शिक्षा क्षेत्रमार्फत देश विकासमा समर्पित छौँ– गोर्खा ग्रुप अध्यक्ष बुढा

दाङको शैक्षिक क्षेत्रमा महत्वपूर्ण योगदान गर्दै आएको घोराहीमा रहेको गोरखा स्कुलले पछिल्लो समय गोर्खा ग्रुप स्थापना गरी जिल्लाको घोराही, तुलसीपुर, लमही र लालमटियामा पनि शैक्षिक गतिविधि सञ्चालन गर्दै आएको छ । हाल सबै स्थानका विद्यालयमा गरी यहाँ करीव ९ हजार विद्यार्थी अध्ययनरत छन् । कक्षा १२ सम्म विज्ञान र व्यवस्थापन तर्फका कक्षा सञ्चालन गर्दै आएको विद्यालयले शैक्षिक र अतिरिक्त...

घोराहीका मेलमिलापकर्तालाई क्षमता विकास तालिम

घोराही, १३ पुस । घोराही उपमहानगरपालिकाले मेलमिलापकर्ताहरुलाई क्षमता अभिबृद्धि तालिम सञ्चालन गरेको छ । उपमहानगरपालिकाका १९ वटै वडाहरुमा रहेका मेलमिलाप कर्ताहरुको क्षमता अभिबृद्धि गर्न उपमहानगरपालिकाको कानुनी मामिला शाखाले तालिम दिन थालेको हो । बुधबार घोराहीमा आयोजना गरेको तालिम दुई दिनसम्म तालिम चल्ने छ । पहिलो र दोस्रो दिन ३७/३७ जनालाई सहभागी बनाई तालिम दिन लागिएको शाखा प्रमुख प्रतलाकुमारी देवकोटाले जानकारी...

स्ववियु चुनावको तयारीमा लाग्नुस : बुढाथोकी

अनेरास्ववियु क्याम्पस इकाइ अध्यक्षमा पण्डित महेन्द्र बहुमुखि क्याम्पस भरतपुर अनेरास्ववियु इकाई अध्यक्षमा सागर पण्डित चयन हुनु भएको छ । बुधवार क्याम्पसमा भएको क्याम्पस इकाइ सम्मेलनले पण्डितलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । इकाइ अध्यक्ष विशाल पुनको अध्यक्षता तथा नेकपा एमाले दाङका सचिव मनोहर बुढाथोकीको प्रमुख आतिथ्यमा भएको सम्मेलनले नयाँ कमिटी सर्वसम्मत चयन गरेको हो । कमिटीको उपाध्यक्षमा सविन पोख्रेल, सचिवमा...

जनप्रतिनिधिमाथिको दुव्र्यवहारप्रति एमालेको ध्यानाकर्षण

नेकपा एमाले दाङले सरकारी सेवा अवरुद्ध गरेर तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्कामाथि दुव्र्यवहार गर्ने व्यवासीयहरुको गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नेकपा एमाले दाङका अध्यक्ष हुकमु बस्नेत र सचिव मनोहर बुढाथोकीले मंगलबार विज्ञप्ति जारी गर्दै तुलसीपुर उद्योग वाणिज्य संघको तर्फबाट स्थानीय सरकारको सेवा अवरुद्ध गराउने र उल्टै उपमहानगर प्रमुखमाथि विभिन्न खालका वालपेन्टिङ गरेर दुव्र्यवहार गर्ने कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको...

प्रलेसले छ जना साहित्यकारलाई पुरस्कृत गर्ने

घोराही, २३ मंसिर । प्रगतिशील लेखक संघ नेपाल दाङ शाखाले छ जना साहित्यकारलाई पुरस्कृत गर्ने भएको छ । प्रलेसले आगामी पुस ३ गतेका दिन ३०औं स्थापना दिवसका अवसरमा छ जना साहित्यकारलाई पुरस्कृत र एकजना राजनीतिज्ञलाई सम्मान गर्ने निर्णय गरेको अध्यक्ष भुवन देवकोटाले जानकारी दिनुभयो । प्रलेसले गठन गरेको प्रतिभा छनौट समितिको शुक्रबार बसेको बैठकले गरेको निर्णय अनुसार यस वर्षको प्रगतिशील...

