https://xvamoney.xyz/776345230639204/

तुलसीपुरको बृहत् योजना निर्माण

तुलसीपुर, २७ चैत्र । तुलसीपुर उपमहानगरपालिकाको एकीकृत सहरी विकास योजना निर्माण गरिएको छ । २५ वर्षका लागि निर्माण गरिएको योजनाका बारेमा तुलसीपुरमा छलफल गरिएको छ । नगरको एकीकृत विकासका साथै बृहत् योजना निर्माणका लागि तयार पारिएको योजनाका बारेमा छलफल गरिएको थियो । तुलसीपुर उपमहानगरपालिकाको बृहत् विकासका लागि कस्तो योजना बनाउन सकिन्छ भन्ने बारेमा छलफल गरिएको तुलसीपुर उपमहानगरपालिकाका प्रेस संयोजक वसन्त...

निगरानी समूहद्धारा उपप्रमुखलाई ज्ञापनपत्र

घोराही, २६ चैत । मानवअधिकार निगरानी समूहले घोराही उपमहानगरपालिकालाई विभिन्न पाँच बुदे ज्ञापनपत्र बुझाएको छ । साविक लक्ष्मीपुर र सौडियारका मानवअधिकार निगरानी समूह तथा जिल्लास्तरीय मानवअधिकार निगरानी समुहका प्रतिनिधिहरु सम्मिलित एक टोलीले उपमहानगरपालिकाकी उपप्रमुख सीता न्यौपानेलाई ज्ञापनपत्र बुझाएको हो ।ज्ञापन पत्रमा सौडियार र लक्ष्मीपुरमा माटो परिक्षण छिटो गरिनुपर्ने, जैविक विषादी निर्माण तथा प्रयोगसम्वन्धि अभिमुखिकरण गरिनुपर्ने, कृषक समुहलाई आधुनिक कृषि...

बङ्गलाचुली कप क्रिकेट प्रतियोगिता सुरु

घोराही, २५ चैत । दाङको पहाडी गाउँपालिका बङ्गलाचुलीमा आजदेखि बङ्गलाचुली कप क्रिकेट प्रतियोगिता सुरु भएको छ । काभ्रे युवा क्लब तथा रोयल तपाली युवा क्लबको आयोजनामा प्रतियोगिता सुरु भएको हो । नववर्ष २०७५ को उपलक्ष्यमा बङ्गलाचुली गाउँपालिका ३ कमिरेचौरमा कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक हिमाल महराले जानकारी दिनुभएको छ । प्रतियोगितामा साविक सौंडियार गाविस, डुरुवा, अठ्ठाइसे र बङ्गलाचुली गाँउपालिका गरी...

थकालीकोटमा पुग्यो धारा

घोराही, २५ चैत । गर्मीयाम लाग्दा खानेपानीको समस्या प्रायः धेरै ठाउँमा हुन्छ तर घोराही उपमहानगरपालिका–१९ का थकालीकोटबासी बाह्रै महिना काकाकुल थिए । पानीका लागि हारगुहार धेरै ठाउँ गरे । सुनुवाई नहुँदा सेवार खोलाको पानी खाएर गुजारा गरेका थकालीकोटवासीले ६७ वर्षपछि आगनमै धारा पाएका छन् । ढिलै भए पनि गरिबी निवारण कोषले दलित र जनजाति बाहुल्य रहेको थकालीवस्तीमा खानेपानी पुर्‍याएपछि स्थानीय...

असहाय बालबालिकालाई शैक्षिक सामग्री प्रदान

बिजौरी, २५ चैत । अखिल क्रान्तिकारी जनता विद्यापीठ बिजौरीले तुलसीपुर १८ बिजौरीमा रहेका असहाय बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको छ । शनिबार एक कार्यक्रम गरी शैक्षिक सामग्री वितरण गरिएको हो । असहाय वाल विकास केन्द्र बिजौरीमा बस्दै आएका १३ जना बालबालिकालाई कापी, कलमलगायत शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो । अध्यक्ष गणेश चौधरी, केन्द्रीय सदस्य दुर्गा बिक, जिल्ला सहसंयोजक सुवास बस्नेतसहितको टोलीले...

