छात्रवृत्ति कार्यान्वयन भएनभएको अनेरास्ववियुले अनुगमन गर्छ : महासचिव
दाङ, २३ वैशाख । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका महासचिव नरेश रोकायले संस्थागत विद्यालयमा दश प्रतिशत छात्रवृत्ति कार्यान्वयन भएनभएको अनेरास्ववियुले अनुगमन गर्ने बताउनु भएको छ ।
अनेरास्ववियु दाङले शनिवार तुलसीपुरमा आयोजना गरेको नवनिर्वाचित स्ववियु पदाधिकारी तथा सदस्यहरुलाई स्वागत सम्मान एवं प्रशिक्षण कार्यक्रममा बोल्दै महासचिव रोकायले संस्थागत विद्यालयले लक्षित वर्गलाई छात्रवृत्ति नदिएको आरोप लगाउनुभयो ।
महासचिव रोकायले संस्थागत विद्यालयमा...
प्रोग्रेसिभ इञ्जिनियर्स दाङको अध्यक्षमा केसी
दाङ, २३ वैशाख । प्रोग्रेसिभ इञ्जिनियर्स एशोसियसन नेपाल दाङको अध्यक्षमा इञ्जिनियर गिरीराज केसी सर्वसम्म चयन हुनुभएको छ ।
शनिवार घोराहीको बाह्रकुनेमा भएको दोस्रो जिल्ला अधिवेशनले केसीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । यसैगरी उपाध्यक्षमा इ मालती दसौदी, सचिवमा ई पिताम्वर पुन, सहसचिवमा ई श्रीनारायण चौधरी, कोषाध्यक्षमा ई सनत पाण्डे सर्वसम्मत निर्वाचित हुनु भएको छ ।
यसैगरी सदस्यहरुमा इञ्जिनियरहरु आरआर चौधरी,...
नेपाल निजामती कर्मचारी संगठन तुलसीपुरको अध्यक्षमा हिमाल शर्मा
दाङ, १८ वैशाख । नेपाल निजामती कर्मचारी संगठन तुलसीपुर उपमहानगर कमिटीको अध्यक्षमा हिमाल शर्मा चयन हुनुभएको छ । सोमबार तुलसीपुरमा भएको भेलाले हिमाल शर्मालाई अध्यक्षमा चयन गरेको हो ।
संगठनको रिक्त रहेको अध्यक्षमा इन्जिनियर हिमाल शर्मा, कोषाध्यक्षमा प्रकाश केसी, सदस्यहरुमा इन्जिनियर मिना योगी, पदम भण्डारी र सिन्धु हमाललाई भेलाले चयन गरेको संगठनका जिल्ला सचिव बाबुराम न्यौपानेले जानकारी दिनुभयो ।
१३४औँ अन्तर्राष्ट्रिय...
चौतारीको साधारणसभामा पाँच पत्रकारलाई पुरस्कार दिइने
दाङ १६ बैशाख । प्रेस चौतारी नेपाल दाङ शाखाको बैठक सनिवार घोराहीमा सम्पन्न भएको छ । बैठकले बैशाख १८ मा गरिने चौतारी दाङको साधरणसभा तथा वनभोज कार्यक्रमलाई सम्पन्न गर्न जिम्मेवारी बाँडफाँड गरेको छ । बैठकले साधारणसभा सम्पन्न गर्न अतिथि सत्कार, माइन्यूट लेखन तथा व्यवस्थापनमा सुधासुमन ढकाल, महेश बस्नेत, दिप्तीशिखा चौधरी, मुना खनाललाई जिम्मेवारी दिएको छ । त्यसैगरेर आर्थिक व्यवस्थापनमा...
नेकपा स्थापना दिवस : फलफूल वितरण र स्वास्थ्य जाँच
घोराही, ९ वैशाख । नेपाल कम्युनिष्ट पार्टी स्थापनाको अवसरमा नेकपा एमाले दाङले आज ज्येष्ठ नागरिकहरुको स्वास्थ्य जाँच, विरामीहरुलाई फलफूल वितरण र मैत्रीपूर्ण भलिवल प्रतियोगिता गरेर मनाएको छ ।
विहान वेलझुण्डीस्थित रंगशालामा मैत्रीपूर्ण फूटवल प्रतियोगिता गरेको एमालेले दिउसो राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा विरामीहरुलाई फलफूल वितरण ग¥यो भने बेलुका घोराहीस्थित ज्येष्ठा नागरिक सरोकार केन्द्रमा रहेका ज्येष्ठ नागरिकहरुको स्वास्थ्य जाँच र फलफूल...
