https://xvamoney.xyz/776345230639204/

तुलसीपुर उपमहानगरको दोस्रो नगर अधिवेशन आज

तुलसीपुर, २१ चैत । तुलसीपुर उपमहानगरपालिकाको दोस्रो नगर अधिवेशन आज देखि सुरु हुँदैछ । अधिबेशनलाई मुख्यन्त्री शंकर पोख्रेलले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेले बताउनुभयो । अधिवेशनमा निर्वाचित संघ र प्रदेशका सभासद, राजनीतिक दलका प्रमुख, तुलसीपुर र बिजौरी उद्योग वाणिज्य संघका अध्यक्ष, र पत्रकारहरुलाई पर्यवेक्षकका रुपमा सहभागी गराइने भएको छ । अधिवेशनमा उत्कृष्ट जनमुखी काम गर्ने वडाका...

नेविसंघद्वारा प्रदेश ६ का मन्त्रीकाे गाडी तोडफोड

सुर्खेत, २१ चैत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयका कार्यवाहक स्ववियू सभापति पक्राउको विरोधमा प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले भौतिक पूर्वाधार विकास मन्त्री खड्क खत्रीको गाडीमा तोडफोड गरेका छन् । नेविसंघ सम्बद्ध विद्यार्थीहरुले बुधबार बिहान मन्त्री खत्रीको बा २ झ १५६६ नम्बरको गाडीमाथि तोडफोड गरेका हुन् । ताेडफोडबाट गाडीको अगाडि भागको सीसा फुटेको छ । गाडीमा मन्त्री खत्री नभएर सांसद् धर्म रेग्मी सवार थिए । प्रहरीका अनुसार उनी...

वैशाख ९ मा पार्टी एकता गर्न कार्यदलको प्रस्ताव

काठमाडौँ, २० चैत । एमाले र माओवादी केन्द्रबीच पार्टी एकतासम्बन्धी प्रस्ताव तयार गर्न गठित कार्यदलले कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा वैशाख ९ गते एकता घोषणा गर्नुपर्ने प्रस्तावसहितको प्रतिवेदन वाम एकता संयोजन समितिलाई बुझाएको छ । एकीकृत पार्टीको संगठनात्मक संरचना र राजनीतिक दस्तावेज तयार गर्न दुइटा कार्यदल बनेका थिए । ती कार्यदलले प्रतिवेदन तयार गरी दुवै दलका अध्यक्ष समेत रहेको संयोजन समितिलाई बुझाएका...

द्वन्द्वपीडित घाइते तथा अङ्गभङ्ग प्रतिशत सिफारिस 

घोराही, २० चैत । सशस्त्र द्वन्द्वका क्रममा दाङमा अङ्गभङ्ग भएका घाइतेहरुको अपाङ्गता प्रतिशत निर्धारण गरिएको छ । प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठको संयोजकत्वमा रहेको सशस्त्र द्वन्द्वमा घाइते भएका व्यक्तिहरुको प्रतिशत निर्धारण एवं पुनरावलोकन सिफारिस समिति दाङले चैत २० गते शान्ति सचिवालयमा ५० जनाको नाम र प्रतिशत सिफारिस गरेको हो । सशस्त्र द्वन्द्वमा घाइते भएका व्यक्तिहरुको प्रतिशत निर्धारण एवं पुनरावलोकन उपसमितिले सिफारिस...

‘घोराहीलाई महको हबका रुपमा विकास गरिनुपर्छ’

घोराही, २० चैत । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले माहुरी पालक किसानहरुलाई महको स्रोतमा विषेश ध्यान दिन आग्रह गर्नुभएको छ । अम्बिकेश्वरी माहुरीपालन सहकारी संस्था घोराही १५ ले आज माहुरी पालक किसानहरुसँग आयोजना गरेको छलफल कार्यक्रममा नगर प्रमुख चौधरीले महको स्रोतमा लगानी गर्न किसानहरुलाई आग्रह गर्नुभएको हो । माहुरी पालनका लागि घोराही उपमहानगरका विभिन्न वस्तीहरु हावापानीका कारणले उत्तम रहे पनि...

