https://xvamoney.xyz/776345230639204/

दुर्व्यसन रोक्न अतिरिक्त कक्षाको माग

घोराही, १९ चैत । बढ्दो दुर्व्यसन रोक्न विद्यालयमै अतिरिक्त कक्षा सञ्चालन गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । जिल्लास्तरीय युवा समूहको आयोजना तथा इन्सेकको समन्वयमा सोमवार सौंडियारमा भएको अन्तरक्रिया कार्यक्रममा बोल्ने सरोकारवालाहरुले विद्यालयमा अतिरिक्त कक्षा सञ्चालनको माग गरेका हुन् । साथै उनीहरुले टोल–टोल सचेतनामूलक कार्यक्रम पनि गर्नुपर्नेमा जोड दिएका छन् । साथै उनीहरुले विद्यालय परिसरमा मादक पदार्थ, तथा सूर्तीजन्य वस्तु बिक्रीमा...

महायज्ञमा प्रहरीको दुर्व्यवहार

घोराही, १९ चैत । घोराहीमा जारी धनलक्ष्मी महायज्ञमा प्रहरीले दुर्व्यवहार गरेको आयोजकले जनाएको छ । आइतबार साँझ आरतिको समयमा जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी हवल्दार लालबहादुर रावतले जवरजस्ती धार्मीक कार्य विथोल्ने प्रयास गरेको आयोजकले सोमबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । मादक पदार्थ सेवन गरी आएका प्रहरीले भक्तजनहरुसहित आरति तथा भजनकृतनको कामलाई विथोल्न माइक, साउण्ड सिस्टम बन्द गरिदिएको आयोजक...

तुलसीपुरको नगर अधिवेशनमा मुख्यमन्त्रीको विशेष सम्बोधन हुने

तुलसीपुर, १९ चैत । यही चैत २१ गतेबाट हुने तुलसीपुर उपमहानगरपालिकाको दोस्रो नगर अधिवेशनलाई मुख्यमन्त्री शंकर पोख्रेलले विशेष सम्बोधन गर्नुहुने भएको छ । तुलसीपुर उपमहानगरपालिकाको कार्यपालिकाको आज बसेको बैठकले नगर अधिवेशनमा मुख्यमन्त्रीलाई आमन्त्रण गर्ने निर्णय गरेको हो । तुलसीपुर उपमहानगरपालिकाका प्रवक्ता सुर्यवहादुर डाँगीका अनुसार अधिवेशनमा निर्वाचित संघ र प्रदेशका सभासद, राजनीतिक दलका प्रमुख, तुलसीपुर र विजौरी उद्योग वाणिज्य संघका अध्यक्ष र...

दाङमा झण्डै ९ हजार पशुपंक्षीको बिमा

घोराही, १९ चैत । दाङका पशुपालक किसानहरु पशुपंक्षी बिमा गराउन अग्रसर देखिएका छन् । बिमा गराउँदा सरकारले अनुदान दिन थालेपछि दाङ जिल्लामा पशु बिमा गर्ने क्रम बढ्दै गएको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ । पशु बिमा गर्दा लाग्ने कुल खर्चको ७५ प्रतिशत रकम सरकारले अनुदान बापत बिमा कम्पनीलाई भुक्तानी दिएसँगै पशुपंक्षी बिमा गर्ने क्रम बढ्दै गएको कार्यालय प्रमुख डा....

संघीय संसदको बैठक बस्दै, खड्काको शोक प्रस्ताव समेत कार्यसूचीमा

दाङ, १९ चैत । संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा र राष्ट्रिय सभाको छुट्टाछुट्टै बैठकले पूर्वमन्त्री समेत रहेका कांग्रेस नेता खुमबहादुर खड्काको निधनप्रति शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयका सहप्रवक्ता केशव अर्यालले जानकारी दिनुभयो । २०४८, ५१ र ५६ गरी तीनपटक दाङबाट प्रतिनिधिसभामा निर्वाचित खड्काको गत शुक्रबार भारतको नयाँ दिल्लीस्थित...

