अब पेन्सनपट्टा धिताे राखेर ऋण

दाङ, ९ मंसिर । भूतपूर्व प्रहरीहरुले पेन्सनपट्टा धितो राखेर ऋण पाउने भएका छन् । माछापुच्छ्रे बैंकसँग शनिबार घोराहीमा भएको दुईपक्षीय छलफलमा यस्तो सहमति भएको हो । बैकसँग आधिकारिक निर्णयको लागि संगठनका केन्द्रीय अध्यक्ष बसन्तराज कुवँर र बैंकका केन्द्रीय सुरक्षा प्रमुख यावद खनालसमेत दाङ आएकाे पूर्व प्रहरी संगठन दाङका अध्यक्ष रोबरबहादुर बस्नेतले बताउनुभयाे । बैंकले प्रतिपेन्सनपट्टा तीन लाख रुपैयाँ दिने निर्णय गरेको छ ।...

लैङ्गिक हिंसाविरुद्धकाे १६ दिने अभियान सुरु

दाङ, ९ मंसिर । अन्तर्राष्ट्रिय अभियानको रूपमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजबाट देशभर सुरु भएको छ । सरकारले सात प्रदेश, ७७ जिल्ला समन्वय समिति, ७५३ स्थानीय तह, सबै वडा र विभिन्न सङघ संस्थालाई यो अभियानलाई दिवसको रूपमा मनाउन आह्वान गरेको छ । वि.सं. २०५४ सालदेखि लैङ्गिक हिंसाविरुद्ध सचेतनामूलक कार्यक्रम गरी अभियान मनाउने गरिएको थियो । महिला तथा बालबालिकाको मानव अधिकारको...

भैलोको दानबाट ‘अंग्रेजी’

दाङ, ९ मसिर । तिहारमा भैलो खेलेर जम्मा गरेको दानले अभिभावकले ‘अंग्रेजी माध्यममा’ कक्षा चलाउने भएका छन् । घोराही उपमहानगरपालिका १९ राल्वाङका अभिभावकले तिहारमा भैलो खेलेर जम्मा गरेको दानले गाउँको प्राथमिक विद्यालय काउलीचौरमा अंग्रेजी माध्यमबाट कक्षा चलाउने भएका हुन् । भैलो खेलेर अभिभावकले १ लाख ४७ हजार ५ सय ३५ रुपैयाँ जम्मा गरेका थिए । जम्मा भएको रकम विद्यालयमा अंग्रेजी...

मंसिर १५ गते घोराहीमा म्याराथन प्रतियोगिता

दाङ, ७ मंसिर । त्रिभुवननगर जेसीजले हाफ म्याराथनको आयोजना गर्न लागेको छ । म्याराथनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा थप उचाइ दिने उद्देश्यका साथ मंसिर १५ गते म्याराथनको आयोजना गर्न लागेको जेसीजका अध्यक्ष लालमणि भण्डारीले जानकारी दिनुभयो । त्रिभुवननगर जेसीज समग्र युवाहरुको व्यक्तित्व तथा नेतृत्व विकासमा लागि परेको बताउँदै अध्यक्ष भण्डारीले पुरुष, महिला, बालबालिका, प्रौढ विधामा २१ किमिको हाफ म्याराथन आयोजना...

सार्वजनिक सेवा प्रभावकारी बनाउन अनुगमन समिति

घोराही, ७ मंसिर । सार्वजनिक सेवाको प्रभावकारीताका लागि ८ सदस्यीय अनुगमन समिति गठन गरिएको छ । शिक्षा, स्वास्थ्य, कृषि र जोखिम न्यूनीकरणको क्षेत्रमा काम गर्ने गैरसरकारी संस्थाहरुको साझा मञ्च हेड कोलिशनको घोराहीमा बसेको बैठकले सार्वजनिक सेवाको प्रभावकारीताका लागि अनुगमन गर्न समिति गठन गरेको हो । समितिमा नेपाल रेडक्रस सोसाइटीका थम्मन चौधरी, इन्सेकका जे.एन.सागर, मानव कल्याण तथा वातावरण केन्द्रका प्रदीप मजगैयाँ,...

