घाेराही प्याब्सनकाे निबन्ध प्रतियोगिता तथा प्रअ भेला सम्पन्न
घोराही, फागुन २१ । प्याब्सन घोराही नगर कमिटीको आयोजनामा निबन्ध प्रतियोगिता तथा प्रधानाध्यापक भेला शनिबार घोराहीमा सम्पन्न भएको छ । घोराही १७ चौघेरास्थित मनकामना इङ्लिस सेकन्डरी स्कुलमा सम्पन्न भएको हो । प्याब्सन घोराही नगर कमिटी अध्यक्ष वीरेन्द्र चन्दको अध्यक्षता एवं प्याब्सनका निवर्तमान केन्द्रीय सल्लाहकार नारायण अधिकारीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा प्याब्सन दाङका वरिष्ठ सल्लाहकार केशव...
मिसन ग्रासरुट अभियान : प्रेस चौतारीद्वारा दाङका आठ स्थानीय तहमा भेला
दाङ,२० फागुन । नेकपा एमालेले सञ्चालन गरेको मिसन ग्रासरुट अभियानलाई सफल बनाउन प्रेस चौतारी नेपाल दाङले जिल्लाका आठ वटा स्थानीय तहमा भेला तथा प्रशिक्षण गरेको छ ।
चौतारीलाई थप व्यवस्थित गर्ने र ग्रासरुट अभियानको प्रभावकारीरुपमा सूचना प्रवाह गर्न भेला प्रशिक्षण गरिएको हो ।
फागुन १९ गते दंगीशरण, राजपुर र बंगलाचुलीमा भेला प्रशिक्षण गरेको चौतारीले फागुन २० गते तुलसीपुर उपमहानगरपालिका,...
प्रेस चौतारीले दाङका १०वटै पालिकामा प्रशिक्षण चलाउने
दाङ, १६ दाङ । प्रेस चौतारी दाङले जिल्लाका १० वटै पालिकामा प्रशिक्षण चलाउने भएको छ । नेकपा एमाले प्रचार विभाग दाङ र प्रेस चौतारी दाङको मंगलवार भएको विशेष भेलाले फागुन १९ र २० गते जिल्लाका सबै पालिकामा प्रशिक्षण चलाउने निर्णय गरेको हो ।
पार्टीले सञ्चालन गरेको ‘ग्रास रुट’ अभियानसँगै चौतारीले प्रशिक्षण र भेला थालेको चौतारी दाङका सचिव किरण गौतमले बताउनुभयो ।...
अनेरास्ववियुका ३६ जनाले गरे रक्तदान
दाङ–अनेरास्ववियु केन्द्रीय आयुर्वेद विद्यापीठ बेलझुण्डीको आयोजनामा रक्तदान कार्यक्रम गरिएको छ । दाङमा रगतको अभाव हुन नदिन आयोजना गरिएको कार्यक्रममा ३६ जनाले रक्तदान गरेका हुन ।
अनेरास्ववियु केन्द्रीय आयुर्वेद क्याम्पसका अध्यक्ष डा प्रशान्त श्रेष्ठको अध्यक्षता तथा नेपाल संस्कृत विश्वविद्यालय आयुर्वेद अध्ययन संस्थानका डिन डा मंगलाकान्त झाको प्रमुख आतिथ्य एवं नेकपा एमाले तुलसीपुरका अध्यक्ष माधब वलीको विशिष्ट आतिथ्यमा भएको कार्यक्रममा अनेरास्ववियुका...
कर्मचारी संगठन दाङले पौडेललाई सम्मान गर्ने
घोराही, ९ फागुन । नेपाल निजामती कर्मचारी संगठन दाङले संगठनमा आवद्ध भई लामो समय योगदान दिनुभएका तत्कालीन भूमिसुधार कार्यालय दाङका नायवसुब्बा भोजराज पौडेललाई सम्मान गर्ने भएको छ ।
संगठन दाङका अध्यक्ष शेरबहादुर केसीका अनुसार, २०४८ सालको ५६ दिने आन्दोलनमा सहभागी भई आन्दोलनको अग्रमोर्चामा खटिएका कारण सेवाबाट बर्खास्त तत्कालीन भूमिसुधार कार्यालय दाङका नायवसुब्बा पौडेललाई यही फागुन १३ गते एक समारोहका बीच...
