ट्राफिक सचेतना कक्षा अब अनलाइनबाट
काठमाण्डौ । ट्राफिक सचेतना कक्षा अनलाइनबाट सञ्चालन हुन थालेको छ । हिजो प्रहरी प्रधान कार्यालय काठमाण्डौमा भएको कार्यक्रममा गृहमन्त्री रमेश लेखकले कक्षा सञ्चालनको शुभारम्भ गर्नुभयो । अनलाइन सचेतना कक्षा संचालनमा आएसँगै अब ट्राफिक प्रहरी कार्यालय पुगेर सचेतना कक्षा लिनुपर्ने बाध्यता हटेको छ । यो कक्षा नागरिक एपबाट लिन सकिने ट्राफिक प्रहरीले जनाएको छ ।
जाँडरक्सी खाएर गाडी चलाउने, तीव्र गतिमा...
सीमान्कृत समुदायको हितका लागि सहयोगी समूह गठन
दाङ , असार ३० । लुम्बिनी प्रदेशमा अल्पसंख्यक, सीमान्कृत र लोपोन्मुख समुदायहरूको हितका लागि प्रदेशस्तरीय सहयोगी समूहको गठन गरिएको छ। शनिबारदेखि सुरु भएको दुईदिने प्रदेश नीति सञ्जालको कार्यशाला गोष्ठीमा विभिन्न समितिका सदस्यहरू तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागितामा उक्त समूह निर्माण गरिएको हो।
यस सहयोगी समूहले राज्यको मूल प्रवाहमा पुग्न कठिनाइ भोगिरहेका समुदायहरूको पहुँच सुनिश्चित गर्न सहयोग पुर्याउने उद्देश्य राखेको छ।...
त्रिवेणी गाउँपालिका रोल्पाको वार्षिक सार्वजनिक सुनुवाई सम्पन्न
दाङ, २९ असार । त्रिवेणी गाउँपालिका रोल्पाले चालु आर्थिक वर्ष २०८१/०८२ को वार्षिक सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । कार्यक्रम जुँगारस्थित गाउँपालिकाको सभाहलमा सम्पन्न भएको हो ।
कार्यक्रम गाउँपालिका अध्यक्ष कर्ण बाँठाको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रम उपाध्यक्ष लेखमणि डाँगीसहित वडा अध्यक्षहरू, राजनीतिक दलका प्रतिनिधि, शिक्षक, पत्रकार, प्रहरी र आम नागरिक गरी करिब ९० जनाको सहभागिता रहेको थियो।
कार्यक्रममा वडा...
दाङमा सर्पको टोकाइबाट २२ महिनाका बालकको मृत्यु
दाङ, असार २९ दाङको तुलसीपुर उपमहानगरपालिका–१३ रनियापुरमा सर्पको टोकाइबाट २२ महिनाका बालकको ज्यान गएको छ। मृत्यु हुनेमा नुरज परियारका छोरा एनिस परियार रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सूर्य रानाले जानकारी दिए।
बालक दिउँसो करिब सवा ४ बजे घरमै खेलिरहेका बेला सर्पले बायाँ हातको हत्केलामा टोकेको थियो। घटनापछि तत्कालै परिवारले बालकलाई उपचारका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल लगेका...
केन्द्रीय कमिटीले विधान महाधिवेशनमा ७० वर्षे उमेर हद हटाउने प्रस्ताव लैजान्छ : महासचिव पोखरेल
काठमाडौं, २९ असार । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीको आगामी विधान महाधिवेशनमा ७० बर्षे उमेर हद हटाउने प्रस्ताव लैजाने बताउनुभयो ।
पार्टी केन्द्रीय विभागहरूको भेलालाई केन्द्रीय कार्यालय च्यासलमा आज सम्बोधन गर्दै महासचिव पोखरेलले पार्टीको केन्द्रीय कमिटी बैठकबाट स्थगित गरिएको ७० बर्षे उमेर हद विधान महाधिवेशनबाट अनुमोदन गराउनु केन्द्रीय कमिटीको दायित्व र कर्तव्य भएको स्पष्ट गर्नुभयो ।
महासचिव पोखरेलले विधानका कतिपय...
