भूमिका खोज्दै घोराहीका बालक्लब
घोराही, १२ मङ्सिर । घोराही उपमहानगरपालिकाका वडाहरुमा गठित बालक्लबले क्रियाशीलताका लागि आफ्नो भूमिका खोज्न थालेका छन् । उपमहानगरपालिकाले यसै वर्षदेखि हरेक वडामा समुदायमा बाल क्लब गठनलाई अनिवार्य गराएपछि गठन गरिएका बाल क्लबहरुले संरचनामा मात्र नभएर आफूहरुको सक्रियताका लागि सहयोग गर्न अभिभावक, समुदाय एवं वडालाई आग्रह गरेका हुन् ।
हिमालयन शान्ति तथा विकास अभियान (हिप्डेक) नेपालले उपमहानगरका वडाहरुमा गरेको बालबालिका र...
तीन दिनपछि फेला पर्यो तालमा डुबेका युवकको शव
घोराही, १२ मङ्सिर । घोराही उपमहानगरपालिका १७ गुलरियास्थित कृत्रिम जलाशयमा डुबेका युवाको शव तीन दिनपछि फेला परेको छ । आइतबार ४ बजे पौडी खेल्ने क्रममा डुबेर बेपता भएका घोराही १५ निवासी १८ वर्षीय लक्ष्मण डिसीको शव बुधबार बिहान साढे ८ बजेतिर फेला प्रहरीले जनाएको छ ।खोजीका लागि चितवनबाट गोताखोरको टोली दाङ आए पनि हिजो दिनभरको प्रयास सफल हुन सकेको...
अध्यक्षको तलबबाट वडाका सबै विद्यालयमा सेनेटरी प्याड
घोराही, ११ मङ्सिर । घोराही उपमहानगरपालिका वडा नं. २ का अध्यक्ष केशव आचार्यले आफ्नो वडाअन्तर्गतका हरेक विद्यालयमा व्यक्तिगत खर्चमा छात्राहरुका लागि सेनेटरी प्याडको व्यवस्था गर्ने घोषणा गर्नुभएको छ । आचार्यले २ नं. वडा अन्तर्गतका ८ वटा सरकारी तथा २ वटा निजी विद्यालयका प्रधानाध्यापक र स्वास्थ्य विषयका शिक्षकहरुसँगको बैठकमा आफ्नो जन्मदिनका अवसरमा उक्त घोषणा गर्नुभएको हो ।
अध्यक्ष आचार्यले महिनावारीका समयमा...
हमाल महासंघको सल्लाहकारमा चयन
दाङ, १० मंसिर । राप्ती अञ्चल सार्वजनिक यातायात व्यावसायी समितिका अध्यक्ष सुरेश हमाल नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघको सल्लाहकारमा चयन हुनुभएको छ ।
दुई दशकदेखि निरन्तर यातायात क्षेत्रमा क्रियाशील हमाल यातायात महासंघमा चार अवधिसम्म विभिन्न पदहरुमा बसेर काम गरिसक्नुभएको छ । महासंघको सोमवार बसेको केन्द्रीय कार्यसमितिको बैठकले हमाललाई सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको महासचिव सरोज सिटौलाले जानकारी दिनुभयो ।
पत्रकार महासंघ दाङले स्थापना दिवस मनाउने
घोराही, १० मंसिर । नेपाल पत्रकार महासंघ दाङले आगामी पुस १ गते देखि ४ गतेसम्म २६ औं स्थापना दिवस तथा साधारणसभाको अवसरमा विभिन्न कार्यक्रम गर्ने भएको छ ।
महासंघ दाङको सोमबार घोराहीमा बसेको बैठकले स्थापना दिवस तथा साधारणसभाको अवसरमा सञ्चारकर्मीहरुलाई विभिन्न पुरस्कार तथा सम्मान प्रदान गर्ने निर्णय गरेको छ । जसका लागि प्रतिभा छनोट गर्न अध्यक्ष सविन प्रियासनको संयोजकत्वमा महासंघका निर्वतमान केन्द्रीय...
