सामूहिक च्याउ खेतीमा दङाली महिलाहरु
दाङ, २८ कार्तिक । घोराही उपमहानगरपालिका वडा नम्वर ६ पक्वैका महिलाहरुले सामुहिक च्याउ खेती सुरु गरेका छन् । उनीहरुले एफ्वान साना किसान कृषक समूह गठन गरी सामुहिक रुपमा च्याउ खेती सुरु गरेका हुन् ।
आयस्तर बृद्धिसँगै स्वरोजगार बन्ने उद्देश्यले च्याउ खेती थालिएको हो । समूको एक लाख ९३ हजार सात सय ३७ रुपैयाँ र कृषि विकास मन्त्रालयअन्तर्गत साना तथा मझौला कृषक...
देउसी खेलेर गाउँका सडकमा बत्ती
हापुरे , २८ कार्तिक । बबई गाउँपालिका वडा नं. ३ स्थित सचेतना युवा क्लबले देउसी भैलोबाट संकलित रकमले धनुवास गाउँको सडकमा बत्ती जडान गरेको छ ।
क्लबले देउसी भैलोबाट संकलित रकमलाई सामाजिक कार्यमा लगाएर समाजको विकाससँगै सकारात्मक सन्देश फैलाउन सडकको पोलमा बत्ती जडान गरेको जनाएको छ । देउसी भैलो खेलेर समाजबाट जम्मा गरेको पैसा समाजको हितका लागि नै खर्च गर्ने...
विकास निर्माणलाई प्रभावकारी बनाइने
दाङ, २८ कार्तिक । जिल्ला अनुगमन समन्वय समितिले विकास निर्माण कामको प्रभावकारी रुपमा अनुगमन गर्ने भएको छ । अनुगमन समन्वय समितिको बुधबार बसेको बैठकले इआए र आइएभएका खोला/नदीमा ठेक्का नलागेसम्म स्थानीय तहले कार्यपालिकाबाट निर्णय गराएर नियमअनुसारको राजश्व लिएर विकास निर्माणको कामको लागि आवश्यक पर्ने नदीजन्य पदार्थ ओसारपसार गर्ने निर्णय गरेको छ ।
बैठकले बिहान ७ बजेदेखि साझँ ५ बजेसम्म ओसारपसार गर्नसक्ने समयसम्म...
उदाउँदो सूर्यलाई अर्घ दिँदै छठको समापन
दाङ, २८ कार्तिक । छठ पर्वको अन्तिम दिन बुधबार उदाउँदो सूर्यको पूजाआजा तथा अर्घ दिएर आफ्नो ब्रत तोडेका छन् । उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व पनि समापन भएको छ ।
सूर्यको पूजा र उपासनाको यो पर्व कार्तिक शुक्ल चतुर्थीदेखि सुरु भएको थियो । महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा सो गुप्तवास सफल होस् भनी सूर्यदेवको पूजा उपासना गरिएको र सोही...
रातो रङले रङ्गिदाका दुःख
लक्ष्मी केसी
मलाई मन पर्ने रंग रातो । त्यही रातो रंगले म महिनामा पाँच दिन रंगिन हुन्छु तर ती पाँच दिन मेरा लागि कठिन बन्छन् । म भान्सा कोठामा गई परिवारसँगै बसी खाना खान सक्दिन, बुवासँग बस्न पाउँदिन, मन लागेको काम गर्न पाउँदिन । उता नजाऊ, यता नआऊ छोइन्छ । यस्तै यस्तै शब्दले यी पाँच दिन किन आउँछन् जस्तो लाग्छ...
