नेसंवि प्रध्यापक संघमा नयाँ नेतृत्व

दाङ, १३ पुस । नेपाल संस्कृत विश्वविद्यालय प्राध्यापक संघ जनता विद्यापीठ ईकाई समितिमा नयाँ नेतृत्व चयन भएको छ । शुक्रबार सम्पन्न निर्वाचनबाट तीनवर्षे कार्यकालका लागि निर्विरोध नयाँ समिति चयन भएको हो । सभापतिमा शिवप्रसाद न्यौपाने, उपसभापतिमा दुर्गालाल केसी, सचिवमा मोहनलाल पुलामी, उपसचिवमा पुरुषोत्तम आचार्य र कोषाध्यक्ष पर्शुराम चौधरी चयन हुनुभएको छ । सदस्यहरुमा इन्द्रजित सिंह, सुशीलकुमार आचार्य, ढुण्डिराज मरासिनी, रञ्जु...

बालबालिकाको संरक्षणका लागि पालिकाको भूमिका अपरिहार्य

चितवन, १२ पुस । युनिसेफ नेपालका बाल संरक्षण अधिकृत कामदेव खनालले बालबालिकाहरुको संरक्षणका लागि पालिकाहरुले विशेष योजनाका साथ अगाडि बढ्नुपर्ने बताउनुभएको छ । सिविस नेपालको आयोजनामा चितवनको सौराहामा सञ्चालित ‘घटना व्यवस्थापन, बालमैत्री सञ्चार सीप तथा मनोसामाजिक विमर्श’सम्बन्धी ७ दिने तालिमको समापनका अवसरमा बोल्दै खनालले हिंसा एवं जोखिममा परेका बालबालिकाहरुको संरक्षणका लागि हरेक पालिकाहरुले घटना व्यवस्थापक राखी उनीहरुलाई खटाउन जरुरी...

पुस्तकहरु उपहार दिएर जन्मदिन

दाङ, १२ पुस । घोराही उपमहानगरपालिका वडा नं. १६ सर्रास्थित ज्ञानमाला एकेडेमीका सहायक प्रिन्सिपल महेश बस्नेत र शिक्षिका एलिजा केसीले छोरी हिमानीको तेस्रो जन्मदिन विद्यालयलाई पुस्तकहरु उपहार दिएर मनाएका छन् । जन्मदिनमा अनावश्यक खर्च गर्नुको साटो पुस्तकालय निर्माणका लागि पुस्तक उपहार दिएको सहायक प्रिन्सिपल बस्नेतले जानकारी दिनुभयो । हिमानी पुस १२ गते १२ बजेर १२ मिनेटमा जन्मेकाले उक्त संयोग पारी...

“दरो घर, दिगो बस्ती” का लागि प्राविधिकलाई तालिम

घोराही, १२ पुस । दाङको घोराहीमा ईन्जिनियर तथा सब ईन्जिनियरका लागि ३ दिने भूकम्प प्रतिरोधात्मक घर डिजाइन तथा निर्माणसम्बन्धी आधारभूत तालिम दिइएको छ । तालिम घोराही उपमहानगरपालिका र भूकम्प प्रबिधि राष्ट्रिय समाज नेपाल (एनसेट)को “दरो घर, दिगो बस्ती” कार्यक्रम अन्तर्गत पुस ९ देखि ११ गतेसम्म दिइएको हो । तालिममा २७ जना सहभागीलाई प्रशिक्षण दिइएको छ । घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका,...

घोराही ५ मा समुदाय-प्रहरी वडा समिति गठन

घोराही, १२ पुस । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ५ मा समुदाय प्रहरी वडा समिति गठन गरिएको छ । वडा अध्यक्ष विष्णुमणि दाहाल संयोजक र अस्थायी प्रहरी चौकी धारपानीका प्रमुख प्रहरी सहायक निरिक्षक रामप्रसाद रोका सह संयोजक रहेको ३१ सदस्यीय समुदाय प्रहरी वडा समिति गठन भएको हो । उक्त वडा समितिमा स्थानीय समाजसेवी, गाउँका अगुवा,...

