रोल्पाबाट तीनजना बालकको उद्धार
भुवन के.सी.
रोल्पा, १३ मंसिर । रोल्पाबाट ३ बालकको उद्धार गरिएको छ । राजधानीका इँट्टा भट्टामा लैजाँदै गरेका ती बालकलाई प्रहरीले जिल्लाको सिम्पानी र निगालपानीबाट उद्धार गरेको हो ।
उद्धार कार्यमा त्रिवेणी गाउँपालिकाले विशेष पहल थालेको हो । दाङ हुँदै राजधानी लैजाँदै गरेको अवस्थामा त्रिबेणी गाउँपालिकाको सिम्पानी र निगालपानीबाट प्रहरी परिचालित गरेर बालकको उद्धार गरेको अध्यक्ष शान्तकुमार वलीले बताउनुभयो ।
गाउँपालिकाका अध्यक्ष वलीले गाउँपालिकाबाट बालबालिकालाई जिल्ला बाहिर...
घोराहीमा हार्डवेयर व्यवसायीको हत्या
घोराही, १३ मंसिर । दाङको घोराहीमा बिहीबार बेलुका एकजना हार्डवेयर व्यवसायीको हत्या भएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १३ लामीडाँडाको दूधेसोतामा रोल्पा माडी गाउँपालिका ६ कोर्चाबाङ स्थायी घर भएका ४६ वर्षीय नन्दबहादुर घर्तीमगरको छुरा प्रहार गरी हत्या भएको हो ।
घर्तीलाई गम्भीर घाइते अवस्थामा स्थानीयले फेला पारेपछि अस्पताल पुर्याइएको प्रहरीले जनाएको छ । घटनास्थलबाट प्रहरीले घर्तीको शरीरमा प्रहार भएको...
जनमोर्चाले सांगठनिक अभियान चलाउने
घोराही, १३ मंसिर । राष्ट्रिय जनमोर्चा दाङले आगामी पुस र माघ महिना भरी दुईमहिने साङ्गठानिक अभियान सञ्चालन गर्ने भएको छ । जिल्ला समिति दाङ देउखुरीको बुधबार बसेको बैठकले अभियान संचालन गर्ने निर्णय गरेको हो ।
जिल्ला अध्यक्ष गणेश आचार्यको अध्यक्षतामा भएको बैठकले पार्टीले सञ्चालन गरेको घरदैलो तथा सदस्यता अभियानको समीक्षा गर्दै त्यो दौरानमा सदस्यता लिएका सबैलाई संगठित गर्ने योजनाका साथ अभियान सञ्चालन गर्ने...
नेकपाको ५ नं. प्रदेश कमिटी चयन
दाङ, १३ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले सातै प्रदेश कमिटीका सदस्यको नाम टुङ्गो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको बैठकले सातै प्रदेश कमिटी एकीकरणको टुङ्गो लगाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । बैठकले यसअघि नै प्रदेश कमिटीका अध्यक्ष, सचिव, इञ्चार्ज र सहइञ्चार्ज तोकिसकेको छ ।
यस्तै अब नेकपाले केन्द्रीय समितिका सदस्यको कार्यविभाजन, जनवर्गीय सङ्गठनको एकीकरण र जिल्ला समितिका मुख्य...
विव्यसको अनुमति विना वनभोज तथा पिकनिक जान रोक
घोराही, १३ मङ्सिर । घोराही उपमहानगरपालिका वडा नं. २ स्थित जनता माध्यमिक विद्यालय बुकामा अबदेखि वनभोज तथा भ्रमण जानका लागि विद्यालय व्यवस्थापन समितिको अनुमति लिनु पर्ने भएको छ । विद्यार्थीहरु पढाइ छोडेर जथाभावी घुम्न जाने क्रम बढेको भन्ने अभिभावकको गुनासो आएपछि विद्यालयमा भएको अभिभावकहरुको भेलाले यस्तो निर्णय गरेको हो ।
अभिभावक भेलामा बोल्दै प्रमुख अतिथि एवं घोराही उपमहानगरपालिका वडा नं....
