भ्रष्ट्राचारविरुद्ध दोस्रो लुम्बिनी प्रदेशस्तरीय युवा सम्मेलनको तयारी पूरा

दाङ, २५ जेठ । भ्रष्ट्राचार बिरुद्ध दोस्रो लुम्बिनी प्रदेशस्तरीय युवा सम्मेलनको तयारी पूरा भएको छ । सम्मेलनको तयारी पूरा भएसँगै लुम्बिनी सरकारका प्रवक्ता, आन्तरिक मामिला कानुन तथा सहकारी मन्त्री सन्तोष पाण्डेको प्रमुख आतिथ्यतामा दाङको लमहीमा जेष्ठ २६ गते बिहान १० बजे सम्मेलनको उद्घाटन हुने भएको छ । यस अघि सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा प्रदेशस्तरीय सम्मेलन सम्पन्न गरिसकेको भ्रष्ट्राचार बिरुद्ध...

पूर्वराज्यमन्त्री चौधरीको निधन, श्रद्धाञ्जलीका लागि एमाले पार्टी कार्यालयमा राखिने

दाङ, २४ जेठ । पूर्व राज्यमन्त्री तथा एमाले नेता महेश चौधरीको निधन भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङमा उपचारको क्रममा चौधरीको आज दिउँसो निधन भएको हो । हर्नियाबाट पीडित चौधरीको हालै काठमाडौँमा शल्यक्रिया भएकोमा पुनः समस्या देखिएपछि प्रतिष्ठानमा भर्ना गरिएको थियो । प्रतिष्ठानमा उपचारकै क्रममा उहाँको निधन भएको हो । चौधरीको निधनप्रति नेकपा (एमाले) दाङले दुःख व्यक्त गरेको...

गर्मीले बाँकेको जनजीवन प्रभावित

अविसेक डाँगी बाँके, २३ जेठ । केहि दिनदेखि बढेको अत्यधिक गर्मीका कारण बाँकेको जनजीवन प्रभावित बनेको छ। गर्मी बढेपछि जिल्लाका सामुदायिक र निजी विद्यालयहरू केही दिनका लागि बन्द गरिएको छ। जिल्लाका सबै पालिकाहरूका शिक्षा शाखाले सूचना निकालेर गर्मीका कारण विद्यालय बन्द गरिएको जनाएका छन् । यसअघि जेठ २१ गतेदेखि २३ गतेसम्म गर्मी बिदा गरिएकोमा २६ गते शुक्रबारसम्म थपिएको नेपालगञ्ज उपमहानगरपालिका शिक्षा,...

सौडियारमा दादुरा रुवेला खोप अभियानका वारेमा अभिमुखीकरण

विमल योगी दाङ,२३ जेठ । दादुरा रुवेला खोप अभियानका वारेमा आज सौडियारमा सरोकारवालाई अभमिुखीकरण गरिएको छ । सौडियार स्वास्थ्य चौकीको आयोजनामा भएको कार्यक्रममा जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका, सरकारी तथा निजि बिद्यालयका शिक्षकहरु, स्वास्थ्यकर्मी,वडाका कर्मचारी लगायतको सहभागिता रहेको थियो । वडा अध्यक्ष खोपीराम चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा सौडियार स्वास्थ्य चौकीका प्रमुख कुमार दुलालले दादुरा रुवेला खोप अभियान र अमनी लालिका चौधरीले दादुरा...

शिव सरोवरमा तारवार गर्न उपभोक्ता समिति गठन

विमल योगी दाङ,२२ जेठ । दाङको प्रसिद्ध धार्मिक स्थल पाण्डवेश्वर महादेव मन्दिर धारपानीमा रहेको शिव सरोवर ड्यामको तारवारका लागि उपभोक्ता समिति गठन गरिएको छ । घोराही उप–महानगरपालिकाले चालु आ.व.२०७९/०८० का लागि तारवार गर्न बिनियोजन गरेको तीन लाख ८२ हजार सात सय रुपैयाँको योजना सफल बनाउन सात सदस्सीय उपभोक्ता समिति गठन गरिएको हो । समितिको अध्यक्षमा गणेश कुमार अधिकारी, सचिवमा मधुमालती अधिकारी,...

