रनवे बाहिर पुगेर दुर्घटना भएकाे हाे। फ्लाइट नम्बर युबिजी २११ भएको...
गुनासो सुन्न घोराही उपमहानगरमा निःशुल्क फोन सेवा
घोराही, २८ फागुन । घोराही उपमहानगरपालिकाले सहजै गुनासो सुनेर समस्या समाधान गर्न र सहजरुपमा सूचना प्रवाहका लागि पैसा नलाग्ने फोन सेवाको सुरुवात गरेको छ ।
गएको माघ ११ गतेको १९ औँ नगर कार्यपालिका बैठकबाट भएको निर्णयअनुसार उपमहानगरले नागरिकको गुनासो व्यवस्थापन र सहजरुपमा सूचना प्रवाहका लागि पैसा नलाग्ने टेलिफोनको व्यवस्था गरेको हो ।
उपमहानगरपालिकाको कार्यक्षेत्रभित्रका कुनै पनि गुनासा, समस्या र सूचनाका लागि...