वडा अध्यक्ष बुढाको अन्त्येष्टि, शोकमा कामकाज बन्द
घोराही, १३ मंसिर । घोराही उपमहानगरपालिका वडा नं. १६ का अध्यक्ष लछिनप्रसाद बुढामगरको निधन भएको छ । उहाँको बिहीवार विहान ३ बजेतिर ५० वर्षको उमेरमा निधन भएको हो । उहाँको धार्मिक परम्पराअनुसार शंखेपिपल घाटमा अन्त्येष्टि गरिएको छ । जण्डिसका बिरामी बुढाको भारतको नयाँ दिल्लीस्थित मेदान्त हस्पिटलमा उपचार गरी घर फर्किदै गर्दा बाटोमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ...
लैंगिक हिंसा अन्त्य गर्न महिलाहरु नै सक्रिय हुनुपर्ने
दाङ, १२ मंसिर । बबई गाउँपालिका उपाध्यक्ष एवं न्यायिक समिति संयोजक साबित्रा बिश्वकर्माले लैंगिक हिंसा अन्त्य गर्न महिलाहरु नै सक्रिय हुनुपर्ने बताउनुभएको छ । लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत बुधबार बबई गाउँपलिकाको गंगटेमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष बिश्वकर्माले यस्तो बताउनुभएको हो ।
उहाँले लैंगिक हिंसाको अन्त्यका लागि सबैभन्दा पहिला आफू सचेत रहे परिवारलाई लैंगिक हिंसाबारे स्पष्ट पार्न सकिने र लैंगिक...
त्रिभुवननगर जेसीजद्वारा हाफ म्याराथन आयोजना
घोराही, १२ मंसिर । त्रिभुवननगर जेसीजको आयोजनामा हाफ म्याराथन प्रतियोगिता हुने भएको छ । यही मंसिर १५ गते हुने प्रतियोगिताको आज पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको हो । पत्रकार सम्मेलनमा प्रतियोगिता १५ गते शनिवार विहान ८ बजे हुने जेसीजका अध्यक्ष लालमणि भण्डारीले जानकारी दिनुभयो । म्याराथन प्रतियोगिता २१ किलोमिटरको रहने छ । बालबालिकाको लागि भने ५ किलोमिटरको दूरी...
डाँगीको निधनप्रति नगर प्रमुखद्वारा दुःख व्यक्त
घोराही, १२ मंसिर । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले घोराही १७ गुलरिया स्थित जलाशयमा डुबेर घोराही १५ का लक्ष्मण डिसीको निधन भएको प्रति दुःख व्यक्त गर्नुभएको छ । नगर प्रमुख चौधरीले बुधबार शोक विज्ञप्ति जारी गरी १८ वर्षीय डाँगीको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गर्नुभएको हो ।
'लक्ष्मणको अकल्पनीय र असामयिक निधनप्रति श्रद्धाञ्जली र उहाँको निधनबाट विक्षिप्त परिवारजनमा गहिरो...
‘काम नगर्ने व्यवसायी सिधै कालो सुचीमा’
घोराही, १२ मंसिर । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोख्रेलले काम नगर्ने निर्माण व्यवसायीको ठेक्का तोडेर कालोसूचीमा राख्ने चेतावनी दिनुभएको छ । घोराहीको बबई खोलादेखि तुलसीपुरसम्मका निर्माणाधीन पुल तथा सडकको निरीक्षण गर्दै मुख्यमन्त्री यस्तो चेतावनी दिनुभएको हो ।
मुख्यमन्त्री पोख्रेलले संघीय संसदका सांसद हिराचन्द्र केसी, शान्ता चौधरी, घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डे, प्रमुख जिल्ला...