घोराही १६ मा कम्प्युटरमार्फत व्यक्तिगत घटना दर्ता शुरु

घोराही, ४ मंसिर । घोराही उपमहानगरपालिका वडा नम्बर १६ ले व्यक्तिगत घटना दर्तालाई कम्प्युटरमार्फत अनलाइन प्रणालीमा लगेको छ । वडा कार्यालयले मंगलबार दुईजना बच्चाहरुको जन्मदर्ता कम्प्युटरमार्फत अनलाइन प्रणालीमा गरिदिएको हो । भिसन वली र दीपा वलीको जन्मदर्तालाई अनलाइनमार्फत गरिएको हो । सो जन्मदर्ताको प्रमाणपत्र नगर प्रमुख नरुलाल चौधरीले उनीहरुका अभिभावकलाई हस्तान्तरण गरी व्यक्तिगत घटना दर्तालाई कम्प्युटरमार्फत गर्ने कार्यको थालनी भएको हो । वडाका कार्यबहाक अध्यक्ष जगतबहादुर...

सा‌ंसद केसीको क्षेत्र विकास योजना सार्वजनिकः सिचाई‌‌मा डेढ करोड

घोराही, ४ मंसिर । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम दाङ क्षेत्र नं. ३ मा सिचाई योजनालाई प्राथमिकता दिइएको छ । कृषि उत्पादन क्षेत्र मानिने क्षेत्र नं. ३ मा सिचाईका लागि कुल एक करोड ६० लाख रुपैयाँ विनियोजन गरिएको हो । त्यस्तै सडक निर्माण तथा विस्तारमा एक करोड विनियोजन गरिएको छ भने शिक्षामा ७० लाख, विभिन्न भवन निर्माणमा ४५ लाख र...

अब घोराही उपमहानगरमा फोहरबाट ग्याँस

घोराही, ३ मंसिर । घोराही उपमहानगरपालिकाले फोहोरबाट ग्याँस उत्पादनका लागि निजी कम्पनीलाई जिम्मा दिएको छ । एक वर्षभित्रै ग्याँस उत्पादन गर्नेगरी घोराही उपमहानगरपालिकाले नेपाल ऊर्जा विकास कम्पनी प्रालीलाई २० वर्षसम्म जिम्मा दिएको हो । दुई वर्ष लामो गृहकार्यपछि घोराही उपमहानगरपालिका, बैकल्पीक उर्जा प्रवर्द्धन केन्द्र ललितपुर र नेपाल ऊर्जा विकास कम्पनी प्राली काठमाडौँबीच आज त्रिपक्षीय सम्झौतापत्रमा समेत हस्ताक्षर भएको छ ।...

घोराही वडा नं. १ र २ मा बालमैत्रीका लागि अन्तर्क्रिया

घोराही, २ मङ्सिर । बालमैत्री घोषणाका लागि अघि बढेको घोराही उपमहानगरपालिकाका वडा नं. १ र २ का अभिभावक र बालबालिकाले एउटै मञ्चमा उपस्थित भई छलफल गरेका छन् । घोराही उपमहानगरपालिका र युनिसेफको सहयोगमा हिमालयन शान्ति तथा विकास अभियान (हिप्डेक) नेपालद्वारा आयोजित अभिभावक र बालबालिकासँगको छलफल कार्यक्रममा उनीहरुले वडालाई बालमैत्री घोषणा गर्ने अभियानमा आफूहरु सक्रियतापूर्वक लाग्ने प्रतिबद्धतासमेत जनाएका छन् । छलफलका...

गुणस्तर सुधारका लागि गाउँपालिकाको अनुगमन

घोराही, २ मङ्सिर । शैक्षिक गुणस्तर सुधारका लागि राप्ती गाउँपालिकाले विद्यालयको अनुगमन थालेको छ । गाउँपालिकाले आज शंकर माध्यामिक विद्यालय पिपरी र नुतन प्रावि सिङ्गेको अनुगमन गरेको छ। विद्यालयको शैक्षिक अवस्था, व्यवस्थापकीय पक्षको आधारमा प्रधानाध्यापकको र विद्यार्थिको शैक्षिक क्षमताअनुसार विषयगत शिक्षकको मूल्याङ्कन गर्नका लागि गाउँपालिकाले अनुगमन गर्दै आएको राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसालले जानकारी दिनुभयो । प्रमुख प्रशासकीय...

ताजा समाचार