घोराही २ मा बाल सञ्जाल गठन, बाल सहभागिता अब अनिवार्य
घोराही, १६ मङ्सिर । घोराही उपमहानगरपालिका वडा नं. २ मा वडास्तरीय बाल सञ्जाल गठन गरिएको छ । कविता सुनारको अध्यक्षतामा २५ सदस्यीय बाल सञ्जाल गठन गरिएको हो ।
जसको उपाध्यक्षमा वासना गिरी, सचिवमा सन्दिप जि.एम., उपसचिवमा सन्दिप सुनार, कोषाध्यक्षमा हर्षिता पोख्रेल चयन हुनुभएको छ ।
सञ्जालका सदस्यहरुमा विक्रम भण्डारी, करुणा चौधरी, निशा पोख्रेल, सविन चौधरी, फलार चौधरी, रोशिका रिजाल, हिमाल जिसी,...
रोल्पाली ढाङढुङ (कुरेली) समाजको प्रथम साधारणसभा
घोराही, १५ मंसिर । रोल्पाको कुरेलीबाट दाङ बसाईसरी आएकाहरुको रोल्पाली ढाङढुङ कुरेली समाज सेवाको प्रथम साधारणसभा शनिबार घोराहीमा सम्पन्न भएको छ । समाज सेवाका अध्यक्ष नारायणप्रसाद रोका मगरको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।
साधारणसभा उद्घाटन जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजबहादुर बुढा मगरले गर्नुभएको थियो । कार्यक्रममा बुढामगर, परिवर्तन गाउँपालिकाका उपाध्यक्ष हितकुमारी बुढा मगर, घोराही उपमहानगरपालिका—१३ का वडाध्यक्ष रविलाल घर्ती, नेपाली काँग्रेस रोल्पाका...
पुस्तक व्यवसायी महासंघको तेस्रो अधिवेशन
देउखुरी, १५ मंसिर । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ क्षेत्रीय समिति दाङ देउखुरीको तेस्रो अधिवेशन तथा छैठौं वार्षिक साधारणसभा शनिवार गढवामा सम्पन्न भएको छ । महासंघका अध्यक्ष दीपक भुसालको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ मध्यपश्चिमका उपाध्यक्ष भैरव रावलले गर्नुभएको थियो ।
कार्यक्रममा शिक्षाप्रेमी राजेन्द्र प्रसाद चौधरी, अग्रज साहित्यकार भगवतीप्रसाद चौधरी, देउखुरी क्षेत्रको पहिलो स्टेशनरी व्यवसायी उमाकान्त...
जेसीज हाप म्याराथनमा मुगरती प्रथम
घोराही, १५ मङ्सिर । त्रिभुवननगर जेसीजको आयोजनामा दाङको घोराहीमा भएको जेसीज हाप म्याराथनमा काठमाडौँका रमेश मुगरती प्रथम हुनुभएको छ । १०० बढी प्रतिस्पर्धीलाई उछिन्दै उहाँले २१ किलोमिटरको दुरी १ घण्टा १० मिनेट ४५ सेकेण्डमा पार गर्नुभएको थियो । त्यसैगरी काठमाडौँकै सुवास कार्की १ घण्टा १३ मिनेट ४५ सेकेण्डमा दुरी पार गरी दोस्रो र ओमप्रकाश जोशी १ घण्टा १५ मिनेट...
अझै बुझेनन् परिवारले शव, अनुसन्धानको दायरा बढाउन माग
घोराही, १५ मंसिर । घोराहीमा हत्या गरिएका हार्डवेयर व्यवसायी नन्दबहादुर घर्तीमगरका परिवारले भरपर्दो अनुसन्धान हुन नसकेको भन्दै अझै शव बुझ्न मानेनका छैनन् । अस्ती बेलुका हत्या भए लगत्तै एकजनालाई पक्राउ गरे पनि घटनामा अन्यको समेत संलग्नता हुनसक्ने भन्दै पीडित परिवारले शव बुझ्न नमानेका हुन् ।
व्यवसायी घर्तीको हत्या अभियोगमा रोल्पा तालाबाङ घर भई हाल घोराही १३ बाँसबोटमा घर बनाउँदै गरेका...