त्रिभुवननगर जेसीजद्वारा गुरुकुललाई सहयोग सामग्री हस्तारन्तरण
दाङ, ८ फागुन । त्रिभुवननगर जेसिजले गोरखनाथ वैद्धिक गुरुकुल चौघेरालाई विभिन्न सहयोग सामग्री हस्तान्तरण गरेको छ । चौघेरास्थित वैदिक गुरुकुलको छात्रावासमा आगलागी हुँदा बटुक भान्साघरलगायतका सामग्री जलेर नष्ट भएपछि सहयोग स्वरुप त्रिभुवननगर जेसीजले विभिन्न सामग्री हस्तान्तरण गरेको हो ।
आज गुरुकुलमै पुगेर जेसिज पदाधिकारीहरुले नयाँ बाकस ५ थान, आगलागीमा जलेका ११ थान बाकस मर्मत गरि कुल १६ थान बाकस, ५...
प्रदेशस्तरीय प्रदर्शनीमा लोकदोहोरी र लोकनृत्य प्रतियोगिता हुने
घोराही, १ फागुन । फागुन ३ गतेदेखी १३ गतेसम्म घोराहीमा हुने ‘लुम्बिनी प्रदेशस्तरीय साना तथा घरेलु उद्योग, पर्यटन तथा कृषि प्रदर्शनी २०७९’ मा विभिन्न प्रतियोगिताहरु हुने भएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघ दाङको आयोजनामा हुने महोत्सवमा जिल्लास्तरीय लोकदोहोरी गीत प्रतियोगिता र विद्यालय तथा संघसंस्थास्तरीय लोक नृत्य प्रतियोगिता हुने आयोजक मूल समितिले जानकारी दिएको छ ।
‘साना तथा...
फागुन १ र ३ गते सार्वजनिक बिदा
दाङ, २९ माघ । सरकारले फागुन १ गते जनयुद्ध दिवसका रूपमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले नेपालको राजनीतिक परिवर्तनमा जनयुद्धले पुर्याएको योगदानको कदर गर्दै सार्वजनिक बिदा दिने घोषणा गरेको प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमिल्सिनाले जानकारी दिनुभयो ।
२०५२...
धारपानीमा महाशिवरात्री मेला तीन दिन लाग्ने, मदिरा बेचबिखन र सेवनलाई निषेध
विमल योगी
दाङ, २९ माघ । दाङको प्रशिद्ध तीर्थस्थल धारपानीमा लाग्ने महाशिवरात्री मेला यस वर्ष तीन दिनसम्म लाग्ने भएको छ । पछिल्लो दिनमा देशका विभिन्न जिल्ला तथा छिमेकी देशबाट समेत भत्तजनको उल्लेख्य रुपमा उपस्थिति हुन थालेपछि यस वर्ष फागुन ५, ६ र ७ गते तीन दिन मेला लगाउन थालिएको हो ।
मेलालाई व्यवस्थित बनाउन पाण्डवेश्वर महादेव मन्दिर व्यवस्थापन समितिले तयारीलाई तीव्रता...
घोराही-तुलसीपुर सडक नबन्दा जनताले सास्ती भोगे– सांसद पोख्रेल
दाङ, २९ माघ । प्रतिनिधिसभा सदस्य माननीय मेनका कुमारी पोख्रेलले तत्काल घोराही–तुलसीपुर सडक खण्डको निर्माण कार्य अघि बढाउन सरकारसँग माग गर्नुभएको छ । आइतबार संसदको बैठकमा बोल्दै सांसद पोख्रेलले घोराही–तुलसीपुर चारलेन सडक समयमै बन्न नसन्दा जनताले सास्तीसँगै ज्यान गुमाउनु परिरहेको भन्दै यसलाई अघि बढाउन सरकारसँग माग गर्नुभएको छ ।
उहाँले सडक अवरोध गर्ने तहसम्म जनता पुगेकाले तत्काल निर्माणका लागि पहल...














