दाङको करोडौ विकास बजेट काटेर भोट माग्दै रेखा शर्मा

दाङ, १ मंसिर । दाङको विकासका लागि विनियोजन गरिएको करोडौँ बजेट कटौती गरेको माओवादीले आफैले विकासबाट बञ्चित गरेका जनतासँग अहिले भोट माग्दै हिँडेको छ । तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलको सरकार ढालेर माओवादीका कुलप्रसाद केसीको नेतृत्वमा बनेको सरकारका अर्थ तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले दाङमा विनियोजित करोडौँ बजेट कटौती गरे । तिनै कृष्णध्वजकी श्रीमती रेखा शर्मा अहिले दाङ क्षेत्र नं....

बलियो र स्थिर सरकार निर्माण गर्ने हैसियत एमालेसँग मात्रै छ

चुनावी तयारी कस्तो छ ? मंसिर ४ को निर्वाचन देशको राष्ट्रियता, समृद्धि, सुशासन र विकासको आधार तयार गर्ने एउटा राष्ट्रिय पर्व हो । त्यसैले समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई लिएर हामी जनताको घरदैलोमा पुगेका छौ जनताको अभूतपूर्व साथ समर्थन पाइएको अवस्था छ । हामी उत्साहित छौं । एकातिर समृद्ध नेपाल सुखी नेपालीको अभियानबारे जनतालाई जानकारी गराउने अर्कोतिर जनताका सुझाव लिने...

मन्त्री जिताउन दाङ आएका सचिव र डिजी रातारात लखेटिए

दाङ, १ मंसिर । सहरी विकास मन्त्रालयका सचिव र डिजीले निर्वाचन आचारसंहितको उल्लङ्घन गरेका छन् । निर्वाचन आचारसंहिता विपरित मन्त्रालयका सचिव सचिव डा. रमेश सिंह र डिजी सुरेन्द्रमान श्रेष्ठ मन्त्री मेटमणि चौधरीको निर्वाचन क्षेत्रमा मध्यरातमा दलबलसहित देखिएपछि स्थानीयले लखेटेका छन् । मन्त्री चौधरीको निर्वाचन क्षेत्र दाङको भालुवाङस्थित पौवा होटेलबाट सचिव सिंहलाई रातको साढे १ वजे स्थानीयहरुले लखेटेका छन् । मतदाता...

यसरी जित्दैछन् शंकर पोख्रेल

दाङ, कार्तिक ३० । एमाले महासचिव शंकर पोख्रेल एमालेको मात्रै नेता होइनन् । दाङको समृद्धि, विकास, इज्जत र प्रतिष्ठासँग जोडिएका नेता हुन् । उनको राजनीतिक भविष्यले दाङलाई उचाइमा पु¥याउने कुरामा दङ्गाली जनता जानकार छन् । एमाले जस्तो देशको मुख्य पार्टीको महासचिव भएका पोख्रेल पार्टीका भावी अध्यक्ष तथा प्रधानमन्त्री समेत हुन् । दाङले पोख्रेल जत्तिको नेता पाउनु गर्वको कुरा हो...

एमाले क्षेत्र नं. २ पाँच वर्षका २३ प्रतिज्ञा र २ सय ३५ अठोट सार्वजनिक

दाङ, २२ कार्तिक । नेकपा एमाले दाङ निर्वाचन क्षेत्र नं. २ ले आगामी पाँच वर्षका लागि २३ प्रतिज्ञा र २ सय ३५ अठोट सार्वजनिक गरेको छ । मंगलबार घोराहीमा प्रतिवद्धता पत्र सार्वज्निक कार्यक्रम आयोजना गरेर एमाले महासचिव एवं दाङ निर्वाचन क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्य उम्मेदवार शंकर पोख्रेल, २(१) प्रदेशसभा सदस्य उम्मेदवार बलिभद्र राना, २(२) प्रदेशसभा सदस्य उम्मेदवार गिरीराज...