आदिकवि भानभक्त आचार्यको जन्मजयन्ती मनाइँदै
काठमाण्डौ, असार २९ । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२औं जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न ठाउँमा कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।
संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली नागरिकलाई ठूलो गुन लगाउनुभएको छ । उहाँले लेख्नुभएको रामायण अहिले पनि नेपालीहरूको घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ ।
पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गर्नुभएको नेपाललाई...
लुम्बिनी प्रदेशमा वर्षेनि घट्दै आन्तरिक उडान
घोराही, असार २९ । लुम्बिनी प्रदेशमा प्रत्येक वर्ष आन्तरिक हवाई उडानमा गिरावट आएको देखिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको तथ्यांक अनुसार पछिल्ला तीन वर्षमा आन्तरिक उडान र यात्रुको संख्या दुवै घट्दै गएको छ। प्रदेशभित्र भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसँगै बाँके, दाङ र गुल्मीमा एक/एक वटा गरी चारवटा विमानस्थल सञ्चालनमा छन्।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सन् २०२४ मा २९७ अन्तर्राष्ट्रिय उडानमार्फत...
राप्ती नदीमा झोलुङ्गे पुल निर्माण सुरु
दाङ, असार २९ । देउखुरीको राप्ती नदीमा झोलुङ्गे पुल निर्माण कार्य सुरु भएको छ। लमही नगरपालिका–९ अमिलिया र राजपुर गाउँपालिका–७ हाडबासलाई जोड्ने गरी पुल निर्माण थालिएको हो।
लुम्बिनी प्रदेश सरकारको एक करोड ९१ लाख ११ हजार तीन सय ४७ रुपैयाँ ६१ पैसाको लागतमा निर्माण हुँदै गरेको यो पुलको लम्बाइ २८६ मिटर हुनेछ। सडक पूर्वाधार विकास कार्यालय दाङका सूचना अधिकारी लीलाधर...
श्रावण १ देखि सुरु हुने शिव महापुराण तथा श्रीङ्गारिक महाआरतीको तयारी तीव्र
घोराही, असार २९ । घोराही उपमहानगरपालिका–१७ गुलरीयामा अवस्थित राधाकृष्ण तथा शिव–पार्वती मन्दिरमा श्रावण १ गतेदेखि एक महिनासम्म सञ्चालन हुने शिव महापुराण तथा श्रीङ्गारिक महाआरतीको तयारी तीव्र पारिएको छ।
कार्यक्रम तयारीको क्रममा आज २९ असार बिहान ४ बजेदेखि विभिन्न पतञ्जली केन्द्रहरूमा पुगेर निमन्त्रणा वितरणसहितका कार्यहरू व्यापक रूपमा अगाडि बढाइएको मन्दिर व्यवस्थापन समितिले जानकारी दिएको छ।
धार्मिक तथा सांस्कृतिक गतिविधिलाई प्रवर्द्धन गर्ने उद्देश्यले...
स्वास्थ्य विमा कार्यक्रम राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनिवार्य लागू गरिनुपर्छ : प्रियासन
-सविन प्रियासन
स्वास्थ्य सेवा हरेक नागरिकको आधारभूत अधिकार हो । यो अधिकार सुनिश्चित गर्न राज्यले विविध नीति, कार्यक्रम र अभियान सञ्चालन गर्दै आएको छ । तीमध्ये स्वास्थ्य बीमा कार्यक्रम विशेष महत्वको कार्यक्रम हो, जसले गरिब, मजदुर, विपन्न, असक्त र आम सर्वसाधारणलाई उपचारमा आर्थिक राहत दिलाउन सहयोग पु¥याउँछ । तर दुःखको कुरा, यो महत्वपूर्ण कार्यक्रम देशका धेरै ठाउँमा कार्यान्वयन भइरहँदा पनि...














