जनउत्तरदायी र परिवर्तनमुखी पत्रकारिता आजकाे आवश्यकता : मुख्यमन्त्री आचार्य
कोहलपुर, ३१ असार । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जनमानसमा सही र सकारात्मक सूचना सम्प्रेषण आजको आवश्यकता भएको बताउनु भएको छ । एनटिभि कोहलपुरको २९औं वार्षिकोत्सव समारोहलाई मंगलबार काेहलपुरमा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले सञ्चार क्षेत्रले समाजलाई अराजकताको बाटोमा होइन, परिवर्तनको मार्गमा लैजान जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्ने धारणा राख्नु भएको हाे ।
उहाँले भन्नुभयो, `हामीले चौथो अंगकाे रूपमा सञ्चार क्षेत्रलाई लिने...
नेपाल उद्योग व्यापार महासंघ घोराहीद्वारा सेवा घरलाई खाद्यान्न सहयोग
घोराही, असार ३१ । नेपाल उद्योग व्यापार महासंघ घोराहीले आफ्नो चौथो स्थापना दिवसको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत मानव कल्याण समाजसेवा घरलाई खाद्यान्न सामग्री सहयोग गरेको छ। घोराही उपमहानगरपालिका–१० स्थित सेवा घरमा आयोजित कार्यक्रम महासंघका नगर अध्यक्ष महेन्द्र बुढाथोकीको अध्यक्षता तथा केन्द्रीय उपाध्यक्ष ओबिन्द्र महराको प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे हाे । कार्यक्रममा चामल, तेल, फ्रुटीलगायतका दैनिक उपभोग्य सामग्रीहरू हस्तान्तरण गरिएकाे...
दाङमा अन्तर्राष्ट्रिय योग सम्मेलन हुने
दाङ, असार ३१ । दाङमा पहिलो पटक अन्तर्राष्ट्रिय योग सम्मेलन हुने भएको छ । नेपाल संस्कृत विश्वविद्यालयको मुख्य आयोजनामा आउँदो २०८२ सालको आश्विन २५, २६ र २७ गते दाङको बेलझुण्डीमा अन्तर्राष्ट्रिय योग सम्मेलन–२०८२ (Global Yoga Summit–2025) आयोजना हुने भएको छ।
नेपालका प्रतिष्ठित शैक्षिक तथा प्राज्ञिक संस्था, स्थानीय निकाय र सनातन धर्मसेवी संस्थाहरूको सह-आयोजनामा हुने सम्मेलनको मूल आयोजक समितिमा विभिन्न...
आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा ठूलो वर्षाको सम्भावना
काठमाण्डौ, असार ३१ । देशका धेरै ठाउँमा रातभर पानी परेकोमा अहिले भने रोकिएको छ । केही ठाउँमा हल्का मात्रै वर्षा भइरहेको छ । आज दिउँसो र राति पनि सबै प्रदेशमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।
यस्तै राति कोशी, गण्डकी, लुम्बिनी...
घोराहीमा अखाद्य वस्तु बिक्री गर्ने पसलमा उपमहानगरको छापा
घोराही, असार ३१ । घोराही उपमहानगरपालिकाले अखाद्य वस्तु बिक्री गरेको गुनासोका आधारमा घोराही–१४ बालमन्दिरस्थित एक जुस पसल र एक खाद्य किराना पसलमा अनुगमन गरी कारबाही गरेको छ।
उपभोक्ता हित संरक्षण शाखाका प्रमुख मोहनसिंह सुनारका अनुसार सडेको फलफूल प्रयोग गरेर जुस बनाइरहेको भन्ने गुनासो आएपछि वारसी फ्रुट एण्ड जुस सेन्टर मा छापा मारिएको हो। अनुगमनका क्रममा सडेको फलफूल, सरसफाइको निकै कमजोर अवस्था,...
