https://xvamoney.xyz/776345230639204/

अधिवेशनपछि राप्ती समिति फुट्यो, बामदेव खनालको अध्यक्षतामा नमस्ते यातायात प्रालि

घोराही, १ वैशाख । यात्रुहरुको सहजताका लागि दाङमा नमस्ते राप्ती यातायात प्रालि खुलेको छ । राप्ती समितिबाट बाहिरिएका व्यवसायीहरुको समूहले नयाँ प्रालि दर्ता गरेर यही वैशाख ६ गतेदेखि बस सञ्चालनमा ल्याउने प्रालिले शनिवार घोराहीमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । यात्रुहरुलाई भरपर्दो र सुरक्षित यात्रासहितको सुविधा दिनेगरी प्रालि सञ्चालनमा ल्याइएको प्रालिले जनाएको छ । घोराहीको होटल डोकोमा पत्रकार सम्मेलन...

नयाँवर्षको दिन विभिन्न घटनामा परी चार जनाको मृत्यु

घोराही, १ वैशाख । दाङमा भएका विभिन्न घटनामा परी चारजनाको मृत्यु भएको छ । दुईजनाको गाडीको ठक्करबाट र २ जनाको पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । घोराही उपमहानगरपालिका १४ नयाँ बसपार्क जाने ओरालोमा लु २ त ९३१२ नम्बरको ट्यांकरले रा २ प ४४९२ नम्बरको स्कुटीलाई ठक्कर दिदा घोराही १३ निबासी २६ वर्षीय प्रेम रोकाको...

प्रेस चौतारी दाङद्वारा सातजना पत्रकार पुरस्कृत

घोराही, १ वैशाख । प्रेस चौतारी दाङले आठौँ अधिवेशनको अवसरमा ७ जना पत्रकारहरुलाई पुरस्कृत गरेको छ । चौतारीले यस वर्षको चौतारी योगदान पत्रकारिता पुरस्कार कान्तिपुर राष्ट्रिय दैनिकका उप–सम्पादक दुर्गालाल केसीलाई प्रदान गरेको छ । केसीलाई चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेतसहित संघीय संसदका सदस्य सुजिता शाक्यले नगद १० हजार राशिसहित सम्मानपत्र प्रदान गर्नुभयो । यस्तै मदन स्मृति आर्थिक पत्रकारिता पुरस्कार सञ्चार...

तुलसीपुरका मेयरले दिए नयाँवर्षको शुभकामना

तुलसीपुर, १ वैशाख । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले नयाँवर्ष २०७५ को अवसरमा सम्पूर्ण नगरवासीलाई शुभकामना व्यक्त गरेका छन् । विज्ञप्ती जारी गर्दै नगर प्रमुख पाण्डेले नयाँवर्षले हरेक नगरवासीले सोचेका कुरा पूरा होऊन् भन्दै तुलसीपुरलाई समृद्ध नगरका रुपमा विकास गर्नका लागि हरेक नगरवासीमा उत्साहको सञ्चार हो‌ओस् भन्ने कामना समेत गरिएको छ । मेयर पाण्डेले विज्ञप्तिमा लेखेका छन् ‘ पुराना कुरा सबै...

नयाँवर्षको शुभकामनामा नगर प्रमुख चौधरीको समृद्ध नगर बनाउने संकल्प

घोराही, १ वैशाख । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले नयाँवर्ष २०७५ सालको अवसरमा नगरवासी सबैलाई शुभकामना व्यक्त गर्नुभएको छ । नगर प्रमुख चौधरीले शुभकामना सन्देश जारी गर्दै नयाँवर्षको अबसरमा सम्पूर्ण घोराही उपमहानगरवासीहरुको सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ । नयाँवर्षमा नगरवासीमा छाएको उमङ्ग, उत्साहले घोराही उपमहानगरलाई समृद्ध नगर बनाउन सकारात्मक भूमिका खेल्ने अपेक्षा नगर प्रमुख चौधरीले गर्नुभएको छ ।...

राराबाट सम्बोधन गर्दै के भने प्रधानमन्त्रीले ?

रारा, १ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा अब आर्थिक विकास र समृद्धिका लागि अभूतपूर्व अवसर आएको बताएका छन् । नेपालको ठूलो र मनमोहक ताल राराबाट देशवासीका नाममा आज बिहान सम्बोधन गर्दै प्रधानमन्त्रीले मुलुकका समस्या समाधान गर्न सरकार सक्षम रहेको उल्लेख गर्दै भने, ‘‘निर्वाचनको सफलतासँगै हाम्रो देश नेपाल, लोकतान्त्रिक अभ्यासमा नयाँ मानक स्थापित गर्न सफल भएको छ । इतिहासले...

त्रिभुवननगर जेसिजको सप्ताहव्यापी कार्यक्रम

दाङ, चैत्र २९ । त्रिभुवननगर जेसिजले जेसिज सप्ताह मनाउने भएको छ । बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी नयाँ वर्षको अवसरमा १ गतेदेखि विभिन्न कार्यक्रमहरु गरी सप्ताह मनाउने कार्यक्रम तय भएको जानकारी दिइएको थियो । पहिलो दिन बैशाख १ गते प्रभातफेरि तथा शुभकामना आदानप्रदान कार्यक्रम रहेको र सो कार्यक्रमको संयोजक बसन्तराज अधिकारी रहेको सप्ताह संयोजक मीनराज भाटले बताउनुभयो । दोस्रो दिन...

राप्ती साहित्य पुरस्कार मजगैयाँलाई, १८ स्रष्टा पुरस्कृत

घोराही, २९ चैत । राप्ती साहित्य परिषद प्रतिभा छनौट समितिकोे बैठकले यस वर्षका लागि विभिन्न प्रतिभाहरुको नाम छनौट गरेको छ । बुधबार घोराहीमा बसेको समितिको बैठकले गरेको निर्णय अनुसार यस वर्षको राप्ती साहित्य पुरस्कार दाङका वरिष्ठ साहित्यकार उत्तमकृष्ण मजगैयाँलाई प्रदान गरिने भएको छ । त्यसैगरी यस वर्षको राप्ती सिर्जना पुरस्कार रोल्पाको साहित्यकार डि.बी. टुहुरोलाई २०७३ सालमा प्रकाशित भएको उनको पुस्तक...

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने

घोराही, २९ चैत । दाङ जिल्ला खेलकुद विकास समितिले १०औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गर्ने भएको छ । बिहीबार समितिका अध्यक्ष डिल्लीबहादुर डाँगीको अध्यक्षतामा बसेको बैठकले वैशाख ६ गतेदेखि ८ गतेसम्म प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको हो । बिहान ११ बजेदेखि सुरु हुने कार्यक्रमको उद्घाटन गर्न राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्ट आउनु हुने भएको छ । सोही...

पेशागत सुरक्षाका लागि एकजुट हुन आग्रह

दाङ, २९ चैत । पेशागत सुरक्षाका लागि एकजुट हुनुपर्ने शिक्षकहरुले जोड दिएका छन् । नेपाल राष्ट्रिय शिक्षक संगठन दाङले बिहीवार घोराहीमा आयोजना गरेको ३९ औं शिक्षक दिवस तथा नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनीहरुले पेशागत सुरक्षाका लागि सबै शिक्षकहरु गोलबन्द हुनुपर्नेमा जोड दिए । दरबन्दी मिलानको क्रममा शिक्षा कार्यालयले अवरोध सिर्जना गरेको बताएका थिए । सामुदायिक विद्यालयका शिक्षकहरुको सम्मान...

ताजा समाचार