करेन्ट लगाएर माछा मर्दा ज्यान गयो

दाङ, १४ पुस । करेन्ट लगाएर माछा मार्ने क्रममा दाङमा एकजनाको मृत्युभएको छ भने दुईजना पक्राउ परेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १६ गनारीस्थित तल्लो ग्वारखोलामा इन्भर्टर र व्याट्री प्रयोग गरेर माछा मार्ने क्रममा करेन्ट लागेर तुलसीपुर ६ रजौराका ४४ बर्षीय अम्मर चौधरीको मृत्युभएको हो । चौधरीको घटना स्थलमै मृत्युभएको र उनीसँगै माछा मार्न गएका सोही ठाउँका ४५ बर्षीय पुष्कर...

चोरी मुद्दामा एकमहिना कारागार चलान

घोराही, १४ पुस । चोरी मुद्दामा जेल सजायसहित जरिवाना तोकिएका एकजनालाई दाङ प्रहरीले नियन्त्रणमा लिएको छ । बाँके जिल्ला अदालतले २०७३ असोज ९ गतेका दिन चोरी मुद्दामा एक महिना कैद र एक लाख १० हजार ३ सय रुपैयाँ जरिवना हुने ठहर भएका घोराही १८ फुर्सेखालीका रमण बुढामगरलाई दाङ प्रहरीले पक्राउ गरेको हो । चोरी पछि फरार रहेका बुढामगरलाई दाङ देउखुरी जिल्ला...

घाइते तिलालाई २० हजार सहयोग, पत्रकार नेपालीलाई पुरस्कार

घोराही, १४ पुस । घोराही उपमहानगरपालिका वडा नम्बर १५ मा रहेको सुपर टोल विकास संस्थाले सवारी दुर्घटनामा पर्नुभएकी घोराही ३ झिङ्नीकी तिला परियारलाई २० हजार रुपैयाँ सहयोग गरेको छ । टोल विकास संस्थाको शनिबार घोराहीमा आयोजित आठौँ अधिवेशन तथा १५ औँ साधारणसभामा परियारलाई २० हजार रुपैयाँ सहयोग गरेको हो । गत कार्तिक २१ गते सुपर टोलको उमेशमार्गमा भएको सवारी दुर्घटनामा...

टेम्पो तथा इरिक्साका चालकलाई प्रशिक्षण

घोराही, १४ पुस । घोराहीमा रहेका टेम्पो तथा इरिक्साका चालकहरुलाई ट्राफिक ज्ञानका बारेमा प्रशिक्षित गरिएको छ । टेम्पो तथा इरिक्सा चालकहरुले नै कार्यक्रमको आयोजना गरि प्रहरीले उनीहरुलाई आवस्यक ज्ञानका बारेमा प्रशिक्षण दिएको हो । टेम्पो तथा इरिक्सा संयुक्त व्यवस्थापन समितिको आयोजनामा घोराही उपमहानगरपालिका १५ भरतपुरमा भेला गरी चालकहरुलाई ट्राफिक प्रशिक्षण दिईएको हो । समितिका अध्यक्ष कोमल बस्नेतको अध्यक्षता तथा घोराही...

मुटुरोग अस्पताल स्थापना गर्न रोटरीले प्रक्रिया अघि बढाउने

घोराही, १४ पुस । रोटरी क्लब अफ दाङले घोराहीमा मुटु रोगको उपचारका लागि अस्पताल स्थापना गर्न प्रक्रियालाई अघि बढाउने निर्णय गरेको छ । क्लबको घोराहीमा बसेको नियमित बैठकले मुटु रोगका बिरामीहरुको उपचारका लागि क्याथ ल्याव स्थापनाको योजनालाई पारित गर्दै आवस्यक प्रक्रियाहरुलाई अघि बढाउने निर्णय गरेको हो । क्लबका अध्यक्ष डा. निरन्जन आचार्यको अध्यक्षतामा बसेको बैठकले मुटुरोगको उपचारका लागि अस्पताल स्थापना...

बेहोस अवस्थामा भटिएकाको मृत्यु

लमही, १३ पुस । दाङको लमही नगरपालिका ५ बसपार्कमा बेहोस अवस्थामा फेला परेका एकजनाको मृत्यु भएको छ । उनको सनाखत नभएको र तराई मुलको जस्तो देखिने पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । बेहोस अवस्थामा फेला परेका उनको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । मृतक केही वर्षदेखि लमही क्षेत्रमा मागेर खाने, बस्ने...

करेन्ट लागेर बसधनीको मृत्यु

घोराही, १३ पुस । दाङमा आज करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । घोराही उप महानगरपालिका ६ चैनपुरस्थित घोराहीबाट जन्द्रागाउँतर्फ जादै गरेको रा १ ख ४६८ नं. को बस रोकी सामान झार्ने क्रममा उक्त बसका धनी घोराही १७ बस्ने बर्ष २८ का शंकर चौधरी विजुलीको तारमा छोइनगई करेन्ट लागेर मृत्यु भएको हो । गम्भिर घाइते भएका चौधरीको उपचारको लागि...

घोराही १४ द्वारा पहिलो चौमासिकको सार्वजनिक सुनुवाई

घोराही, १३ पुस । घोराही उपमहानगरपालिका वडा नम्बर १४ ले शुक्रबार पहिलो चौमासीकमा गरेका कामहरुको बारेमा सार्वजनिक सुनुवाई गरेको छ । चालु आर्थिक बर्ष २०७५/७६ को प्रथम सार्वजनिक सुनुवाई गर्दै वडाबासीका सुझाब, गुनासा र प्रतिक्रियाहरु सुन्दै आफुहरुले गरेका कामहरुका बारेमा वडा कार्यालयले जानकारी दिएको छ । वडा कार्यालयले पहिलो चौमासिकमा गर्नु पर्ने कामहरु अन्तिम चरणमा पुर्‍याएको र वडा सदस्य तथा...

घोराहीमा प्रदेशस्तरीय पोल्ट्री महोत्सव

घोराही, १३ पुस । दाङको घोराहीमा आगामी माघ महिनामा ५ नम्बर प्रदेशस्तरीय प्रथम पोल्ट्री महोत्सव एवं प्रर्दशनी २०७५ हुने भएको छ । सुरक्षित कुखुरा तथा दाना व्यवसायी समिति घोराही दाङको आयोजनामा आगामी माघ १० देखि २० गतेसम्म पोल्ट्री महोत्सव एवं प्रर्दशनी हुने भएको हो । समितिले शुक्रबार घोराहीमा पत्रकार सम्मेलन गरी कुखुरापालन व्यवसायलाई प्रबद्र्धन गर्ने मुख्य उद्देश्यले महोत्सवको आयोजना गरिएको...

न्यायीक समितिद्वारा डेढसय मुद्दामा मिलापत्र

घोराही, १३ पुस । घोराही उपमहानगरपालिकाको न्यायीक समितिले बितेको १७ महिनामा झण्डै डेढसय मुद्दामा मेलमिलाप गराएको छ । न्यायीक समितिले शुक्रबार पत्रकार सम्मेलन गरी अहिलेसम्म न्याय सम्पादनमा गरेका कामहरुका बारेमा जानकारी दिएको हो । बितेको आर्थिक वर्षमा न्यायीक समितिका २ सय ५६ वटा विभिन्न प्रकृतिका मुद्दाहरु दर्ता भएकोमा १ सय ५ वटा मुद्दाको मिलापत्रबाट समाधान गरिएको समितिका संयोजक सीता सिग्देल...

ताजा समाचार