युटुवको फस्ट ट्रेडिङमा ‘कोहलपुर एक्सप्रेस’

दाङ । ‘कोहलपुर एक्सप्रेस’ चलचित्रको ट्रेलर युट्युब ट्रेन्डिङमा एक नम्बरमा आइपुगेको छ । अभिनेत्री केकी अधिकारीको निर्माण र अभिनय रहेको चलचित्र ‘कोहलपुर एक्सप्रेस’ को ट्रेलरमा केकी अधिकारी, प्रियंका कार्की, ऋचा शर्मा, बुद्धि तामाङ, रविन्द्र झा, विनोद न्यौपाने लगायतका  कलाकार फिचरिङ छन् । केमडी जनरामा निर्माण भएको चलचित्रलाई विशाल भण्डारीले निर्देशन गरेका छन् । चलचित्रमा अर्जुन पोखरेल, कालीप्रसाद बाँस्कोटा र राजनराज सिवाकोटीको...

अवैध रुपमा ढुङ्गा निकासी गर्दै गरेका एस्काभेटरसहित ट्रेक्टर नियन्त्रणमा

दाङ, १९ चैत । जिल्ला समन्वय समितिको नेतृत्वमा गएको अनुगमन टोलीले घोराही उपमहानगरपालिका ४ को पालुधान र रानीदमारवाट अवैध रुपमा ढुङ्गा निकासी गरिरहेका एउटा एस्काभेटरसहित १० वटा ट्रेक्टरलाई नियन्त्रणमा लिएको छ । प्रक्राउ गरेका टेक्ट्रर जिल्ला समन्वय समितिको मञ्च प्राङ्गणमा राखिएको छ । नियन्त्रणमा लिएका एस्काभेटर र ट्रेक्टरलाई कानूनी कारवाही अघि बढाएको जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीले बताए ।...

मनपरी घर भाडा, सरकारलाई कर भने न्यून

घोराही, १९ चैत्र । घोराही उपमहानगरपालिकाभित्र घरधनीले डेरागरी बस्नेहरुसँग मनपरी घर भाडा असुल्ने तर घरबहाल कर भने न्यूनले मात्रै बुझाउने गरेको पाइएको छ । घोराही उपमहानगरपालिकामा करिब १० देखि १५ प्रतिशत घरधनीले मात्र घरबहाल कर बुझाउने गरेको घोराही उमहानगरपालिका कर शाखाका प्रमुख बासुदेव पोख्रेलले जानकारी दिनुभयो । रेडियो मध्यपश्चिमसँग कुरा गर्दै कर शाखा प्रमुख पोख्रेलले उपमहानगरपालिकाको बजार क्षेत्रमा करिब ११...

मोटोपन घटाउने अचुक सुत्रहरु

दुब्लापातलालाई मोटाउन सजिलो छ । खाना बढी खाने, प्रशस्त आराम गर्ने, अरु समयभन्दा अरु बढी सुत्ने र फेरि खानेकुराहरु खान नछाड्ने । तर, मोटाउँदै जान थालेपछि दुब्लाउन भने साँच्चै सोचेजस्तो सहज छैन । लागिसकेको भद्दा ज्यान घटाउन साँच्चै मुस्किल छ । भन्नेहरुले त कम खाने अझ भोकभोकै बस्ने (डाइटिङ) हो भने ज्यान मज्जाले घट्छ पनि भन्छन् तर यो तरिका...

आगलागीका जोखिमबाट बच्न घोराही उपमहानगरको आग्रह

घोराही, १२ चैत्र । घोराही उपमहानगरपालिकाले गर्मी र हावाहुरी चल्ने मौसममा आगलागीका जोखिमहरु बढ्ने भन्दै सावधानी अपनाउन नगरबासीहरुलाई अनुरोध गरेको छ । उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले सोमबार एक विज्ञप्ति जारी गरी गर्मी मौसममा हुने आगलागीबाट बच्न र बचाउन नगरबासीलाई अनुरोध गर्नुभएको हो । हावाहुरी र सुख्खा मौसम सुरुवात भएकोले आगलागी, डढेलो तथा अन्य बिपद्का घटना घट्नसक्ने उच्च जोखिमहरु रहेको भन्दै मेयर...

ताजा समाचार