https://xvamoney.xyz/776345230639204/

घोराहीमा बुद्ध इन्टरनेशनल हस्पिटलको उद्घाटन

घोराही, ११ चैत्र । दाङको घोराहीमा विशेषज्ञ सेवासहितको बुद्ध इन्टरनेशनल हस्पिटल प्रालिको उद्घाटन गरिएको छ । गत पुस १ गतेदेखि सेवा सुरु गरेको हस्पिटलको आज औपचारिकरुपमा उद्घाटन गरिएको छ । हस्पिटल सञ्चालन समितिका अध्यक्ष बमबहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले रिवन काटेर हस्पिटलको उद्घाटन गर्नुभएको हो । घोराही उपमहानगरपालिका १५ सडक विभागको ओरालोमा स्थापना गरिएको हस्पिटलमा...

वातावरणमैत्री नगर बनाउन मेयरको पहल

घोराही, ११ चैत्र । वायु गुणस्तर मापन केन्द्र स्थापनाका लागि घोराही उपमहानगरपालिका र वातावरण मन्त्रालय वातावरण विभागबीच सम्झौता भएको छ । घोराही उपमहानगरपालिकाको वडा नम्बर २ रामपुरमा उक्त वायु गुणस्तर मापन केन्द्र स्थापना गर्नेगरी उपमहानगरका मेयर नरुलाल चौधरी र विभागका सिनियर डिभिजनलर केमिस्ट शंकरप्रसाद पौडेलबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । पश्चिमबाट पूर्वतर्फ हावाको बहाव बहने भएका कारण घोराही सिमेन्ट...

विद्यार्थीको मन जित्दै एक्सपर्ट एजुकेशन

४ जना अष्ट्रेलिया पठाउन सफल घोराही, ११ चैत्र । छोराछोरीको उज्वल भविष्य चाहने कुन चाहिँ आमा–बुवाको मन हुँदैन होला र ? अनि आफ्नो छोराछोरीलाई राम्रोे शिक्षा दिएर असल मानिस बनाउने बुवा आमाको कर्तव्य पनि हो । आमा बुबा तिनै छोराछोरीलाई अन्तर्राष्ट्रियस्तरको शिक्षा दिने सोच हुँदाहुँदै पनि कतिपय कुराहरु थाहा नहुँदा समय त्यसै खेर गइरहेको हुन्छ । तपाँईले आफ्ना छोराछोरीलाई अष्ट्रेलियामा पढाउने...

७ वटा कानुन र नियमावली पारित गर्दै घोराही उपमहानगर

घोराही, १० चैत्र । घोराही उपमहानगरपालिकाले नयाँ संरचनाअनुसार कार्य सञ्चालन तथा नियमनका लागि कानुन पारित गर्न थालेको छ । हिउँदे दोस्रो नगरसभाको आयोजना गरी उपमहानगरले कानुन पारित गर्न थालेको हो । आज उद्घाटन गरिएको नगरसभामा नगर प्रमुख नरुलाल चौधरीले ७ वटा कानुन र नियमावली पारित गर्ने जानकारी दिनुभएको छ । नगरसभाले आर्थिक कार्यबिधी नियमित तथा व्यवस्थित गर्न बनेको ऐन, सहकारी ऐन,...

कोठरीमा दुर्गामाता मन्दिरको उद्घाटन

घोराही, १० चैत्र । तुलसीपुर उपमहानगरपालिका १५ कोठरीमा निर्माण गरिएको दुर्गामाता मन्दिरको उद्घाटन गरिएको छ । तुलसीपुर उपमहानगरपालिका १४ र १५ का जनप्रतिनीधि र अस्थायी प्रहरी पोष्ट कोठरीको सहयोगमा मन्दिर निर्माण गरिएको हो । मन्दिर निर्माणका लागि तीन लाख खर्च भएको अस्थायी प्रहरी पोष्ट कोठरीले जनाएको छ । मन्दिर निर्माणका लागि दुई वडा कार्यालयले एक लाख पचास हजारका दरले आर्थिक...