ज्ञानमालाको १५औं वार्षिकोत्सव सम्पन्न

महेश बस्नेत दाङ, मंसिर १९ । विद्यार्थीहरुको शैक्षिक सुधारका लागि तीन पक्षको भूमिका महत्वपूर्ण रहने एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । घोराही उपमहानगरपालिका–१६ सर्रास्थित ज्ञानमाला एकेडेमीको १५औं वार्षिकोत्सव एवम् अभिभावक दिवसको अवसरमा आयोजित कार्यक्रमका वक्ताहरुले यस्तो बताएका हुन् । कार्यक्रमका प्रमुख अतिथि निजि तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)का केन्द्रीय सचिव यादव गिरीले विद्यालय, अभिभावक र विद्यार्थी गरी तीन पक्षले...

कारवाहीको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

दाङ, १३ मंसिर । अनेरास्ववियु दाङले संगठनका केन्द्रीय सचिवालय सदस्य चेतन एडीको हत्यामा संलग्नहरुमाथि कारवाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय दाङमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ । अनेरास्ववियु दाङका अध्यक्ष सर्जन परियारको नेतृत्वमा गएको विद्यार्थीहरुको टोलीले दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई पाँच वुँदे मागसहितको ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा मृतकका परिवारका तर्फबाट सप्रमाण किटानी जाहेरी दिएकाहरुलाई तत्काल...

दाङ क्षेत्र नं. ३ (१) मा घनश्याम पाण्डेको प्रारम्भिक अग्रता

दाङ, ५ मंसिर । दाङ क्षेत्र नं. ३ (१) को प्रदेशसभा निर्वाचनतर्फको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ । ५ सय मत गणना गर्दा एमालेका घनश्याम पाण्डेले २ सय ४५ मत प्राप्त गर्नुभएको छ भने नेपाली काँग्रेसका उम्मेदवार डिल्ली चौधरीले २ सय १० मत प्राप्त गर्नुभएको छ । त्यसैगरी हलो चिन्हमा २४ मत र भाले चिन्हमा ८ मत परेको छ ।...

दाङ क्षेत्र नं. ३ मा एमालेको प्रारम्भिक अग्रता

दाङ, ५ मंसिर । दाङ क्षेत्र नं. ३ को प्रतिनिधिसभा प्रत्यक्ष तर्फको मतगणनामा नेकपा एमालेकी उम्मेदवार कोमल वलीले प्रारम्भिक अग्रता लिनुभएको छ । ६ सय मत गणना हुँदा वलीले २ सय ४३ मत प्राप्त गर्नुभएको छ भने नेपाली काँग्रेसका दीपक गिरीले २ सय २८ र राष्ट्रिय स्वतन्त्र पार्टीका कमल सुवेदीले ८६ मत प्राप्त गर्नुभएको छ ।

जनताको समस्या समाधान मेरो पहिलो प्राथमिकता

चुनावी तयारी कस्तो छ ? मतदान गर्ने समय अव केहीदिनमात्रै छ । हामीले दाङको विकास र समृद्धिका लागि गर्ने कार्यक्रमहरुलाई पार्टीको तर्फबाट संकल्प पत्र तयार गरी मतदातासमक्ष सार्वजनिक गरिसकेका छौं । तिनै प्रतिवद्धता लिएर हामी मतदाताको घरदैलोमा पुगेका छौं । मतदातालाई भेट्ने र आफ्ना योजना सुनाउने अनि सुर्य ध्वजाबाहक उम्मेदवारलाई विजय बनाउन अपील गर्ने काम तीव्र पारेका छौं । मतदाताले...

ताजा समाचार