दाङबाट काठमाडाै‌ँ हिँडेकाे बस नवलपरासीमा दुर्घटना

कावासोती, २६ कार्तिक । पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको गैंडाकोट नगरपालिका–१४ अमरापुरीमा आज बिहान २ बजे बस दुर्घटना हुँदा २५ यात्रु घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी उपरीक्षक रमेश थापाका अनुसार दाङबाट काठमाडौंका लागि छुटेको ना ६ ख ३९७३ नम्बरको बस अनियन्त्रित भएर पल्टिँदा बसमा सवार २५ घाइतेमध्ये तीनको अवस्था चिन्ताजनक रहेको छ । दाङ घोराही उपमहानगरपालिका–१५ बस्ने...

बसको ठक्करबाट एकजनाको मुत्यु

तुलसीपुर , २५ कार्तिक । पश्चिम दाङमा बसको ठक्करबाट एकजनाको ज्यान गएको छ । ज्यान जानेमा बबई गाउँपालिका वडा नम्बर ५ बस्ने अन्दाजी ३० वर्षिय मानसिंह वली रहेको सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प तुलसीपुरका प्रहरी निरीक्षक अशोक न्यौपानेले जानकारी दिनुभएको छ । दंगीशरण गाउँपालिका वडा नम्वर ६ बाट पिकनिक खान गएर फर्किने क्रममा ना २ ख ९६३५ नम्वर...

प्रवर्तक साख्वा शताब्दीऔं पछि स्मृतिमा जीवितः प्रधानमन्त्री

दाङ, २२ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सम्वतका प्रवर्तक एवम् राष्ट्रिय विभूति शंखधर साख्वा शताब्दीऔं पछि स्मृतिमा जीवित रहेको बताउनुभएको छ । नेपाल सम्वतको नयाँ वर्ष ११३९ का अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले साख्वा कै योगदानका कारण नेपाली समाजको गौरवशाली विगत र मूल्य मान्यतालाई अक्षुण्य राख्नसमेत नेपाल सम्वतले झकझक्याउँदै आएको बताउनुभएको छ । नेपाल सम्वतको सुरुआतको घटना पनि...

आज तिहारको चौथो दिन, गाई, गोरु र गोवर्द्धन पूजा गरी मनाइँदै

दाङ, २२ कार्तिक । आज तिहारको चौथो दिन, गाई, गोवर्द्धन र गोरुको पूजाआजा गरी मनाइँदैछ । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । गाईको पूजा गरी आजका दिन मीठामीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैं प्राप्त हुने धार्मिक विश्वास छ । आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा...

घोराही वडा न‌ं.–१७ को भवन उद्घाटन, अबदेखि कर पनि वडाबाटै

घोराही, २० कार्तिक । घोराही उपमहानगरपालिका वडा नम्बर १७ को नवनिर्मित भवनको उद्घाटन गरिएको छ । चौघेरास्थित मन्दिर गेट अगाडि हरिद्वारमा निर्माण गरिएको करिब ५३ लाख रुपैयाँको लागतमा निर्मित भवनको नगर प्रमुख नरुलाल चौधरीले उद्घाटन गर्नुभएको हो । वडाध्यक्ष खुशीराम चौधरीको अध्यक्षता एवं नगर प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यता र उपप्रमुख सीता सिग्देल न्यौपानेको विशिष्ट आतिथ्यतामा नयाँ भवनको उद्घाटन गरिएको...

घोराही उपमहानगरद्वारा तिहारको शुभकामना आदानप्रदान

घोराही, २० कार्तिक । घोराही उपमहानगरपालिकाले तिहार र छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान गरेको छ । नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा मंगलबार कार्यालयमै कार्यक्रम गरी जनप्रतिनिधि र कर्मचारीहरुको बीचमा शुभकामना आदानप्रदान गरिएको हो । नगर प्रमुख चौधरीले सबैलाई शुभकामना दिँदै नगरको समृद्धिमा सकारात्मक सोच र सहकार्यमा जोड दिनुभयो । जनप्रतिनिधि र कर्मचारीहरुकै सहकार्यमा नगरलाई विकास गर्न सकिने भन्दै उहाँले...

२ वटा वडा जोड्ने योजना

दाङ, २० कार्तिक । निर्वाचन क्षेत्र नं २ को स्थानीय पूर्वाधार विकास साझेदारी परामर्श समितिको बैठक मंगलवार सम्पन्न भएको छ । क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य तथा सभामुख कृष्णबहादुर महराको अध्यक्षतामा बसेको बैठकमा प्रदेश नं‍ ५ का मुख्यमन्त्री तथा प्रदेश सांसद शंकर पोख्रेल, प्रतिनिधिसभा सदस्य शान्ता चौधरी, राष्ट्रियसभा सदस्य अनिता देवकोटा, प्रदेश सांसद अमरबहादुर डाँगी, जिल्ला समन्वय समितिका...

कला संस्कृति राष्ट्र र समुदायको पहिचानः महरा

दाङ, २० कार्तिक । सभामुख कृष्णबहादुर महराले कला र संस्कृति राष्ट्र र समुदायको पहिचान भएको बताउँदै यस्ता मौलिक कला संस्कृतिको संरक्षण गरेर जानुपर्ने बताउनुभएकाे छ । दलित कला संस्कृति प्रवर्द्धन तथा सामुदायिक विकास केन्द्र दाङले घोराहीमा गरेको दशैं, तिहार, छठको अवसरको शुभकामना आदान प्रदान तथा सोरठी, देउसी भैलो कार्यक्रमको उद्घाटन गर्दै सभामुख महराले कला संस्कृति सबैको साझा सम्पत्ति भएकाले यसको संरक्षण...

स्थानीय सरकारद्वारा जेष्ठ नागरिकको सम्मान

घोराही, २० कार्तिक । घोराही उपमहानगरपालिका वडा नम्बर ११ ले वडामा रहेका ४० जना जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । वडा कार्यालयले खैरामा एक कार्यक्रमको आयोजना गरी दलित, एकल महिला र अन्यसहित ४० जना जेष्ठ नागरिकहरुलाई वडा कार्यालयले लौरो र पौष्टिक तत्वका लागि हरलिक्स प्रदान गरि सम्मान गरेको हो । वडा अध्यक्ष कुलबहादुर लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि रहनुभएका...

मानवअधिकार निगरानी समूहद्वारा कार्ययोजना तयार

घोराही, २० कार्तिक । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गठित मानवअधिकार निगरानी समूह सौंडियारले विभिन्न कार्ययोजना तयार गरेको छ । समूहका उपाध्यक्ष लौटन चौधरीको अध्यक्षता तथा वडा नं. ६ का अध्यक्ष रेबबहादुर बुढाथोकीको प्रमुख आतिथ्यतामा भएको नियमित बैठकले साविक सौ‌ंडियार क्षेत्रमा शिक्षा, स्वास्थ्य र खाद्यअधिकारका लागि काम गर्न विभिन्न योजना तयार गरिएको हो । समितिकाअनुसार वडा नं. ६ मा...

ताजा समाचार