सहकारी अब उत्पादन एवं प्रशोधनमा केन्द्रित हुनुपर्छः मेयर चौधरी

घोराही, २० चैत्र । दिगो विकासमा सहकारीलाई केन्द्रित गर्ने गरी आज ६१ औँ राष्ट्रिय सहकारी दिवस मनाइएको छ । दाङमा पनि सहकारी संस्थाहरुको आयोजनामा जिल्लाभरीका विभिन्न पालिकाहरुमा विभिन्न कार्यक्रमको आयोजना गरी ‘दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी’ भन्ने नाराका साथ दिवस मनाइएको छ । घोराहीमा र्‍यालीसहित अन्तरक्रिया कार्यक्रमको आयोजना गरी सहकारी संस्थाहरुलाई बहुआयामिक बनाउने लक्ष्यका साथ दिवस मनाइएको हो । जिल्ला...

स्वास्थ्य स्वयंसेविकालाई सम्मान

मातृशिशु स्वास्थ्य सुधारमा थप लगानी गरिने घोराही, २० चैत्र । घोराही उपमहानगरपालिकाले नगर क्षेत्रका २० जना महिला स्वास्थ्य स्वयंमसेविकाहरुलाई सम्मान गरेको छ । महिला र बालबालिकाको स्वास्थ्य प्रवर्द्धनमा उल्लेखनीय भूमिका खेलेको भन्दै २० जना महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरिएको हो । घोराही उपमहानगरपालिकाका १९ वटै वडाबाट समेटिने गरी २० जना महिला स्वयंसेविकालाई सम्मान गरिएको उपमहानगरले जनाएको छ । महिला स्वास्थ्य स्वयंसेविका...

कलाकार मदनकृष्ण श्रेष्ठलाई पत्नीशोक

काठमाडौँ, २० चैत । कलाकार मदनकृष्ण श्रेष्ठलाई पत्नीशोक परेको छ । उनकी पत्नी ६७ वर्षीया यशोदा श्रेष्ठको सोमबार राति पौने ११ बजे निधन भएको हो । ८ वर्षदेखि क्यान्सरपीडित श्रेष्ठको हरिसिद्धिस्थित क्यान्सर अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । श्रेष्ठको पशुपति आर्यघाटमा मंगलबार नै अन्तिम संस्कार गर्ने कार्यक्रम छ । २००८ साल पुस १४ गते ललितपुरको कुपण्डोलमा जन्मिएकी श्रेष्ठको मदनकृष्णसँग ३५ वर्षअघि विवाह भएको...

पेट्रोल र डिजलको मूल्यवृद्धि

काठमाडौँ, १९ चैत । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यबृद्धि गरेको छ । स्वचालित मूल्य प्रणालीअनुसार निगमले पेट्रोल, डिजल र मट्टितेलमा २/२ रुपैयाँ मूल्यवृद्धि गरेको हो । नयाँ मूल्यअनुसार पेट्रोल १०५ रुपैयाँ भएको छ भने , डिजल र मट्टितेल ८५ रुपैयाँ पुगेको छ । निगमका अनुसार पेट्रोलमा ३ रुपैयाँ १० पैसा र डिजेल तथा मट्टिटेलमा ९६ पैसा घाटा भएको छ । भारतभन्दा नेपालमा पेट्रोल २३ रुपैयाँ...

शिक्षा कार्यालयमा तालाबन्दी

घोराही, १९ चैत । शिक्षक दरबन्दी मिलानको निर्णय कार्यान्वयनको माग गर्दै दाङका शिक्षकहरुले जिल्ला शिक्षा कार्यालयमा तालाबन्दी गरेका छन् । शिक्षक महासंघको अगुवाइमा सोमबार निर्णय कार्यान्वयनको माग गर्दै शिक्षा अधिकारी रमेशप्रसाद मैनालीलाई भेट्न गएका शिक्षकहरुले माग सुनुवाई नभएको भन्दै शिक्षा कार्यालयको दुवै गेटमा तालाबन्दी गरेका हुन् । लामो समयदेखि जिल्लामा शिक्षक दरबन्दी मिलान नहुँदा समस्या भएपछि जिल्ला समन्वय समितिको अगुवाइमा गठन...

ताजा समाचार