बजार सफा राख्न व्यवसायीलाई डस्टविन
गोकर्ण पौडेल
तुलसीपुर, २९ भदौ । तुलसीपुर उपमहानगरपालिकाले बजार सफा राख्नका लागि डस्टविन हस्तान्तरण गरेको छ । तुलसीपुर उपमहानगरपालिकाभित्र रहेको ऐतिहासिक बिजौरी बजार क्षेत्रलाई सफा र सुन्दर राख्नका लागि बजार क्षेत्रमा व्यवसायी गर्दै आएका व्यापारीलाई डस्टविन हस्तान्तरण गरेको हो ।
तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले बजार क्षेत्रलाई सफा राख्नका लागि व्यापारीहरुलाई डस्टविन विगतदेखि नै हस्तान्तरण गर्दै आएको बताउनुभयो । उहाँले बजारलाई...
विश्व आत्महत्या दिवसमा लायन्सद्वारा सचेतना
घोराही, २४ भदौ । विश्व आत्महत्या रोकथाम दिवसका अवसरमा लायन्स क्लव अफ् राप्ती इञ्जिनियरिङले आइतबार जयशेर माध्यमिक विद्यालय घोराही–६ मा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयमा अध्ययनरत कक्षा ९ र १० का गरेर करिव दुई सय जना विद्यार्थीहरुको सहभागिता रहेको सचेतना कार्यक्रममा आत्महत्या रोकथामका बारेमा जानकारी दिइएको थियो ।
लायन्स क्लव अफ् राप्ती इञ्जिनियरिङका अध्यक्ष शरद अधिकारीको अध्यक्षता तथा...
बंगलाचुलीमा जेसीजको निःशुल्क स्वास्थ्य शिविर, साढे ३ सय बढीले लिए सेवा
दाङ, १७ भदौ । त्रिभुवननगर जेसीज दाङले पहाडी विकट बस्ती बंगलाचुलीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । शनिबार त्रिभुवननगर जेसीजको आयोजना तथा बुद्ध इन्टरनेशनल हस्पिटल प्रालि घोराही, दाङको प्राविधिक सहयोगमा भएको शिविरमा ३ सय ५० बढीले स्वास्थ्य सेवा लिएका छन् ।शिविरमा सबैभन्दा बढी बिरामीहरु डाढ, नसा तथा जोर्नी सम्बन्धी सेवाका लागि आएको उपचारमा संलग्न डा. रमेश बस्नेतले जानकारी...
ज्ञानमालामा हाजिरीजवाफ र हिसाब दौड प्रतियोगिता सम्पन्न
घोराही, १५ भदौ । घोराही उपमहानगरपालिका वडा नं. १६ सर्रास्थित ज्ञानमाला एकेडेमीमा हाजिरीजवाफ र हिसाब दौड प्रतियोगिताहरु सम्पन्न भएका छन् । विद्यालयको नियमित शुक्रबारीय अतिरिक्त क्रियाकलाप अन्तर्गत आज अन्तर्सदनात्मक हाजिरीजवाफ प्रतियोगिताहरु कक्षा १ देखि ५ सम्म र कक्षा ६ देखि १० सम्म र पूर्व प्राथमिक तहको हिसाब दौड प्रतियोगिताहरु सम्पन्न भएका हुन् ।प्राथमिक तह अन्तर्गतको हाजिरीजवाफ प्रतियोगितामा यल्लो हाउसका...
धारपानीमा सञ्चालित पुरुषोत्तम महात्म्य एवं श्रृङ्गारिक महामहोत्सवको आयव्यय सार्वजनिक
विमल योगी
दाङ, ६ भदौ । दाङको धारपानीमा गत साउनमा सञ्चालित पुरुषोत्तम महात्म्य एवं श्रृङ्गारिक आरती बोलबम मासिक महामहोत्सवको आयव्यय विवरण सार्वजनिक गरिएको छ । अधिक मलमासका समयमा मात्र सञ्चालन गर्न मिल्ने महामहोत्सव गत साउन २ गतेदेखि ३१ गते सम्म सञ्चालन भएको थियो ।
महामहोत्सवमा ३१ लाख ८२ हजार नौ सय ९१ रुपैया आम्दानी र २१ लाख २६ हजार ८६ रुपैया...