स्वास्थ्यलाई अमूल्य सम्पत्तिका रुपमा बुझ्न मेयर चौधरीको आग्रह

घोराही, २५ चैत । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले स्वास्थ्यलाई अमूल्य सम्पत्तिका रुपमा बुझ्न आग्रह गर्नुभएको छ । घोराही उपमहानगरपालिकाको आयोजना तथा सुआहारा र युएसएआइडीको सहयोगमा ७०औँ विश्व स्वास्थ्य दिवसका अवसरमा वडा नम्बर ६ मा शनिबार आयोजित कार्यक्रममा बोल्दै नगर प्रमुख चौधरीले स्वास्थ्यलाई अमूल्य सम्पत्तिका रुपमा लिन आग्रह गर्नुभएको हो । स्वस्थ व्यक्ति र स्वस्थ समाज विना विकास एवं समृद्धि...

१८ बर्ष मुनीका युवाहरुको फूटबल प्रतियोगिता सुरु

घोराही, २४ चैत । दाङको घोराहीमा शनिबारदेखि १८ वर्षमुनिको आमन्त्रण नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ । युनाइटेड नयाँबजार क्लबको आयोजनामा घोराहीको भरतपुर मैदानमा फुटबल प्रतियोगिता सुरु भएको हो । क्लबका अध्यक्ष बुद्धिराम पुनको अध्यक्षतामा भएको कार्यक्रममा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले फुटबल प्रतियोगिताको उद्घाटन गर्नुभएको हो । प्रतियोगिता उद्घाटन गर्दै नगर प्रमुख चौधरीले खेललाई अनुशासन र स्वास्थ्यसगँ जोडेर हेर्न...

सलमानलाई धराैटीमा रिहा गर्न अदालतकाे अादेश

दाङ, २४ चैत । कालो हरिण सिकार गरेको आरोपमा ५ वर्ष कैद सजाय पाएका बलिउड अभिनेता सलमान खानलाई जोधपुर अदालतले धरौटीमा छाड्ने आदेश दिएको छ । जोधपुर अदालतले शनिबार खानलाई भारतीय रुपैयाँ ५० हजार धरौटी रकम बुझाउन लगाएर रिहा गर्न लागेको हो। दुई वटा कालो हरिण मारेको हुनाले अदालतले खानलाई २५/२५ हजारको दरले धरौटी रकम भर्न लगाएको छ। भारतीय सञ्चार माध्यमहरुका...

माटो परीक्षण गर्ने प्रतिबद्धता

घोराही, २४ चैत । घोराही उपमहानगरपालिका कृषि शाखाले सौंडियार र लक्ष्मीपुरमा माटो परीक्षणका लागि प्रतिबद्धता जनाएको छ । जिल्लास्तरीय मानवअधिकार निगरानी समूह, साविक गाविसस्तरीय मानवअधिकार निगरानी समूह तथा सरोकारवालाहरुको जिल्ला तथा स्थानीयतहस्तरीय बहस/सम्वाद बैठकमा बोल्दै शाखा प्रमुख भरतमणि पोख्रेलले वार्षिक कार्यक्रम अन्तर्गत हुने माटो परीक्षणको कार्यक्रम सौंडियार र लक्ष्मीपुरमा पनि लैजाने प्रतिबद्धता जनाउनुभयो । साविक गाविसस्तरीय मानवअधिकार निगरानी समूहले किसानहरुले माटो...

अपाङ्गमैत्री भवन निर्माणका लागि १० लाख बढी रकम बचत

घोराही, २४ चैत । दाङको घोराहीमा भएको दुःख निवारण धनवृद्धि महालक्ष्मी यज्ञबाट १० लाख रुपैयाँ संकलन भएको छ । अपाङ्गमैत्री भवन तथा पुनर्स्थापना केन्द्र निर्माणका लागि सञ्चालन भएको यज्ञबाट नगद र जिन्सी गरी १० लाख २३ हजार ३५ रकम संकलन भएको हो । अपाङ्ग मानव अधिकार एवं सरोकार मञ्च नेपाल र राष्ट्र शान्ति अभियान नेपाल बाँकेको संयुक्त आयोजनामा भएको यज्ञमा...

ताजा समाचार