आवधिक योजना मस्यौदाः प्रदेश र जनताको समृद्धिको आधार
घोराही, १० मंसिर । पाँच नम्वर प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले प्रदेश र जनताको समृद्धिका लागि अध्यावधिक योजना निर्माण गर्न लागिएको बताउनुभएको छ । प्रदेश योजना आयोगले तयार गरेको २०७५ देखि ०८१ सम्मको अध्यावधिक योजनाको मस्यौदामाथि सोमबार घोराहीमा आयोजित सरोकारवालाहरुको सुझाव संकलन कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोख्रेलले सही योजनाले मात्रै उचित र दिगो विकास सम्भव हुने बताउनु भएको हो ।
'सही...
विद्यालय अनुगमनः शैक्षिक गुणस्तरमा सुधार ल्याउन निर्देशन
घोराही, ९ मंसिर । घोराही उपमहानगरपालिकाले शैक्षिक सुधारका लागि अनुगमनलाई जारी राखेको छ । उपमहानगरको सामाजिक विकास समितिले आइतबार वडा नम्बर ३ र ४ मा रहेका दुईवटा विद्यालयको अनुगमन गरेको छ । वडा नम्बर ३ मा रहेको मावि झिङनी बन्जाडी र वडा नम्बर ४ मा रहेको मावि गोग्लीको अनुगमन गरेको हो ।
सामाजिक विकास समितिका संयोजक भरतमणि आर्यालको नेतृत्वमा शिक्षा...
समृद्धिको लागि उद्योगः जिसस प्रमुख नेपाली
दाङ, ९ मंसिर । जिल्ला समन्वय समिति दाङका प्रमुख जितेन्द्रमान नेपालीले समृद्धिको आधार उद्योग भएको बताउनुभएकाे छ । उद्योग स्थापनाले रोजगारी र जिल्लाको विकास दुवैमा टेवा पुग्ने बताउँदै उहाँले दाङमा अब उद्योगको विकास गर्न जरुरी भएको बताउनुभयो ।
‘जिल्लाको समृद्धिको आधार उद्योगको विकास हो’ घरेलु तथा साना उद्योग कार्यालयले आइतवार गरेको तेस्रो उद्योग दिवसलाई सम्वोधन गर्दै प्रमुख नेपालीले भन्नुभयो ‘नागरिकको...
रोटरीद्वारा १२ कोठे बाथरुम विद्यालयलाई उपहार
घोराही, ९ मंसिर । रोटरी क्लव अफ दाङले तुलसीपुर उपमहानगरपालिका १७ वनकट्टीमा रहेको शहीद स्मृति आवासीय माध्यामिक विद्यालयमा १२ वटा छात्रामैत्री बाथरुम निर्माण गरिदिएको छ । रोटरी क्लब अफ दाङले विभिन्न संस्था र व्यक्तिहरुबाट सहयोग जुटाएर करिब ११ लाख रुपैयाँको लागतमा १२ कोठे छात्रामैत्री बाथरुम निर्माण गरिदिएको हो ।
जेनिक रेड, एन्थोनी हर्नसक्यास्टलको मुख्य सहयोग, रोटरी क्लब धनगढी, रोटरी क्लब...
याैन दुर्व्यवहारमा मनाेसामाजिक सहयाेग
सुशीला अाचार्य
हातमा एफोर साइजको पेपर । पेपरमा पेन्सीलले फूलका आकार बनाउन कोशिस गरिएका चित्रहरु लिँदै मुस्कुराउने अनुहार । जुन अनुहार देखेर लागेको थकाइ समेत मेटिने । बालिका नमस्ते मेडम भन्दै मेरो अघि दौडिँदै आउँछिन् । शायद मलाई नै कुर्दै थिइन् । मैले पनि म बस्ने कोठालाई देखाउँदै उनलाई बोलाएँ । म भित्र पुग्दा नपुग्दै मेरो पछि पछि उनी पनि नजिकै बस्न आइपुगिन् ।
उनको बारेमा मैले...













