बेलघारीमा जेसीजद्वारा पुस्तकालय हस्तान्तरण
घोराही, २४ मंसिर । त्रिभुवननर जेसीजले आज अम्बिकेश्वरी आधारभूत विद्यालय बेलघारीमा यज्ञबहादुर बुढाथोकी स्मृति पुस्तकालय हस्तान्तरण गरेको छ ।
त्रिभुवननगर जेसिज र यज्ञबहादुर बुढाथोकीका छोरा मनोज बुढाथोकीको संयुक्त पहलमा पुस्तकालय स्थापना गरी हस्तान्तरण गरिएको हो । त्रिभुवननगर जेसिजसले दराज र पुस्तकसहित ६० हजार बराबरको सामग्री हस्तान्तरण गरेको छ भने बुढाथोकीले विद्यालयको नाममा ५५ हजारको अक्षयकोष स्थापना गरिदिनुभएको छ । अक्षयकोषबाट...
घोराहीबाट १४ बाल श्रमिकको तत्काल उद्धार गर्ने तयारी
घोराही, २४ मंसिर । घोराहीका विभिन्न स्थानमा रहेका १४ जना बालश्रमिकलाई तत्काल उद्धार गरिने भएको छ । हिमालयन शान्ति तथा विकास अभियान (हिप्डेक) नेपालले घोराही उपमहानगरपालिका र युनिसेफको सहयोगमा १४ जना बालश्रमिकको उद्धार गर्ने भएको हो ।
नगरस्तरीय बाल श्रमिक उद्धार समितिको सोमबार घोराहीमा बसेको बैठकले घोराहीका विभिन्न पसल र उद्योगमा कार्यरत १४ जना बालकहरुलाई उद्धार गर्ने निर्णय गरेको हो...
मानवअधिकार सुरक्षित नभएको प्रति चिन्ता
घोराही, २४ मंसिर । देशमा आमूल परिवर्तन भए पनि मानवअधिकार अझै सुरक्षित हुन नसकेको प्रति दाङमा चिन्ता व्यक्त गरिएको छ । ७० औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा मानव अधिकार सञ्जाल दाङको आयोजना र ओरेक नेपालको सहयोगमा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले मानवअधिकार सुरक्षित नभएको भन्दै चिन्ता व्यक्त गरेका हुन् ।
अहिले पनि स्वतन्त्ररुपले हिँड्नसक्ने अवस्था नरहेको, हत्या, हिंसा, बलात्कार, कुटपिट, गाली...
नेपाल प्राध्यापक संघमा आचार्य
घोराही, २२ मंसिर । नेपाल प्राध्यापक संघ महेन्द्र बहुमुखी क्याम्पस इकाईको शनिवार सम्पन्न १५औँ अधिवेशनबाट श्यामकुमार आचार्य सर्वसम्मत सभापतिमा चयन हुनुभएको छ । संघको उपाध्यक्षमा समीरमणि गौतम, सचिवमा राजेन्द्र रेग्मी र कोषाध्यक्षमा अम्बिकाप्रसाद डाँगी चयन हुनुभएको छ ।
संघको सदस्यहरुमा किशोर पोख्रेल, सुमन घिमिरे, यम डाँगी, कुलबीर चौधरी र हरि रावत चयन हुनुभएको छ । यस्तै केन्द्रीय प्रतिनिधिमा श्याम आचार्य, धनेश्वर पौडेल, प्रकाश श्रेष्ठ,...
रेडक्रस घोराहीमा पुनः चौधरी
घोराही, २२ मंसिर । नेपाल रेडक्रस सोसाइटी घोराही उपशाखा दाङको आठौं उपशाखा सभा तथा अधिवेशनले थम्मन चौधरीलाई नै पुनः सभापतिमा चयन गरेको छ । शनिवार घोराहीमा भएको अधिवेशनले समितिका अन्य सदस्यहरुमा निशान्त आचार्य, इन्द्र बुढाथोकी, पदमप्रसाद पौडेल, कृष्णप्रसाद रिजाल, खगेश्वर पौडेल, प्रदीप मजगैयाँ, चिरञ्जीवी बुढाथोकी, हरिकला गिरी र उषा सुवेदीलाई चयन गरेको हो ।
शाखा अध्यक्ष चौधरीको अध्यक्षता तथा प्रदेशसभा...