राप्ती प्रतिष्ठानलाई पुनः प्रथम सेवा विन्दुका रूपमा तोक्न घोराही उपमहानगरको माग
दाङ, असार ३१ । स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई प्रथम सेवा विन्दुबाट हटाइएको सरकारी निर्णय सच्याउन घोराही उपमहानगरपालिकाले स्वास्थ्य बीमा बोर्डलाई आग्रह गरेको छ।
बोर्डको हालैको निर्णयअनुसार प्रतिष्ठानलाई मात्र रेफरल केन्द्रको रूपमा सीमित गरिएको छ, जसले घोराही क्षेत्रका ३७ हजारभन्दा बढी बीमितहरूलाई सेवा प्राप्तिमा असहज बनाएको उपमहानगरपालिकाको ठहर छ। त्यसैले प्रतिष्ठानलाई पुनः घोराही उपमहानगरभित्रका नागरिकका लागि स्वास्थ्य...
दाङमा ७१ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमामा सहभागी
दाङ, असार ३१ । स्वास्थ्य बीमा कार्यक्रम सरकारले नागरिकको स्वास्थ्य अधिकार सुनिश्चित गर्न ल्याएको भए पनि दाङमा यसको प्रभावकारिता सन्तोषजनक देखिएको छैन। बीमामा आबद्ध भए पनि समयमा आवश्यक सेवा नपाउँदा जनतामा यो कार्यक्रमप्रति विश्वास घट्दै गएको गुनासो छ।
२०७२ सालमा सामाजिक स्वास्थ्य सुरक्षाको अवधारणासहित सुरु गरिएको स्वास्थ्य बीमा कार्यक्रम स्वास्थ्य सेवा उपयोगको क्रममा लाग्ने खर्चको जोखिम घटाउँदै वित्तीय सुरक्षा दिने...
नागरिकलाई स्वास्थ्यमा पहुँच पुराउन नगर अस्पतालको आवश्यकताः सविन प्रियासन
स्वास्थ्य सेवा हरेक नागरिकको नैसर्गिक अधिकार हो । संविधानले प्रत्याभूत गरेको यो अधिकार सुनिश्चित गर्न राज्यले नीति, कार्यक्रम र योजना तर्जुमा गर्दै आएको छ । तर त्यो व्यवहारमा नागरिकले अनुभूति गर्ने गरी लागू नहुञ्जेलसम्म संविधानको व्यवस्था मात्रै पर्याप्त हुँदैन । स्वास्थ्य सेवा पहुँच योग्य, गुणस्तरीय र सर्वसुलभ हुनुपर्छ । घोराही उपमहानगरपालिका नेपालकै सबै भन्दा ठूलो उपमहानगर हो । यहाँका...
धारपानीमा शिवपुराण तथा श्रृङ्गारिक महाआरतीको तयारी अन्तिम चरणमा
विमल योगी
दाङ, ३० असार । दाङको प्रसिद्ध धार्मिक स्थल धारपानीस्थित पाण्डवेश्वर महादेव मन्दिरमा सञ्चालन हुने शिवपुराण तथा श्रृङ्गारिक महाआरतीको तयारी अन्तिम चरणमा पुगेको छ।
मन्दिर व्यवस्थापन समितिले सोमबार मन्दिर परिसरमै पत्रकार सम्मेलन आयोजना गर्दै मञ्च व्यवस्थापन, प्रचारप्रसार, सुरक्षा व्यवस्था, सरसफाइ लगायतका सम्पूर्ण तयारीहरू अन्तिम चरणमा पुगेको जानकारी दिएको हो।
शिवपुराण तथा श्रृङ्गारिक महाआरती साउन १ गते दिउँसो १ बजे उद्घाटन गरिनेछ।...
छाउपडी कुप्रथाविरुद्ध फेरि अभियान शुरू हुँदै
दाङ, असार ३० । छाउगोठमा बसेकै अवस्थामा कञ्चनपुरको कृष्णपुरमा एक महिलाको ज्यान गएपछि छाउपडी कुप्रथाविरुद्ध आवाज उठ्न थालेको छ । कृष्णपुर नगरपालिकाले सबै वडा कार्यालयलाई १५ दिनभित्र छाउगोठ भत्काउन निर्देशन दिएको छ ।
छाउगोठ नभत्काउने व्यक्तिलाई कानूनी कारबाहीसहित १० हजार रुपैयाँ जरीवाना गरिने नगरपालिकाले जनाएको छ । छाउगोठ रहेको वडामा नगरपालिकाले टोली नै खटाएर छाउगोठ भत्काउने तयारी गरेको छ ।
अटेरी...














