अंग्रेजीमा पोख्त बनाउन शिक्षकलाई तालिम

घोराही, १८ मंसिर । अंग्रेजी माध्यमको पढाइलाई प्रभावकारी बनाउन घोराही उपमहानगरपालिकाले शिक्षकहरुलाई ५ दिने तालिम दिएको छ । नगरका ३० वटा विद्यालयका अंग्रेजी पढाउने शिक्षकहरुलाई उपमहानगरको शिक्षा महाशाखाले अंग्रेजी बोल्ने, विद्यार्थीलाई पढाउने र सिकाउने विषयमा तालिम दिएको हो । तालिमको समापन गर्दै नगर प्रमुख नरुलाल चौधरीले शैक्षिक विकास विना अन्य विकास असम्भव हुने बताउनुभयो । गुणस्तरीय शिक्षाले नै दक्ष र...

घोराही ८ ढिकपुरलाई ९ मा गाभ्न संघ सरकारमा सिफारिस

घोराही, १८ मंसिर । पाँच नम्बर प्रदेश सरकारले घोराही उपमहानगरपालिका वडा नम्बर ८ र ९ को सीमा हेरफेरका लागि संघीय सरकारमा सिफारिस गर्ने निर्णय गरेको छ । वडा नम्बर ८ को ढिकपुरका स्थानीयहरुले आफूहरु वडा नम्बर ९ मा गाभिन चाहेको निवेदन वडा हुँदै उपमहानगरपालिकामा बुझाएपछि उपमहानगरले उक्त पत्र प्रदेश सरकारमा पठाएको थियो । प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले ढिकपुर गाउँलाई वडा...

योजनालाई गुणस्तरीय बनाउन नगर प्रमुखको आग्रह

घोराही, १८ मंसिर । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले आफ्नै सम्पत्ती ठानेर विकास निर्माणका योजनालाई अघि बढाउन उपभोक्ता समितिलाई आग्रह गर्नुभएको छ । वडा नम्बर १४ ले आज आयोजना गरेको निर्माण उपभोक्ता निर्माण समिति गठन र विकास निर्माणसम्बन्धी तालिममा बोल्दै नगर प्रमुख चौधरीले सरकारी सम्पत्तीलाई आफ्नो नठानेसम्म दिगो विकास हुन नसक्ने बताउनुभयो । वडा र नगरका सबै योजनाहरु जनतालाई सम्बृद्धिसँग...

घोराही ९ को आन्द्राभरैया शहरी स्वास्थ्य केन्द्रको भवन उद्घाटन

घोराही, १८ मंसिर । घोराही उपमहानगरपालिका वडा नम्बर ९ को आन्द्राभरैयामा निर्मित शहरी स्वास्थ्य केन्द्रको उद्घाटन गरिएको छ । वडा अध्यक्ष मानबहादुर बस्नेतको अध्यक्षतामा एक कार्यक्रम गरी घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले रिबन काटेर भवनको उद्घाटन गर्नुभएको हो । उपमहानगरको ११ लाख र स्थानीयको ५७ हजार ८ सय ९४ रुपैयाँ गरी ११ लाख ५७ हजार ८ सय ९४ रुपैयाँको लागतमा...

स्वास्थ्यको डिभिजन कार्यालय दाङमा

घोराही, १७ मंसिर । दाङलगायत तीन जिल्ला हेर्ने गरी प्रदेश सरकारको मातहतमा रहेको स्वास्थ्य कार्यालयको स्थापना घोराहीमा गरिएको छ । पाँच नम्बर प्रदेशको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य निर्देशनालयअन्तर्गत रहनेगरी साविकको जनस्वास्थ्य कार्यालयमा सोमबार स्वास्थ्य कार्यालयको स्थापना गरिएको हो । दाङसहित अर्घाखाँची र कपिलवस्तु गरी तीन जिल्लामा कार्यक्षेत्र रहेको स्वास्थ्य कार्यालयको सोमबार प्रदेश सांसद अमरबहादुर डाँगीले उद्घाटन गर्नुभएको हो । कार्यालयको उद्घाटन गर्दै प्रदेश सांसद...