पितृसत्तावादी सोंच लैंगिक हिंसाको कारकः शर्मा
शिवराज पन्थी
गढवा, २२ मंसिर । चाहे महिला होस, चाहे पुरुष नै नेपाली समाजको परम्परागत संस्कार र पितृसत्तात्मक सोंच नै लैंगिक हिंसाको कारक भएकोे संघीय मामिला तथा प्रदेश कानूनका सभापति तथा प्रदेश नं. ५ का सांसद दामा शर्माले बताउनुभएको छ । नेपाली समाजका महिला तथा पुरुष र लैंगिक अल्पसंख्यक अधिकांश मानिसहरुको परम्परादेखिको चिन्तन, संस्कार, सोंच र मानसिकताभित्र पितृसत्ताको जरो रहिरहेको...
रेडियो मध्यपश्चिमको १४औँ साधारणसभा सम्पन्न
घोराही, २२ मंसिर । दाङ सूचना तथा सञ्चार सहकारी संस्थाद्वारा सञ्चालित रेडियो मध्यपश्चिम एफएम ९१ थोप्लो ४ मेगाहर्जले आज आफ्नो १४ औँ वार्षिक साधारणसभा तथा अधिवेशन गरेको छ । रेडियो सञ्चालक समितिका अध्यक्ष माधवप्रसाद शर्माको अध्यक्षता एवं संस्थाका संस्थापक अध्यक्ष नारायणप्रसाद शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा संस्थाका सचिव सुदर्शन रिजालले प्रगति प्रतिवेदन र कोषाध्यक्ष शारदा शर्माले आर्थिक...
आपराधिक कार्यमा संलग्न भएको अभियोगमा ६ जना पक्राउ
घोराही, २२ मंसिर । दाङमा प्रहरीले विभिन्न आपराधिक कार्यमा संलग्न भएको अभियोगमा फरार रहेका ६ जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय दाङले जारी गरेको विज्ञप्तिमा ज्यान मार्ने उद्योग, बैंकिङ कसुर, डाँकाचोरी र लुटपाट मुद्दाका ६ जना अभियुक्तहरुलाई नियन्त्रणमा लिएको उल्लेख छ ।
२०७४ साल जेठ ११ गतेदेखि फरार रहेका ज्यान मार्ने उद्योगका प्रतिवादी घोराही ७ सुकवारीका २४ वर्षीय नेकबहादुर...
घोराहीमा तेस्रो साना शहरी खानेपानीको उद्घाटन
घोराही, २१ मंसिर । घोराहीमा तेस्रो साना शहरी खानेपानी तथा सरसफाई आयोजनाको शुभारम्भ गरिएको छ । घोराही उपमहानगरपालिका वडा नं. १७ लाई लक्षित गरेर सो आयोजनाको शुभारम्भ गरिएको हो । प्रतिनिधि सभाका सभामुख कृष्णहादुर महराले उक्त आयोजनाको शुभारम्भ गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै सभामुुख महराले दाङमा पानीको आपूर्तिका लागि रोल्पाको माडी नदीलाई डाइभर्सन गरेर ल्याउने योजना रहेको बताउनुभएको थियो । घोराही उपमहानगरपालिका १७ गुलरियामा निर्माण...
महिला क्रिकेटरहरुबीच घोराहीमा अभ्यास खेल
घोराही, २१ मंसिर । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई मध्यनजर गरी दाङको घोराहीमा मैत्रीपूर्ण महिला क्रिकेट प्रतियोगिता सुरु भएको छ । दाङ क्रिकेट संघको आयोजनामा शुक्रबारदेखि घोराही उपमहानगरपालिका वडा नम्बर १७ स्थित गुलरिया खेल मैदानमा महिला क्रिकेट प्रतियोगिताको अभ्यास खेल सुरु भएको हो ।
दाङका महिला क्रिकेट खेलाडी र कपिलवस्तु निर्भाना क्रिकेट एकेडेमीका खेलाडीहरु प्रतियोगितामा सहभागी भएका छन् । राष्ट्रिय प्रतियोगितामा...