अल्छी शिक्षकलाई ठेगान लगाउँछौः नगर प्रमुख चौधरी

घोराही, १२ पुस । घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले विकासको आधार नै शिक्षा भएको बताउनुभएको छ । वडा नम्बर ९ मा रहेको नरदेवि माविको ६३ औँ बार्षिक उत्सव कार्यक्रममा बोल्दै नगर प्रमुख चौधरीले विकासको आधार नै शिक्षा भएको र शिक्षित व्यक्तिबाटै गुणस्तरीय विकास हुने बताउनुभएको हो । गुणस्तरीय र व्यावहारिक शिक्षा आजको आवस्यकता भएको भन्दै उहाँले व्यक्ति शिक्षित...

फोर्ड गाडी किन्ने युवराजलाई स्विजरल्याण्ड घुम्ने अवसर

घोराही, ३ पुस । फोर्ड गाडीको आधिकारिक बिक्रेता अटोमार्ट घोराहीबाट कार खरिद गरेका घोराही एक व्यवसायीलाई स्विजरल्याण्ड घुम्ने बम्पर उपहार परेको छ । घोराहीको मेनरोडमा रहेको अटोमार्टबाट फोर्ड इको स्पोर्टस कार खरिद गर्नुभएका घोराही न्यूरोडमा न्यू ज्योति बस्त्रालयका सञ्चालक युवराज पन्तलाई बम्पर उपहारस्वरुप स्विजरल्याण्ड घुम्ने अवसर प्राप्त भएको हो । २०७५ सालको दशैँतिहार बम्पर उपहार योजनामा पन्तलाई स्विजरल्याण्ड घुम्ने अवसर प्राप्त...

कुपोषित बालबालिका फर्काउँदै प्रतिष्ठान

घोराही, ३ पुस । दाङको घोराहीमा सञ्चालित पोषणगृह डाक्टरको आवास बनेपछि कुपोषित बालबालिकाहरु सेवा नपाएर फर्कन थालेका छन् । राप्ती उपक्षेत्रीय अस्पतालसँगै पोषणगृह पनि प्रतिष्ठानमा हस्तान्तरण भएको थियो । यसै सन्दर्भमा दाङका विभिन्न क्षेत्रका सरोकारवालाहरुले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई तत्काल पोषण पुनर्स्थापनागृह सञ्चालनमा ल्याउन आग्रह गरेका छन् । पोषणगृह स्थापना गर्ने नेपाल युथ फाउण्डेशन, नागरिक समाज, मानव अधिकारकर्मी र पत्रकारहरुको...

घोराहीबाट १४ बालश्रमिक उद्धार, पढाउने शर्तमा परिवारको जिम्मा

घोराही, २ पुस । घोराहीका विभिन्न पसल तथा उद्योगमा कार्यरत १४ जना बालश्रमिकको उद्धार गरी परिवारको जिम्मा लगाइएको छ । घोराही उपमहानगरपालिका र युनिसेफको सहयोगमा हिमालयन शान्ति तथा विकास अभियान हिप्डेक नेपालले उद्धार गरेका १४ जना श्रमिक बालबालिकालाई नगर प्रमुख नरुलाल चौधरीले आवस्यक शैक्षिक सामग्रीहरुसहित माला लगाएर परिवारको जिम्मा लगाउनुभएको हो । कामबाट उद्धार गरिएका बालबालिकाहरुलाई विद्यालय भर्ना गर्ने सहमतिअनुसार...

रामपुरको बुकामा निःशुल्क आँखा शिविर, ३२ जनामा मोतियाबिन्दु

घोराही, १ पुस । घोराही उपमहानगरपालिका वडा नम्बर १ को आयोजनामा शनिबार रामपुरको बुकामा निशुल्क आँखा जाँच तथा उपचार गरिएको छ । लमही आँखा अस्पतालको प्राबिधिक सहयोग र वडा कार्यालयको आयोजनामा एक दिने आँखा जाँच शिबिर सञ्चालन गरिएको हो । शिबिरमा १ सय ५३ जनाले आँखा जाँच तथा उपचार गराएका छन् । ति मध्य ३२ जनाको मोतिया बिन्दु र ५...

ताजा समाचार