तुलसीपुर उपमहानगरपालिकाको हिउँदेसभा सुरु

तुलसीपुर २३ माघ । तुलसीपुर उपमहानगरपालिकाको हिउँदे सभा सुरु भएको छ । नगरप्रमुख टीकाराम खड्काको अध्यक्षतामा सभा सुरु भएको हो । सभाको प्रथम बैठकमा उपप्रमुख स्यानी चौधरीले शीर्षकान्तरण र रकमान्तरण प्रस्तुत गर्नुभएको हो । सभामा आर्थिक विकास समितिका संयोजक माधव वलीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । त्यस्तै सभामा विधायन समितिका संयोजक भीमबहादुर योगी, सुशासन समितिका संयोजक धर्मराज वलीले प्रतिवेदन...

ज्ञानमालाका विद्यार्थीले गरे खाद्यान्न सहयोग

महेश बस्नेत दाङ, माघ २० । ज्ञानमाला एकेडेमी घोराही १६ सर्राका विद्यार्थीहरुले घोराही उपमहानगरपालिका ३ कुहिरेपानीस्थित प्रेरणाका लागि अभियान नेपाललाई एक कार्यक्रमका बिच आज खाद्यान्न सहयोग गरेका छन् । विद्यालयमा गठित नेपाल जुनियर रेडक्रस सर्कलका अध्यक्ष जगत डाँगीको अध्यक्षता तथा प्रेरणाका लागि अभियान नेपालका अध्यक्ष श्रीधर कुमार लम्सालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्रिन्सिपल महेश बस्नेत तथा क्लबहरुका पदाधिकारीहरुले प्रेरणाका लागि...

अभिभावकको स्मृतिमा सौँडियार माविमा अक्षयकोष स्थापना

घोराही, ११ माघ । घोराही उपमहानगरपालिका ६ बेसाही निबासी सेनराज शाहले आफ्ना अभिभावक दिव‌ंगत सम्झनामा माध्यमिक विद्यालय सौँडियारमा ७५ हजार रुपैयाँको अक्षयकोष स्थापना गर्नुभएको छ । विद्यालयले बुधबार आयोजना गरेको ४९ औँ वर्षिकउत्वसका अवसरमा शाहले हजुर आमा दुर्गाकुमारी शाह, बुवा गिरिराज शाह र आमा लक्ष्मी शाहको स्मृतिमा सेनराजले विद्यालयमा उक्त धनराशीको अक्षयकोष स्थापना गर्नुभएको हो । ७५ हजार रुपैयाँको वार्षिकरुपमा आउने...

उपमेयर कप छात्रा भलिबलमा जयशेर मावि विजयी

घोराही, ११ माघ । घोराही उपमहानगरपालिका दाङले आयोजना गरेको तेस्रो नगरस्तरीय उपमेयर कप छात्रा भलिबल प्रतियोगिताको उपाधी जयशेर माध्यमिक विद्यालय रावतगाउँले जितेको छ । घोराहीको शहीद मञ्चमा बुधबार भएको अन्तिम खेलमा ३–१ सेटमा जयसेर मावि विजयी भएको हो । सामुदायिक र निजी गरी १६ वटा विद्यालयका छात्राहरुको सहभागिता रहेको थियो । अन्तिम खेलमा जयशेर मावि र पद्मोदय पब्लिक नमूना मावि भरतपुरबीच...

भेरी अस्पतालमा अब दैनिक १८ जनाको नि:शुल्क डायलाइसिस

बाँके, ८ माघ । बाँकेको भेरी अस्पतालमा दैनिक १८ जना मृगौला रोगीको नि:शुल्क डायलाइसिस हुने भएको छ । अस्पतालले यसभन्दा अगाडि तीनवटा मेसिनबाट दुई सिफ्टमा दैनिक ६ जनालाई डायलाइसिस सेवा दिँदै आएको थियो । अब ६ वटा मेसिनबाट दैनिक तीन सिफ्टबाट १८ जनाले सेवा पाउने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. बद्री चापागाईंले जानकारी दिनुभयो । स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले आइतबार...