ओलीको स्मृतिमा श्रद्धाञ्जलीसभा
दाङ, १५ मंसिर । दाङको तुलसीपुर उपमहानगरपालिका १७ झिंगै निवासी रणबहादुर ओलीको स्मृतिमा श्रद्धाञ्जलीसभा सम्पन्न भएको छ । उहाँको निधन भएको १३ औं दिनमा नेकपा वडा समितिको आयोजनामा कार्यक्रम भएको हो ।
प्रमुख अतिथि नेकपाका केन्द्रीय सदस्य एवं ५ नम्बर प्रदेश सचिव जगप्रसाद शर्मा ‘अपार’ले पार्टी एकतालाई संस्थागत गरेर सरकारका कामकाज प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । उहाँले पार्टी एकतालाई गाउँसम्म पुर्याउने, संघीयता...
प्रलेसले स्थापना दिवस मनाउने
घोराही, १४ मंसिर । प्रगतिशील लेखक संघ नेपाल दाङ शाखाले २६ औं स्थापना दिवस आगामी पुस ३ गतेका दिन मनाउने भएको छ । प्रलेस दाङका अध्यक्ष भुवन देवकोटा (शरद)को अध्यक्षता तथा प्रलेसका केन्द्रीय उपाध्यक्ष पद्मप्रसाद शर्माको उपस्थितिमा शुक्रबार बसेको बैठकले स्थापना दिवस मनाउने निर्णय गरेको हो ।
प्रलेसले स्थापना दिवसका अवसरमा विभिन्न पाँचवटा पुरस्कार प्रदान गर्ने भएको छ । जसका लागि अध्यक्ष भुवन देवकोटाको...
लैंगिक समानता घरबाटै थालौँः नगर प्रमुख चौधरी
घोराही, १४ मंसिर । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले लैंगिक समानता घरबाटै सुरुवात गर्नुपर्ने बताउनुभएको छ । लैंगिक हिंसाबिरुद्धको १६ दिवसीय अभियान अन्तर्गत घोराही उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखाले निगरानी समूहका पदाधिकारीहरुलाई आयोजना गरेको लैंगिक हिंसा र दुर्व्यवहार रोक्ने विषयक तालिममा बोल्दै नगर प्रमुख चौधरीले विभेद परिवारबाटै हटाउनुपर्ने बताउनुभयो ।
बढ्दो लैंगिक हिंसालाई रोक्न सचेतना र कानुन कार्यान्वयन...
अंग्रेजी शिक्षण सिकाइमा सुधार ल्याउन शिक्षकलाई तालिम
घोराही, १४ मंसिर । घोराही उपमहानगरले अंग्रेजी शिक्षण सिकाइलाई प्रभावकारी बनाउन शिक्षकहरुलाई तालिम सञ्चालन गरेको छ । उपमहानगरको शिक्षा, युवा तथा खेलुकद महाशाखाले नगरका ३० वटा विद्यालयका अंग्रेजी पढाउने शिक्षकहरुलाई भेला गराई ५ दिने तालिमको आयोजना गरेको हो ।
तालिम शुक्रबारदेखि घोराहीको शान्तिसुधा बोर्डिङ स्कुलमा सुरु भएको छ । अंग्रेजी माध्यमबाट पढाइ सुरु गरेका विद्यालयका ३० जना शिक्षकहरुलाई एकै ठाउँमा...
यसरी भएको थियो व्यवसायीको हत्या
घोराही, १४ मंसिर । घोराहीका हार्डवेयर व्यवसायी नन्दबहादुर घर्तीमगरको हत्या अभियोगमा पक्राउ परेका अमर खत्रीले प्रहरी समक्ष अपराध स्वीकारेका छन् । बिहीबार बेलुका घोराही १३ दूधेसोतामा लगेर हत्या गर्दा प्रयोग गरेको चक्कु किनेको पसल समेत अभियुक्त खत्रीले देखाएका छन् । हत्या गरिएको ठाउँमा शवमाथि राखिएका चक्कुसहित पक्राउ परेका खत्रीलाई शुक्रबार विहान प्रहरीले किनेको पसल देखाउन लगेको थियो । वडा...