अपांगता भएकालाई विशेष अवसरको खाँचो

घोराही, १७ मंसिर । अपांगता भएकाहरुलाई अन्य व्यक्तिको तुलनामा विशेष अवसर दिनुपर्ने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । उनीहरुको पनि सम्मानपूर्वक पेशा, व्यवसाय गरेर बाँच्न पाउने अधिकार भएको हुँदा राज्यले अपांगता भएकाहरुको रोजगार सुनिश्चितताको लागि विशेष योजना ल्याउनुपर्ने सहभागीहरुको माग थियो । २७ औँ अन्तर्राष्ट्रिय अपांगता दिवसको अवसरमा अपांग मानव अधिकार एवम् सरोकार मञ्चले आयोजना गरेको अपांगता भएकाहरुको सवाल विषयक...

पत्नी हत्याको कसुरमा जन्मकैद

घोराही, १७ मंसिर । ३४ वर्षीया पत्नी हत्याको कसुरमा घोराही उपमनपा–१७ का ४५ वर्षीय ऋषिराम चौधरीलाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ । जिल्ला न्यायाधिस ईश्वरीप्रसाद गौतमको इजलासले चौधरीलाई दोषी ठहर गर्दै जन्मकैद गर्ने फैसला गरेको हो । जन्मकैद भनिए पनि चौधरीले २० वर्ष कैद भुक्तान गर्नु पर्नेछ । चौधरीले ३४ वर्षीया पत्नी सरिता चौधरीलाई गत असार ३० गते कुटपिट...

टेक्टरको ठक्करबाट पत्रकार भण्डारी घाइते

घोराही, १७ मंसिर । तुलसीपुर–घोराही सडकखण्डअन्तर्गत अम्राइमा टेक्टरको ठक्करबाट पत्रकार अमर क्षितिज भण्डारी घाइते हुनुभएको छ । सोमबार दिउँसो तेघरास्थित घरबाट घोराही आउने क्रममा रा २ प ६३५९ मोटरसाइकलमा सवार भण्डारीलाई रा १ त १९८० नम्बरको टेक्टरले ठक्कर दिँदा देब्रे काँधमा गम्भीर चोट लागेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानमा उपचार हुन नसकेपछि भण्डारीलाई थप उपचारका लागि राप्ती...

राप्तीका जनप्रतिनिधिलाई अभिमुखीकरण तालिम

तीर्थराज ज्ञवाली दाङ, १६ मंंसिर । राप्ती गाउँपालिकामा जनप्रतिनिधिलाई अभिमुखीकरण तालिम दिइएको छ । राप्ती गाउँपालिकाको आयोजनामा चलिरहेको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत आइतवार राप्ती गाउँपालिकाका ९ वटै वडा तथा गाउँपालिकाका जनप्रतिनिधि, निगरानी समूहलगायतका लागि एकदिने लैङ्गिक हिंसाविरुद्धको अभिमुखीकरण तालिम दिइएको हो । 'लैङ्गिक हिंसा र दुर्व्यवहारः छैन हामीलाई स्वीकार' भन्ने मुल नाराका साथ राप्ती गाउँपालिकाको आयोजनामा राप्ती गाउँपालिका क्षेत्रमा...

व्यवसायी घर्तीको घोराहीमा शव यात्रा, हत्यापछिका दृष्य र उब्जिएका प्रश्न (तस्विरसहित)

घोराही, १६ मंसिर । गत शुक्रबार बेलुका चक्कु प्रहारबाट हत्या गरिएका घोराहीका हार्डवेयर व्यवसायी नन्दबहादुर घर्तीमगरको शव यात्रा निकालिएको छ । शवको आइतबार पोष्टमार्टमपछि गाडीमा राखेर घोराही बजार परिक्रमा गरिएको छ ।राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट शवयात्रा निकाली मेनरोड, तुलसीपुरचोक, न्युरोड, दामोदरचोक, मिलनचोक, नयाँ बसपार्क, नेपाल मगर संघको कार्यालय, पसल सञ्चालन गर्दै आएको स्थान माथिल्लो सेवार पुल हुँदै सेवार खोलामा...

ताजा समाचार