वडा अध्यक्षको स्मृतिमा शोकसभा

घोराही, २१ मंसिर । घोराही उपमहानगरपालिका वडा नम्बर १६ का अध्यक्ष लछिनप्रसाद बुढाको निधन भएको नवौँ दिनमा शोकसभा गरिएको छ । वडा कार्यालयको आयोजनामा अध्यक्ष बुढाको निधन भएको शोकमा नवौँ दिनको तिथिमा शोक तथा श्रद्धाञ्जलीसभा गरिएको हो । वडाका कार्यवहाक अध्यक्ष जगतबहादुर श्रेष्ठको अध्यक्षता एवं घोराही उपमहानगरपालिकाका उपप्रमुख सीता सिग्देल न्यौपानेको प्रमुख आतिथ्यता एवं नेकपाका नेता सुरामणि बेल्बासेको विशिष्ट आतिथ्यतामा...

व्यावसायिक सुरक्षामा ध्यान दिने प्रतिबद्धता

तुलसीपुर, १९ मंसिर । प्रदेश नम्बर ५ का प्रहरी प्रमुख डिआइजी पिताम्बर अधिकारीले व्यावसायिक सुरक्षामा ध्यान दिने प्रतिबद्धता जनाउनुभएको छ । बुधबार तुलसीपुर उद्योग वाणिज्य सङ्घले आयोजना गरेको स्वागत तथा भेटघाटका क्रममा डिआइजी अधिकारीले राज्यको प्रमुख आयश्रोत र लगानी गर्ने उद्योगी व्यवसायीहरुको सुरक्षा र व्यावसायिक सुरक्षालाई नेपाल प्रहरीले उच्च प्राथमिकतामा राखेको बताउनुभयो । तुलसीपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष वीरबहादुर रावतको अध्यक्षतामा भएको कार्यक्रममा...

बुढाको सम्झनामा शोकसभा

घोराही, १९ मंसिर । घोराही-१५ स्थित जानकी टोल विकास संस्थाका सल्लाहकार तथा घोराही-१६ का वडा अध्यक्ष स्व. लछिनप्रसाद बुढाको सातौँ दिन बुधबार शोकसभा सम्पन्न भएको छ । टोल विकास संस्थाका अध्यक्ष रञ्जित वलीको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा संस्थाका सल्लाहकार एवं नेपाली काँग्रेस क्षेत्र नम्बर ३ का सभापति भूपबहादुर डाँगी, सल्लाहकार तथा घोराही-५ का वडा अध्यक्ष विष्णुमणि दाहाल, १५ का वडा अध्यक्ष...

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

गढवा, १९ मंसिर । मंगलबार राती गढवा गाउँपालिकाको शान्तिपुरमा रा ३ प ३६२७ नम्बरको मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ । गढवा ७ शान्तिपुरस्थित कल्भर्टबाट मोटरसाइकल खस्दा त्यसमा सवार तीनजनामध्ये एकजनाको मृन्यु भएको हो । मृत्यु हुनेमा गढवा ७ मानपुरका २० वर्षीय दिनेश चौधरी रहेका छन् । निजको लमही अस्पतालमा उपचारकै क्रममा मृत्यु...

गाँजासहित एक बृद्ध पक्राउ

दाङ, १९ मंसिर । अवैध लागुऔषध गाँजासहित एक बृद्ध पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार दाङको दंगीशरण गाउँपालिका वडा नं.७ बस्ने ६४ वर्षीय अम्मरबहादुर कुवँर लागुऔषध गाँजासहित पक्राउ परेका हुन् । कुवँरले अवैध रुपमा गाँजा भण्डारण तथा बिक्री गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनको घरमा खानतलासी गरेको थियो । प्रहरी टोलीले उनको घरबाट पहेँलो रंगको प्लाष्टिकको...