चलायमान कानुन बनाउन मुख्यमन्त्रीको सुझाव

घोराही, १० चैत्र । प्रदेश नम्बर ५ का मुख्यमन्त्रि शंकर पोख्रेलले आर्थिक व्ययभारलाई मध्यजनर गरेर कानुन बनाउन स्थानिय तहहरुलाई सुझाव दिनुभएको छ । घोराही उपमहानगरपालिकाको दोस्रो नगरसभालाई आज घोराहीमा सम्बोधन गर्दै मुख्यमन्त्री पोख्रेलले जनताले थेग्न सक्ने, चलायमान बनाउन सक्ने र नबाझिने गरी कानुन बनाउन निर्देशन दिनुभएको हो । उपमहानगरले दोस्रो नगरसभाबाट आधा दर्जन बिभिन्न बिषयका कानुनहरु पारित गर्ने तयारी गरेको...

जेसिजको पूर्वपरिचय तालिम सम्पन्न

दाङ, चैत्र ९ । त्रिभुवननगर जेसिज दाङका नयाँ सदस्यहरुको लागि पूर्वपरिचय तालिम शुक्रबार सम्पन्न भएको छ । तालिममा विभिन्न क्षेत्रबाट जेसिज बन्न चाहने व्यक्तिहरु सहभागी थिए । तालिम प्रतिष्ठानका अध्यक्ष कुमारराज श्रेष्ठ प्रमुख प्रशिक्षक र पूर्वअध्यक्ष रजिव उल्लाह खान र पुष्प आचार्य प्रशिक्षक रहेको तालिममा जेसिजको बारेमा जानकारी दिइनुका साथै जेसिजका सदस्यहरुले अपनाउनु पर्ने अनुशासन लगाएतको बारेमा प्रशिक्षण दिइएको थियो...

थापासहित तीनजना हिरासतमुक्त

घोराही, ९ चैत । सामाजिक सञ्जाल फेसबुकमा व्यक्तिगत चरित्र हत्या गर्नेगरी लेखेको भन्दै शुक्रवार पक्राउ परेका घोराहीका पत्रकार सागर थापासहित तीनजनालाई प्रहरीले बेलुका हिरासतमुक्त गरेको छ । हिरासतमुक्त हुनेमा घोराही उपमहानगरपालिका–४ की संगीता खनाल र वडा नं. १० का विष्णुकुमार देवकोटा पनि हुनुहुन्छ । घोराही सिमेन्ट उद्योगले वातावरणीय प्रदूषण गरेको विषयमा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीलाई जोडेर विभिन्न अपशब्द प्रयोग...

विदेशमा रहेका नेपालीलाई मताधिकार दिन सर्वोच्चको आदेश

काठमाडौँ, ८ चैत्र । विदेशमा रहेका नेपालीहरूका लागि पनि मतदानको अधिकार सुनिश्चित गर्न सर्वोच्च अदालतले सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ । न्यायाधीशद्वय सपना मल्ल प्रधान र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले विदेशमा रहेका नेपालीको हकमा मतदानको कानुनी व्यवस्था गर्न आदेश दिएको हो । विदेशमा रहेका नेपालीलाई मतदानको अधिकारबाट वञ्चित गर्न नहुने माग राखी सामाजिक न्यायका लागि कानुन तथा नीति नियम मञ्चले...

जिल्लास्तरीय परीक्षाको मेयरद्वारा निरीक्षण

घोराही, ८ चैत्र । घोराही उपमहानगरपालिका आफैले सञ्चालन गरेको कक्षा ८ को जिल्लास्तरीय परीक्षाको नगर प्रमुख नरुलाल चौधरी सहितको टोलीले निरीक्षण गरेको छ । बिहीबारदेखि सुरुभएको कक्षा ८ को जिल्लास्तरीय परीक्षाको नगर प्रमुख चौधरीसहित उपमहानगरका शिक्षा शाखाका प्रमुख नारायणप्रसाद पौडेल, रझेना स्रोत केन्द्रका स्रोत व्यक्ति रामप्रसाद जैशी र उपमहानगरका प्रेस संयोजक निमुसंगम घर्तीले अनुगमन तथा निरीक्षण गर्नुभएको हो । बिहीबार पहिलो...

ताजा समाचार