रेग्मी परिवारद्वारा पाँच लाखको अक्षयकोष स्थापना

घोराही, २९ असार । तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ निवासी रेग्मी परिवारले ऋषिराम रेग्मीको स्मृतिमा पाँच लाख रुपैयाँको अक्षयकोष घोषणा गरेको छ । स्व. रेग्मीको स्मृतिमा प्रकाशित स्मृतिग्रन्थ लोकार्पणका अवसरमा रेग्मी परिवारले पुरस्कारका लागि अक्षयकोषको घोषणा गरेको हो । रेग्मीका जेष्ठ सुपुत्र बामदेव रेग्मी र कनिष्ठ सुपुत्र सन्तोष रेग्मीलगायत परिवारका सदस्यहरुले स्थापना गरेको पुरस्कार दाङ साहित्य तथा संस्कृति प्रतिष्ठानमा स्थापना...

लायन्स क्लब राप्ती इञ्जिनियरिङमा पद हस्तान्तरण

घोराही, २७ असार । लायन्स क्लब अफ् राप्ती इञ्जिनियरिङमा पद हस्तान्तरण गरिएको छ । लायन्स क्लब वर्ष २०२२/०२३ का अध्यक्ष मधुसूदन वैद्यको अध्यक्षता तथा लायन्स क्लब ३२५ N का एक्जुकेटिभ चिफ लायन लव अधिकारीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा लायन्स क्लब वर्ष २०२२/०२३ का अध्यक्ष मधुसूदन वैद्यले वर्ष २०२३/०२४ का अध्यक्ष लायन शरद अधिकारीलाई पद हस्तान्तरण गर्नुभएको थियो...

जन्मदिनमा विद्यार्थीलाई शैक्षिक सामग्री

घोराही, २० असार । दाङ महिला जेसिजकी उपाध्यक्ष तथा नेकपा एमाले रोल्पाकी जिल्ला सदस्य भीमा डिसीले आफ्नो जन्मदिनको अवसरमा विद्यार्थीहरुलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गर्नुभएको छ । उहाँले जन्मदिनको अवसरमा नमुना आधारभूत विद्यालय भैसाहीका ७२ जना विद्यार्थीहरुलाई कापी, कलमलगायतका शैक्षिक सामग्री र विद्यालयलाई खेलकुद सामग्री हस्तान्तरण गर्नुभएको हो । दाङ महिला जेसिजकी अध्यक्ष नारायणी भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा उहाँले...

अर्थमन्त्री मास्कीद्वारा शहीद कृष्णसेन शिक्षालयको अवलोकन

घोराही, १७ असार । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले दाङको घोराहीस्थित शहीद कृष्णसेन स्मृति बहुप्राबिधिक शिक्षालयको अवलोकन गर्नुभएको छ । शहीदका नाममा खोलिएको उक्त शिक्षालयमा हाल डिप्लोमा तथा अन्य गरी १२ वटा प्राविधिक विषयको अध्यापन भइरहेको छ । त्यस क्रममा प्रमुख अच्युतराज दाहालले शिक्षालयमा आवश्यक पूर्वाधार निर्माण भएकाले त्यसलाई सजावटका लागि बजेट आवश्यक रहेको बताउनुभयो । साथै स्कुल बसलगायत आवश्यक...

संकटको सारङ्गी बचाइदै

गोकर्ण पौडेल तुलसीपुर, १६ असार । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ रक्षाचौर नजिकै एउटा गन्धर्व टोल छ । करिब ६३ घरधुरीमध्ये सारङ्गी बनाउन र बजाउन औँलामा सीमित व्यक्तिलाई मात्रै आउँछ । त्यही औँलामा गनिने संख्या बढाउने अभियानमा प्रदेश सरकार रहेको छ । लुम्बिनी प्रदेशको उद्योग पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गत पर्यटन डिभिजन कार्यालयले संकटको पेशा बचाउने अभियानमा रहेको छ । तुलसीपुर...