तुलसीपुरका कार्यालय प्रमुखहरुलाई अफिसर्स क्लवमा स्वागत

तुलसीपुर, १९ मङ्सिर । अफिसर्स क्लब तुलसीपुरले आज विभिन्न कार्यालयमा सरुवा भएर आउनुभएका प्रमुखहरुलाई स्वागत गरेको छ। आज स्वागत गरिनेहरुमा उच्च सरकारी वकिल कार्यालय तुलसीपुरका प्रमुख खडानन्द गौतम, राप्ती अञ्चल अस्पतालका प्रमुख डा. सर्वेश शर्मा, इलाका प्रशासन कार्यालय तुलसीपुरका प्रमुख श्रीधर टण्डन, नापी कार्यालय तुलसीपुरका प्रमुख शरद आचार्य, नेपाख खाद्य संस्थानका प्रमुख माधव मिश्र रहनुभएको छ। त्यसैगरी सशस्त्र बेस क्याम्पका प्रमुख...

दंगीशरणको वडास्तरमा समुदाय-प्रहरी समिति

दाङ, १८ मंसिर । समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत मंगलबार दंगीशरण गाउँपालिका—६ मा समुदाय—प्रहरी वडा समिति गठन गरिएको छ । वडामा समुदायमा प्रहरी र समुदायबीचको सहकार्य सकारात्मक रुपले अगाडि बढाउने उद्देश्यले समुह गठन गरिएको हो । वडाध्यक्ष टंक वलीको संयोजकत्वमा १३ सदस्यीय समिति गठन गरिएको छ । जसको सह—संयोजकमा बागर प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक जोरासिंह अधिकारी रहनुभएको छ । सदस्य सचिवमा वडा सचिव देवबहादुर डाँगी,...

योग शिक्षक तालिम शुरु

घोराही, १८ मंसिर । पतञ्जली योग समिति दाङको आयोजनामा १५ दिने योग प्रशिक्षक तालिम तुलसीपुर–८ कृष्ण मन्दिरमा शुरु भएको छ । उद्घाटन कार्यक्रममा बोल्ने बक्ताहरुले योगका माध्यमबाट अनुशासित, नैतिकवान्, निरोगी समाज निर्माण गर्न सकिने बताएका छन् । पतञ्जली योग समिति दाङका अध्यक्ष उदयबहादुर डाँगीको अध्यक्षतामा तालिम उद्घाटन गरिएको थियो । कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका आठका अध्यक्ष बेदबहादुर केसी, पतञ्जली योग समिति प्रदेश संयोजक प्रेम शाहको...

प्रकोपजन्य रोग नियन्त्रण गर्न घोराहीमा रेपिड रेस्पोन्स टिम गठन

घोराही, १८ मंसिर । घोराही उपमहानगरपालिकामा महामारी रोग तथा प्रकोपजन्य रोगहरुको निवारणका लागि तत्काल सुनुवाई गर्न रेपिड रेस्पोन्स टिम गठन गरिएको छ । उपमहानगरको स्वास्थ्य शाखाले मंगलबार एक कार्यक्रमको आयोजना गरी जनस्वास्थ्य प्रवर्द्धन समितिका संयोजक खोपीराम चौधरीको संयोजकत्वमा ११ सदस्यीय रेपिड रेस्पोन्स टिम गठन गरेको हो । समितिको सदस्यहरुमा कार्यपालिका सदस्य टोपाकुमारी पौडेल, माया रावत, स्वास्थ्य शाखा प्रमुख कुमारसिंह डाँगी,...

अंग्रेजीमा पोख्त बनाउन शिक्षकलाई तालिम

घोराही, १८ मंसिर । अंग्रेजी माध्यमको पढाइलाई प्रभावकारी बनाउन घोराही उपमहानगरपालिकाले शिक्षकहरुलाई ५ दिने तालिम दिएको छ । नगरका ३० वटा विद्यालयका अंग्रेजी पढाउने शिक्षकहरुलाई उपमहानगरको शिक्षा महाशाखाले अंग्रेजी बोल्ने, विद्यार्थीलाई पढाउने र सिकाउने विषयमा तालिम दिएको हो । तालिमको समापन गर्दै नगर प्रमुख नरुलाल चौधरीले शैक्षिक विकास विना अन्य विकास असम्भव हुने बताउनुभयो । गुणस्तरीय शिक्षाले नै दक्ष र...

ताजा समाचार