टिप्परको ठक्करबाट दाङमा एकजनाको मृत्यु
घोराही, २७ कार्तिक । दाङको घोराहीमा टिप्परको ठक्करबाट एकजनाको घटनास्थलमै मृत्यु भएको छ । घोराही तुलसीपुर सडकखण्डको रावतगाउँ चोक नजिकै मंगलबार दिउँसो टिप्परले मोटरसाईकललाई ठक्कर दिँदा घोराही उपमहानगरपालिका १६ सानीअम्बापुर निबासी ४२ बर्षिय तेजबहादुर खत्रीको घटनास्थलमै मृत्यु भएको हो ।
घोराहीबाट सर्रातर्फ जाँदै गरेको रा ३ प ८०८२ नम्बरको मोटरसाईकललाई रा १ क ५८२ नम्बरको टिप्परले पछाडीबाट ठक्कर दिएको थियो ।...
भैलो खेलेर पौने ३ लाख सकंलन, संकलित रकमबाट भवन निर्माण र अक्षयकोष स्थापना गरिने
घोराही, २६ कार्तिक । प्रेस युनियन दाङले यस वर्षको तिहारमा भैलो खेरेर पौने तीन लाख रुपैयाँ संकलन गरेको छ । भवन निर्माण र अक्षयकोष स्थापनार्थ खेलिएको भैलोबाट २ लाख ७३ हजार रुपैयाँ दानस्वरुप संकलन भएको युनियन दाङका अध्यक्ष सन्तोष सुवेदीले जानकारी दिनुभयो ।
लमही नगर विकास समितिले दिएको जग्गामा भवन निर्माणको थालनाी गर्ने र १ लाख बराबरको अक्षयकोष स्थापना गर्ने सोच...
तीन दिनपछि उठ्यो शव, मृतकका परिवारलाई साढे ६ लाख दिइने
हापुरे, २६ कार्तिक । दाङको बबई गाउँपालिका ५ बबरपुरमा बसको ठक्करबाट मृत्युभएका व्यक्तिका परिवारलाई साढे ६ लाख रुपैयाँ दिने सहमति भएसँगै तीन दिनपछि परिवारले शव उठाएका छन् । स्थानीय जनप्रतिनिधि, प्रहरी प्रशासन, नागरिक समाज, यातायात व्यवसायी, मानवअधिकारकर्मी र पीडित परिवारबीच आज भएको छलफल पश्चात सहमति जुटेपछि परिवारले शव उठाएका हुन् ।
पुरन्धारा झरनाबाट पिकनिक खाएर तुलसीपुरतर्फ आउँदै गरेको राप्ती यातायात...
छातिमा सरियाले छेडेकी तिला उपचार पछि घर फर्किइन्
घोराही, २६ कार्तिक । दुर्घटनामा परी छाती सरियाले छेडेपछि उपचार गराइरहनुभएकी घोराही उपमहानगरपालिका ३ झिङ्नीकी तिला परियारलाई अस्पतालले डिस्चार्ज गरेको छ । गएको असोज २१ गते घोराहीको शहीद उमेशमार्गमा मोटरसाइकलले ठक्कर दिँदा उछिट्टिएर ट्याक्टरमा लोड परिएको सरियामा पर्दा परियारको छातीबाट ३ वटा सरिया ढाडबाट निस्किएको थियो ।
दर्दनाक दुर्घटनामा घाइते भएकी ३८ वर्षीया परियारको शरीरबाट २५ घण्टापछि शिक्षण अस्पताल काठमाडौंमा...
कामै नगरी सकियो विशेष समितिको समय
दाङ, २६ कार्तिक । प्रदेश नं. ५ को नाम र स्थायी राजधानी तोक्न प्रदेश सभाबाट गठित विशेष समितिको तीन महिने अवधि कुनै उपलब्धि विना नै सकिएको छ । प्रदेशको नाम र राजधानी सिफारिस गर्ने गरी तीन महिना समय तोकिए पनि कार्यविधिसमेत पारित नगरी समितिको समय सकिएको हो ।
गत साउन २४ मा प्रदेश सभाले १५ सदस्यीय विशेष समिति गठन गरेको थियो ।...