अप्टिमिस्ट क्लब घोराहीको अध्यक्षमा सनत गिरी
दाङ, ३ भाद्र । अप्टिमिस्ट क्लब घोराहीको अध्यक्षमा सनत गिरी चयन हुनुभएको छ । क्लबको आइतबार घोराहीमा सम्पन्न प्रथम अधिवेनबाट सन् २०२३/०२४ का लागि घोराही १५ निवासी गिरी अध्यक्षमा चयन हुनुभएको हो ।
क्लबको प्रेसिडेन्ट इलेक्टमा मुकेश्वर शर्मा, उपाध्यक्षमा प्रवेशराज जोशी, सचिवमा अमर अधिकारी, कोषाध्यक्षमा प्रदीप सिंह गहतराज, निर्देशकहरुमा किरण गौतम, किरण न्यौपाने र तेजविक्रम रावत चयन हुनुभएको छ ।...
बाढीले भत्काएको सडक मर्मत गरिँदै
तुलसीपुर, २८ साउन । घोराही तुलसीपुर सडकखण्डअन्तर्गत आइतबार आएको बाढीका कारण भत्किएको सडक मर्मत सुरु गरिएको छ । सडकखण्डको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७ फोर्टिनाइन चोकदेखि पूर्वतर्फको सुरैना चिरामा आएको बाढीले सडक भत्काएको थियो । तुलसीपुर उपमहानगरपालिका र सडक डिभिजन कार्यालयका यान्त्रिक साधन प्रयोग गरेर सडक मर्मत सुरू गरिएको छ ।
तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले भत्किएको सडकखण्डमै पुगेर सोमबार...
यज्ञबहादुर बुढाथोकी स्मृति उत्कृष्ट युवा पुरस्कार डा. बस्नेतलाई
घोराही, २७ साउन । यज्ञबहादुर बुढाथोकी स्मृति उत्कृष्ट युवा पुरस्कार बुद्ध इन्टरनेसनल हस्पिटलका डा. रमेश बस्नेतलाई प्रदान गरिएको छ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा जिल्लामै सर्जरी सेवा दिएर धेरैको जीवन जोगाउन योगदान गरेको भन्दै त्रिभुवननगर जेसीजले डा. बस्नेतलाई पुरस्कृत गरेको हो ।
युवा दिवसको अवसर पारेर जेसीजले विभिन्न क्षेत्रमा उत्कृष्ट कार्य गर्ने युवाहरुलाई हरेक वर्ष पुरस्कृत गर्दै आएको छ ।...
चौतारी दाङले ‘सञ्चार डायरी’ प्रकाश गर्ने
दाङ, १३ साउन । प्रेस चौतारी नेपाल दाङ शाखाले ‘सञ्चार डायरी’ प्रकाशन गर्ने भएको छ । चौतारी दाङको सनिवार घोराहीमा बसेको बैठकले चौतारीको संक्षिप्त इतिहास झल्कने र सदस्यहरुको विवरण समावेश गर्ने गरेर सञ्चार डायरी प्रकाशन गर्ने निर्णय गरेको हो ।
सञ्चार डायरी प्रकाशनको लागि संगठनका जिल्ला उपाध्यक्ष प्रेमबहादुर राम्जाको संयोजकत्वमा उपाध्यक्ष सुधासुमन ढकाल, सचिव किरण गौतम, कोषाध्यक्ष गोकर्ण पौडेल, सहसचिव...
अनेरास्ववियुद्वारा उत्कृष्ट विद्यार्थीलाई सम्मान
दाङ, १२ साउन । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन दाङले सामुदायिक तथा संस्थागत विद्यालयबाट उत्कृष्ट अंक ल्याएर एसइइ उत्तिर्ण गर्ने विद्यार्थीहरुलाई सम्मान गरेको छ । केन्द्रीय आयुर्वेद विद्यालय बेलझुण्डीमा शुक्रवार कार्यक्रम गरेर विद्यार्थी र विद्यालयलाई सम्मान गरिएको हो ।
अनेरास्ववियुका अध्यक्ष गोविन्द बस्नेतको अध्यक्षता तथा नेकपा एमाले दाङका अध्यक्ष हुकुम बस्नेतको प्रमुख आतिथ्य एवं अनेरास्ववियुका केन्द्रीय सदस्य सर्जन...