संगठनको ३३औं स्थापना दिवसमा शैक्षिक तथा खेलकुद सामग्री वितरण
दाङ, ७ वैशाख । नेपाल निजामती कर्मचारी संगठन दाङले आफ्नो स्थापना दिवसका अवसरमा शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेको छ । संगठनले ३३औं स्थापना दिवसको अवसर पारेर बिहीबार नवोदय बालकल्याण आधारभूत विद्यालय दक्षिण अमराईमा सागम्री हस्तान्तरण गरेको हो ।
उक्त अवसरमा विद्यालयलाई १२ थान झोला, १० दर्जन कापी, कलम, पेन्सिल, १ थान बल र पम्प र ६ थान स्मारिका हस्तान्तरण...
साहित्यिक रसपानसँगै सकियो त्रिभुवननगर जेसीजको सप्ताह
दाङ, ७ वैशाख । त्रिभुवननगर जेसीजको सप्ताहव्यापी कार्यक्रम ‘जेसीज सप्ताह–२०२३’ सम्पन्न भएको छ । वैशाख १ गतेदेखि सुरु भएको सप्ताह सातौँ दिन बिहीबार साहित्यिक रसपान कार्यक्रम गरी सम्पन्न भएको हो ।
अन्तिम दिन साहित्यिक रसपान कार्यक्रममा १५ जना श्रष्टाहरुले आफ्ना रचना वाचन गरेका थिए । विद्यमान समसामयिक विषयवस्तु, राजनीतिक विकृति एवं श्रृङ्गारिक भावसहितका विभिन्न रचनाहरु वाचन गरी सप्ताहको समापन भएको...
चर्को शैक्षिक शुल्क तत्काल रोक्न स्थानीय सरकारसँग अनेरास्ववियुको माग
दाङ, ७ वैशाख । अनेरास्ववियु दाङले नयाँ शैक्षिक सत्रसँगै निजी तथा सरकारी विद्यालयले विभिन्न वहानामा चर्को शुल्क लिएको भन्दै तत्काल रोक्न स्थानीय सरकारसँग माग गरेको छ ।
अनेरास्ववियुका जिल्ला अध्यक्ष गोविन्द बस्नेत नेतृत्वको टोलीले विहीवार तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्कालाई ज्ञापनपत्र बुझाउँदै आफुखुशी शुल्क असुलीरहेको भन्दै तत्काल रोक्न माग गरेको हो ।
नयाँ शैक्षिक सत्र सुरु भएसँगै दाङका निजी तथा सामुदायिक...
सप्ताहको छैठौँ दिन जेसीज मार्ग सरसफाइ, भोलि साहित्यिक कार्यक्रम गरी समापन हुने
दाङ, ६ वैशाख । त्रिभुवननगर जेसीजको जेसीज सप्ताहअन्तर्गत सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । जेसीज सप्ताहको छैठौं दिन जेसीज मार्ग तथा प्राङ्गण सरसफाइ गरिएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि घोराही उपमहानगरपालिका वडा नं. १५ का वडा अध्यक्ष रमेश कुमार पाण्डेयले सरसफाइ मानव स्वास्थको महत्त्वपूर्ण पक्ष भएको भन्दै सरसफाइमा विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो । आफू र आफ्नो घर मात्र...
जेसीज सप्ताहमा व्यक्तिगत वित्त व्यवस्थापन तालिम
दाङ, ५ वैशाख । त्रिभुवननगर जेसीजले सप्ताहव्यापी कार्यक्रम अन्तर्गत मंगलबार व्यक्तिगत वित्त व्यवस्थापन तालिम सम्पन्न गरेको छ । देशमा आर्थिक सङ्कट विद्यमान रहेको अवस्थामा सामान्य खर्चहरु कटौति एवं व्यवस्थापन गर्न सके पनि बचत गर्ने बलियो आधार हुने भएकोले वित्त व्यवस्थापन तालिमको आयोजना गरिएको जेसीज सप्ताहका मूल संयोजक अमर अधिकारीले बताउनुभयो ।नबिल बैंक देउखुरी सेक्टर प्रमुख मुरारी कुमार अर्यालको प्रमुख...