रमना पाठशालामा विद्यार्थी आफैले चुने नेतृत्व

घोराही, २० जेठ । रमना पाठशाला घोराही–१२ का विद्यार्थीहरुले मतदान गरेर नेतृत्व चयन गरेका छन । शुक्रवार स्कुलका बिद्यार्थीहरूले मतदान मार्फत स्कुलका कप्तान र उप कप्तान छानेका हुन । विद्यालयको कप्तानमा कक्षा १० मनोज बिक र उपकप्तानमा कक्षा ८ की निशा भण्डारी विजयी हुनु भएको छ । कप्तानका लागि ७ र उपकप्तानका लागि ३ जनावीच प्रतिष्पर्धा भएको थियो ।...

स्थापना दिवसमा मानव सेवा आश्रमलाई खाद्यान्न सहयोग

तुलसीपुर, ६ जेठ । पेशागत महासंघ दाङले स्थापना दिवसका अवसरमा तुलसीपुर ६ स्थित मानव सेवा आश्रममा खाद्यान्न सामग्री सहयोग गरेको छ । पेशागत महासंघ दाङका अध्यक्ष खिमबहादुर डाँगीको अध्यक्षता एवं तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । स्थापना दिवसका अवसरमा फलफूल र खाद्यान्न सामग्री नगरप्रमुख टीकाराम खड्काले हस्तान्तरण गर्नुभएको हो । कार्यक्रममा प्रमुख अतिथि खड्काले...

मानव सेवा आश्रममा युवा संघद्धारा खाद्यान्न वितरण

घोराही, १ जेठ । राष्ट्रिय युवा संघ नेपाल दाङले संगठनको ३४ औं स्थापना दिवसको अवसरमा असहायलाई खाना तथा आश्रममा खाद्यान्न सहयोग गरेको छ । मानव सेवा आश्रम तुलसीपुरमा रहनु भएका ५४ जना आश्रितहरुलाई खाना खुवाइएको र आश्रमलाई चामल, दाल, तरकारी र फलफूल उपलव्ध गराइएको हो । आश्रमका सञ्चालक हिरु जोशीलाई खाद्य सामग्री हस्तान्तरण गरिएको युवा संघ दाङले जनाएको छ...

स्थापना दिवसमा अनेरास्ववियुले गर्यो रक्तदान

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको ५९ औं स्थापना दिवसको अवसरमा घोराहीमा रक्तदान गरिएको छ । अनेरास्ववियु दाङको आयोजनामा सोमबार राप्ती इन्जिनियरिङ कलेजमा रक्तदान कार्यक्रम गरिएको हो । सो अवसरमा २५ जनाले रक्तदान गरेका छ्न । रक्तदान गर्नेहरुमा संगठनको तर्फबाट संगठका जिल्ला उपाध्यक्ष बसन्तप्रसाद भण्डारी, गणेश खड्का, सचिव लक्ष्मण गिरीलगायत नारायण न्यौपाने, बिशाल चौधरी, प्रमोद पौडेल, इञ्जिनियरिङ कलेजका...

प्रतिष्ठानमा सुत्केरीको मृत्यु, उच्चस्तरीय बैठक निष्कर्षविहीन

घोराही, २९ वैशाख । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा सुत्केरीको मृत्यु भएपछि आफन्तले न्यायको माग गर्दै गरेको आन्दोलन पछि बसेको दुई चरणको उच्चस्तरिय बैठक निष्कर्षविहीन भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा सुत्केरीको मृत्यु भएपछि आफन्तले न्यायको माग गर्दै आन्दोलन गरेका हुन् । घोराही उपमहानगरपालिका वडा नम्बर ८ सौरीकी मधु बुढाथोकी केसीको हिजो प्रतिष्ठानमा मृत्यु भएपछि घटनाको उचित अनुसन्धान...

ताजा समाचार