“नवसृजना”को समीक्षा
घोराही, २८ मंसिर । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङको नियमित कृति समीक्षा कार्यक्रम शुक्रवार घोराहीमा सम्पन्न भयो ।
जिल्ला शाखा दाङका उपाध्यक्ष नगेन्द्र गुरुको अध्यक्षतामाा भएको १५९औँ श्रृङखलामा साहित्यकार तिला पन्थीको कृति ‘नव सिर्जना कविता संग्रह भाग–दुई’ को समीक्षा गरिएको थियो । कृतिको समीक्षा डा. लोकराज पराजुलीले गर्नुभएको थियो ।
शााखाका कोषाध्यक्ष गोपाल भुषाल अभिलाषीको स्वागत मन्तव्यवाट शुरु भएको कार्यक्रमा प्रलेशका केन्द्रिय उपाध्यक्ष पद्मप्रसाद...
घोराही १० को नयाँ भवन उद्घाटन
घोराही, २८ मंसिर । घोराही उपमहानगरपालिका वडा नम्बर १० को भवन निर्माण गरिएको छ । करिब ४५ लाख रुपैयाँको लागतमा निर्माण गरिएको भवनको शुक्रबार प्रदेशसभा सदस्य अमरबहादुर डाँगीले उद्घाटन गर्नुभएको छ ।
वडा अध्यक्ष चित्रबहादुर डाँगीको अध्यक्षता एवं प्रदेशसभा सदस्य अमबहादुर डाँगीको प्रमुख आतिथ्यता तथा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीको बिशिष्ट आतिथ्यतामा नवनिर्मित भवनको उद्घाटन गरिएको हो । भवनको ५...
प्रमुख जिल्ला अधिकारीलाई स्वागत
दाङ, २८ मंसिर । जिल्ला खेलकुद विकास समिति दाङले दाङका प्रमुख जिल्ला अधिकारी र अनुसन्धान विभाग दाङका प्रमुखलाई स्वागत तथा सम्मान गरेको छ ।
भर्खरै मात्र सरुवा भई प्रमुख जिल्ला अधिकारीका रुपमा कार्यभार समाल्नु भएका गोविन्दप्रसाद रिजाल र अनुसन्धान विभाग दाङका प्रमुख टेकप्रसाद तिमिल्सेनालाई स्वागत तथा सम्मान गरेको हो । स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी रिजालले दाङमा हुने बृहत्त...
इन्जिनियरहरुको प्रदेश तथा केन्द्रको निर्वाचन हुँदै
दाङ, २७ मंसिर । नेपाल इन्जिनियर्स एसोसियसनको ३२औं कार्यकारिणी केन्द्र र प्रदेशको निर्वाचन भोलि हुने भएको छ । नेपाल इन्जिरनियर्स एसोसियसन दाङ शाखाले घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरी यस्तो जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा जिल्ला अध्यक्ष अनन्तराज घिमिरेले प्रदेश र केन्द्रको समिति चयन गर्नका लागि निर्वाचन हुन थालेको जानकारी दिनुभयो । जसका लागि देशभर १३ स्थानमा निर्वाचनस्थल राखिएको छ । जसमा प्रदेश नं. ५...
बाल विवाह न्यूनीकरणसम्बन्धी अभिमुखीकरण
तुलसीपुर, २७ मंसिर । दंगीशरण गाउँपालिकामा रहेको वीरेन्द्र माविका विद्यार्थीलाई बाल विवाह न्यूनीकरणका लागि अभिमुखीकरण बिहीबार सम्पन्न भएको छ । गाउँपालिकालाई बाल बिबाह बालविवाह मुक्त बनाउने अभियानका साथ अभिमुखीकरण गरिएको हो ।
गाउँपालिकाको महिला तथा बालबालिका शाखाको विद्यालयमा अध्ययनरत कक्षा ९ र १० का छात्रछात्राहरुलाई बाल बिबाह न्यूनीकरणसम्बन्धी प्रशिक्षण दिएको हो । “शिक्षित छोरीको शिक्षित विचार, समानतामूलक समाजको आधार” भन्ने मूल नाराका साथ गाउँपालिकाको आयोजना...