दुइवर्षभित्रै भूमि समस्या समाधान गर्छौं : महासचिव पोख्रेल

दाङ, २१ कार्तिक । नेकपा एमालेका महासचिव एवं दाङ निर्वाचन क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्य उम्मेदवार शंकर पोख्रेलले आगामी दुई वर्षभित्रै भूमिसम्वन्धी सबै समस्या समाधान गर्ने प्रतिवद्धता जनाउनुभएको छ । घोराही उपमनपा–१४ का विभिन्न दलित, सुकुम्वासी तथा अव्यवस्थित वसोवासीसँगको चुनावी भेटघाट कार्यक्रममा बोल्दै महासचिव पोख्रेलले मंसिर ४ पछि एमाले सरकार बन्ने र त्यसले भूमिहिन, सुकुम्वासी र अव्यवस्थित वसोवासी तथा गुठीसम्वन्धि...

गुठी समस्या समाधन गर्न एमाले सरकार : महासचिव पोख्रेल

दाङ, २० कात्तिक । नेकपा एमालेका महासचिव एवम् दाङ निर्वाचन क्षेत्र न. २ प्रतिनिधिसभा सदस्य उम्मेदवार शंकर पोख्रेलले दाङको गुठी समस्या समाधान गर्न एमाले सरकार आवश्यक रहेको बताउनुभएको छ । नेकपा एमाले घोराही- ४ ले आइतबार झिँगौरामा आयोजित चुनावी कार्यक्रममा बोल्दै महासचिव पोख्रेलले एमालेले मात्रै गुठी समस्या समाधान गर्ने बताउनुभयो । 'केपि ओलि नेतृत्वको एमाले सरकारले गुठी समस्या समाधान गर्न...

हाजिरीजवाफ तथा चकलेट दाैड प्रतियोगिता सम्पन्न

घाेराही, १८ कात्तिक । घाेराही उपमहानगरपालिका १६ सर्रास्थित ज्ञानमाला एकेडेमीमा शुक्रबारीय अतिरिक्त क्रियाकलाप अन्तर्गत शुक्रबार कक्षा १ देखि १० सम्मका छात्रछात्राहरुबिच तहगत अन्तर्सदनात्मक हाजिरीजवाफ प्रतियाेगिता र पूर्वप्राथमिक तहकाे कक्षागत चकलेट दाैड प्रतियाेगिताहरु सम्पन्न भएका छन् । कक्षा ६ देखि १० सम्मकाे अन्तर्सदनात्मक हाजिरीजवाफ प्रतियोगितामा ग्रिन हाउसका अनुप चाैधरी, गरिमा कार्की, सुमन केसी, तेजेन्द्र न्याैपाने र प्रणित रिजाल प्रथम भएका छन् भने...

चुन्ने र चुनिने अधिकारको रक्षा गरौं : अध्यक्ष श्रेष्ठ

दाङ, १६ कात्तिक । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष इन्दिरा श्रेष्ठले नागरिकको मन परेको प्रतिनिधि चुन्ने र जनताबाट चुनिन पाउने अधिकारको रक्षाको लागि भुमिका खेल्न निर्बाचन प्रबेक्षकहरुलाइ आग्रह गर्नु भएको छ । लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका जिल्ला प्रतिनिधि तथा निर्वाचन पर्बेक्षकहरुका लागि नेपालगन्जमा बुधबारदेखि सुरु भएको दुईदिने अभिमुखिकरणको उद्घाटन गर्दै अध्यक्ष श्रेष्ठले यस्तो आग्रह गर्नु भएको हो...

मतदाता फकाउने हुकुमको तरिका

दाङ, १३ कार्तिक । आगामी मंसिर ४ गते हुन लागेको प्रदेशसभा र प्रतिनीधिसभाका उम्मेदवारहरुले मतदातालाई आफ्नो पक्ष पार्न थालेका छन् । उम्मेदवारहरुले मतदाताको घरदैलोमा पुगेर परम्परागत रुपमा भोट माग्ने शैलीलाई बदल्न थालेका हुन् । चुनाबी सभा, कोणसभा तथा घरदैलो गर्ने गरेका उम्मेदवारहरुले भोट माग्नका लागि नयाँ शैली अपनाउन थालेका छन् ।प्रतिनिधि र प्रदेशसभा सदस्यका लागि असोज २३ गते उम्मेदवारी दिएका...

ताजा समाचार