बलात्कार घटनाका आरोपित पक्राउ

दाङ, ८ माघ । १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा घोराही उमनपा–९ का ६३ वर्षीय छबिलाल गुरुङलाई जिल्ला प्रहरी कार्यालय दाङले पक्राउ गरेको छ । माघ ५ गते बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी दिएपछि प्रहरीले आरोपितलाई पक्राउ गरी अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । आरोपितलाई हिरासतमा राखेर अनुसन्धान थालेको छ ।

सालका काठसहित तीनजना पक्राउ

दाङ, ८ माघ । अवैधरुपमा कटान गरिएको सालका काठसहित दाङ प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । घोराही उमनपा–१२ हिलेखर्कबाट नारायणपुरतर्फ रा १ ह ५३७५ नम्वरको अटोमा राखेर लैजाँदै गरेको बेला खुटीडाँडा सामुदायिक बन उपभोक्ता समितिका पदाधिकारीहरुले नियन्त्रणमा लिइ इलाका प्रहरी कार्यालय नारायणपुरलाई बुझाएका हुन । अटोमा राखेर ल्याइएका ५ दशमलव ८ क्यूफुट सालको काठ र ओसारपसारमा संलग्न घोराही उमनपा–१२ हिलेखर्कका...

प्रेस चौतारीले माघ २२ गते स्थापना दिवस मनाउने

घोराही, ७ माघ । प्रेस चौतारी नेपाल दाङ शाखाले यही माघ २२ गते आफ्नो स्थापना दिवस मनाउने भएको छ । प्रेस चौतारी दाङका अध्यक्ष इन्द्र डिसीको अध्यक्षता तथा संगठनका केन्द्रीय उपाध्यक्ष सविन प्रियासनको प्रमुख आतिथ्यतामा शनिबार घोराहीमा बसेको बैठकले माघको २२ गते तुलसीपुरमा रक्तदान कार्यक्रमसहित स्थापना दिवस भव्य रुपमा मनाउने निर्णय गरेको छ । यसैगरी प्रेस चौतारी नेपाल दाङ शाखामा...

बाह्रकुने स्वास्थ्य शिविरबाट ३ सय बढीले लिए आकस्मिक स्वास्थ्य सेवा

दाङ, १ माघ । बाह्रकुने दहमा लागेको माघी मेलामा सञ्चालित स्वास्थ्य शिविरबाट ३ सय बढीले आकस्मिक स्वास्थ्य सेवा लिएका छन् । बराहक्षेत्र संरक्षण तथा सम्वद्र्धन धार्मिक क्षेत्र (बाह्रकुने दह) मेलामा त्रिभुवननगर जेसीज, दाङ महिला जेसीज, रोटरी क्लब अफ दाङ, लायन्स क्लब अफ घोराही सिटी र घोराही उपमहानगरपालिका जनस्वास्थ्य प्रवर्द्धन शाखाले संयुक्त रुपमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका थिए । मेलामा...

त्रिभुवननगर जेसीजद्वारा मावि सौंडियारमा पुस्तकालय स्थापना

दाङ, १५ पुस । त्रिभुवननगर जेसीजले मावि सौंडियारमा पुस्तकालय स्थापना गरेको छ । त्रिभुवननगर जेसीजको नेतृत्वका लागि अध्ययन कार्यक्रम अन्तर्गत घोराही ७ को मावि सौंडियारमा पुस्तकालय स्थापना गरिएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि विद्यालयका प्रधानाध्यापक ज्ञानेन्द्र गौतमले पुस्तकालयले पठन क्रियाकलापमा बृद्धि गर्नुका साथै विद्यार्थीहरुको नेतृत्व विकासमा सहयोग पुग्ने बताउनुभयो ।त्रिभुवननगर जेसीजले हरेक वर्ष घोराही उपमहानगरपालिका भित्रको विद्यालयमा पुस्तकालयका लागि...

ताजा समाचार