जिससद्वारा पेश्की फछ्यौटमा कडाइ
दाङ, २६ मंसिर । जिल्ला समन्वय समिति दाङले पेश्की फछ्यौट कार्यमा कडाइ गर्ने भएको छ । जिल्ला समन्वय समितिमा विभिन्न संघसंस्था, उपभोक्ता समिति र व्यक्तिको नाममा रहेको पेश्की हालसम्म पनि फछ्यौट नभएको भन्दै समितिले यस्तो निर्णय गरेको हो । बुधवार बसेको जिल्ला समन्वय समिति दाङको बैठकले तत्काल सूचना प्रकाशित गरेर पेश्की फछ्यौट गर्न आउन अनुरोध गर्ने निर्णय गरेको छ ।
सूचना...
बुढा मगरको सम्झनामा श्रद्धाञ्जलीसभा
घोराही, २५ मंसिर । नेकपाका नेता तथा घोराही उपमहानगरपालिका—१६ का वडाध्यक्ष स्वर्गीय लछिनप्रसाद बुढा मगरको सम्झनामा मंगलबार श्रद्धाञ्जलीसभा सम्पन्न भएको छ । तेह्रौ पुण्यतिथिका अवसरमा नेकपा घोराही नगर कमिटीको आयोजनामा श्रद्धाञ्जलीसभा सम्पन्न भएको हो ।
बुढा मगरको सम्झनामा घोराही—१३ डुम्बर गाउँमा स्थापना गरिएको बिसौनीमा कार्यक्रमको आयोजना गरिएको हो । नेकपाका नेता राममणि पाण्डेयको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य भागवत बिश्वासी, गोकुल...
ज्ञानमालामा मानवअधिकार शिक्षा
महेश बस्नेत
घोराही, २५ मंसिर । हरेक वर्ष झैं यस वर्ष पनि डिसेम्बर १० तारिख अर्थात् सोमबार विश्वभर अन्तराष्ट्रिय मानवअधिकार दिवस भव्य रुपमा मनाइएको छ । मानव अधिकारको संरक्षण र प्रवद्र्धनका लागि विश्वव्यापी रुपमा कार्यरत अन्तराष्ट्रिय गैरसकारी संस्था एम्नेस्टी इन्टरनेशनलले घोराही १६ सर्रास्थित ज्ञानमाला एकेडेमीमा मंगलबार एकदिने मानव अधिकार शिक्षा कार्यशाला सम्पन्न गरेको छ ।
एम्नेस्टी इन्टरनेशनल अग्राशन युथ नेटवर्क घोराही दाङको...
सचेतना र कानुन बुझाउँदै हिंसाविरुद्धको दिवस समापन
घोराही, २४ मंसिर । घोराही उपमहानगरपालिकाले लैंगिक हिंसाविरुद्धको १६ दिवसीय अभियानमा विभिन्न सेचतनामूलक कार्यक्रम गरी समापन गरेको छ । दिवसका अवसरमा घोराही उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखाको आयोजनामा भएका विभिन्न सचेतनामूलक कार्यक्रमहरु गर्दै अभियानको समापन गरिएको हो ।
दिवसका अवसरमा हिंसालाई रोक्न गर्नुपर्ने पहल, परिवर्तन गर्नुपर्ने सोच, बुझ्नुपर्ने कानुनका बारेमा वडास्तरबाट जनप्रतिनिधि, सहकारी संस्थामा आबद्ध पदाधिकारी, आमा समूह,...
मगर संघको अध्यक्षमा पुन निर्वाचित
घोराही, २४ मंसिर । नेपाल मगर संघ दाङको दशौं अधिवेशनले खलुप्रसाद पुनमगरको अध्यक्षतामा २१ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ । शनिवार र आइतवार भएको जिल्ला अधिवेशनमा अध्यक्ष र सचिव बाहेक सवै पदाधिकारी, सदस्यहरु सर्वसम्मत चयन गरिएको हो तर अध्यक्ष र सचिवमा भने निर्वाचन भएको थियो ।
जसअनुसार अध्यक्षमा खलुप्रसाद पुन, मुख्य उपाध्यक्षमा डिल्लीबहादुर घर्ती, उपाध्यक्षमा चित्रा घर्ती, सचिवमा मुक्त...












