रोटरीले दियो विद्यालयमा फिल्टर

घोराही, १६ पुस । रोटरी क्लब अफ दाङले घोराहीको एक विद्यालयमा खानेपानीको फिल्टर उपलब्ध गराएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १८ फुर्सेखालीमा रहेको प्रावि गिठेपानीमा रोटरीले खानेपानीको फिल्टर उपहारस्वरुप उपलब्ध गराएको हो ।रोटरी क्लब अफ दाङका अध्यक्ष डा. निरन्जन आचार्य, पूर्व अध्यक्षहरु सनत श्रेष्ठ, तीर्थ सन्तोषी र कार्यक्रम संयोजक प्रदीप सुवेदीले उक्त फिल्टर विद्यालयका प्रधानाध्यापक लोकराज सुवेदीलाई हस्तान्तरण...

शान्ति कायम र विकास साझा दायित्व

घोराही, १५ पुस । शान्ति सुरक्षा कायम गर्न साझा दायित्वको आवस्यक पर्नेमा एक कार्यक्रमका वक्ताहरुले निष्कर्ष निकालेका छन् । जिल्ला प्रहरी कार्यालय दाङले आज घोराहीमा गरेको समुदाय प्रहरी साझेदारी अन्तर्गत शान्तिपूर्ण एवं सुरक्षित समाज निर्माणका लागि सार्वजनिक सुनुवाईमा बोल्ने बक्ताहरुले शान्ति र विकासमा साझा बुझाई हुन आवस्यक रहेको औँल्याएका हुन् । शान्ति र विकास एक अर्काको परिपुरक भएको भन्दै सहभागीहरुले...

निजी विद्यालयको शैक्षिक शुल्क व्यावहारिक छैनः मुख्यमन्त्री

घोराही, १५ पुस । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले संस्थागत विद्यालयमा देखिएको शैक्षिक शुल्क व्यावहारिक नभएको बताउनुभएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल दाङको १४ औँ जिल्ला अधिवेशनको आज घोराहीमा उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलेले महंगो शुल्क लिने विद्यालयको शैक्षिक गुणस्तर कमजोर देखिएको बताउनुभयो । केहि संस्थागत विद्यालयले विद्यार्थीबाट चर्को शुल्क असुलेको भन्दै महंगो शुल्क...

घोराहीका मेयर चौधरीलाई मातृशोक

घोराही, १५ पुस । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीलाई मातृशोक परेको छ । घोराही उपमहानगरपालिका वडा नम्बर २ सुर्केडाँगी निबासी ९० बर्षिया झुविया चौधरीको आइतबार बिहान घरमै निधन भएको हो । दिवंगत चौधरी केही समयदेखि रक्तचापको समस्यामा रहनुभएको थियो । यसैविच घोराही उपमहानगरपालिकाले नगर प्रमुख नरुलाल चौधरीको आमाको निधनप्रति दुःख व्यक्त गरेको छ । उपप्रमुख सीता सिग्देल न्यौपाने र प्रवक्ता...

कृषि फर्ममै कक्षा

लक्ष्मी के‍सी नारायणपुर, १५ पुस । सिद्ध रत्ननाथ माध्यमिक विद्यालय नारायणपुरका कक्षा ७ मा अध्ययनरत विद्यार्थीहरु आधुनिक कृषि कसरी गर्न सकिन्छ भनी अध्ययन गर्न कृषकको फर्ममा  नै पुगेका छन् । पेशा ब्यबसाय तथा प्रबिधि बिषयको आधुनिक कृषि प्रणालीबारे जानकारी दिन घोराही १० मा रहेको शिव शक्ति कृषि फर्ममा उनीहरुलाइ लगिएको शिक्षक निशा गौतमले बताउनुभयो । कक्षा कोठामा सैद्धान्तिक सिकाइ मात्र हुने ...

नगर प्रमुख चौधरीलाई मातृशोक

घोराही, १५ पुस । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीलाई मातृशोक परेको छ । घोराही उपमहानगरपालिका वडा नम्बर २ सुर्केडाँगी निबासी ९० बर्षिया झुविया चौधरीको आज बिहान घरमै निधन भएको हो । दिवंगत चौधरी केही समय देखि रक्तचापको समस्यामा रहनुभएका थियो । उहाँको आजै बबई नदीको चेपेखोला घाटमा अन्तिम दाहासंस्कार गर्ने परिवारले जनाएको छ । यसैबीच घोराही उप महानगरपालिकाले नगर प्रमुख नरुलाल...

बराहक्षेत्र विकासका लागि सबैको पहल आवश्यक

घोराही, १४ पुस । घोराही उपमहानगरपालिकाको धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा रहेको बाह्रकुनेको विकासका लागि सवैको पहल र प्रयत्न हुनुपर्ने धारणा त्यहाँ आयोजित कार्यक्रमका बक्ताहरुले बताएका छन् । बराह क्षेत्र संरक्षण तथा सम्वद्र्धन धार्मिक समितिको शनिबार आयोजना गरिएको दशौं साधारणसभामा बोल्नेहरुले यस्तो धारणा राखेका हुन् । नेपालमै प्रख्यात धार्मिक क्षेत्रका रुपमा रहेर पनि ओझेलमा पारिएको भन्दै बाह्रकुनेको विकासका लागि राज्यको...

स्टार बचतको साधारणसभा सम्पन्न

घोराही, १४ पुस । घोराही उपमहानगरपालिका वडा नं. १५ मा रहेको स्टार बचत तथा ऋण सहकारी संस्थाको १२ औं साधारणसभा शनिबार बाह्रकुनेमा सम्पन्न भयो । संस्थाका अध्यक्ष पिताम्वर शर्माको अध्यक्षतामा भएको साधारणसभाको उद्घाटन घोराही उपमहानगरपालिका वडा नंं. १५ का अध्यक्ष रमेशकुमार पाण्डेले गर्नुभएको थियो । उक्त अवसरमा बोल्नेहरुले सहकारीका संचालकहरुले सामाजिक उत्तरदायित्व निर्वाह गर्ने बारेमा पनि ध्यान दिनुपर्ने बताएका थिए...

अन्तरस्कुल हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

दाङ, १४ पुस । रोटरी क्लब अफ तुलसीपुर सिटी र रोट्रयाक्ट क्लब अफ तुलसीपुरको संयुक्त आयोजनामा अन्तरस्कुल हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । तुलसीपुरका ६ वटा स्कुलहरुका बीचमा उक्त प्रतियोगिता सम्पन्न भएको हो । माध्यमिक तहका विद्यार्थीहरुलाई रोटरी सम्बन्धी ज्ञान अभिबृद्धि गर्ने र सामान्य ज्ञानमा आधारित बौद्धिक ज्ञानको स्तर मापन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको कार्यक्रम संयोजक रोटरी क्लब अफ...

चुरोटबाट सल्केको आगोमा जलेर बृद्धको मृत्यु

घोराही, १४ पुस । दाङमा आगलागीमा परेर एक बृद्धको मृत्युभएको छ । बबई गाउँपालिका वडा नम्बर ६ पातुखोलाका ७० बर्षीय डिल्ली बोटेको शनिबार मध्यान्न आगोमा जलेर मृत्युभएको हो । घरकै ओछ्यानमा चुरोट खाएर सुतेको र सोही चुरोटबाट आगो सल्किदा बोटेको जलेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । घटना लगत्तै इलाका प्रहरी कार्यालय खिलतपुरबाट गएको प्रहरी टोली...

ताजा समाचार