किसानसँगै कृषि पढ्ने विद्यार्थी

गोकर्ण पौडेल तुलसीपुर, १५ असार । सधैँ झोलाभरि किताब लिएर क्याम्पसमा पढ्ने जाने विद्यार्थी आज भने फरक दृश्यमा देखिए । सधैँ कलम हुने हातमा आज भने रोप्नका लागि विद्यार्थीका हातमा धानका ब्याड थिए । मेट्रो कलेजका कृषि विषय पढ्ने विद्यार्थीहरु तुलसीपुर १८ बकुलाहीका किसान जितबहादुर चौधरीको खेतमा धान रोप्न पुगेका थिए । रोप्नका लागि ठिक्क पारिएको खेतमा विद्यार्थी जब मेलो...

रमना पाठशालामा भूमे नाँच

सुवास शर्मा दाङ, ५ असार । रमना पाठशाला घोराहीले भूमे पर्वको अवसरमा भूमे नाँच कार्यक्रमको गरेको छ । भूमे पर्व मगर समुदायको ठूलो पर्वसँगै नेपालीहरुकै साँस्कृतिक सम्पत्ति हो भन्ने कुरालाई मध्येनजर गर्दै विद्यार्थीहरुलाई मगर पोशाकमा भुमे नचाइएको हो । संस्कृतिबारे जानकारी गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको पाठशालाका प्रधानाध्यापक विष्णु हमालले बताउनुभयो । ‘प्राज्ञिक क्षेत्रको उद्देश्य समाजमा शिक्षित र सभ्य नागरिक...

सिकलसेल एनिमियाको निःशुल्क शिविर

दाङ, २ असार । ग्रामीण महिला उत्थान केन्द्रको आयोजना तथा घोराही उपमहानगरपालिका वडा नम्बर १० को समन्वय र अमेरिकन लाईफ इन्सोरेन्स कम्पनी मेटालाईफ पुल्चोक ललितपुरको सहयोगमा घोराही उपमहानगरपालिका १० नारायणपुर स्थित शहरी स्वास्थ्य प्रबद्र्धन केन्द्रमा सिकलसेल एनिमियाको निःशुल्क जाँच शिबिर गरिएको छ । केन्द्रका अध्यक्ष आशमानी चौधरीको अध्यक्षता एवं घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम गरी शिविरको उद्घाटन...

म्याद थप र गरेको कामको भुक्तानी नदिए सिंहदरबार घेराउ गर्छौ : रायमाझी

दाङ, २ असार । नेपाल निर्माण व्यवसायी महासंघका कार्यबाहक अध्यक्ष टोपबहादुर रायमाझीले अधुरा निर्माण कार्य सम्पन्न गर्नको लागि म्याद थप र सम्पन्न भएका कामहरुको भुक्तानी नदिएमा सिंहदरबार घेराउन गर्ने चेतावनी दिनुभएको छ । नेपाल निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको दोस्रो पूर्ण वैठकलाई शनिबार भालुबाङमा सम्बोधन गर्दै कार्यबाहक अध्यक्ष रामयमाझीले यस्तो चेतावनी दिनुभएको हो । ‘निर्माण क्षेत्र यतिबेला संकटमा छ, निर्माण...

सूचना प्रविधि र इन्टरनेटमा महिलाका सवाल विषयक छलफल

दाङ, ३२ जेठ । महिला सेवा संस्था नेपालको आयोजना तथा नेपाल दूरसञ्चार प्राधिकरणको सहकार्यमा आज दाङको घोराहीमा सूचना, प्रविधि र इन्टरनेटसंग सम्वन्धीत महिलाका सवाल विषयक अन्तरक्रिया कार्यक्रम गरिएको छ । संस्थाकी अध्यक्ष भावना भट्टको अध्यक्षता तथा सञ्चार, सूचना तथा प्रविधि मन्त्री रेखा शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सूचना प्रविधिमा महिलाको पहुँच वृद्धि र साइवर सुरक्षाका विषयमा विज्ञहरुको प्रस्तुति राखिएको...

ताजा समाचार