शनिबारसम्म वर्षा, आइतबारदेखि मौसममा सुधार

दाङ, २० असोज । आउँदो शनिबारसम्म देशभर वर्षा हुने पूर्वानुमान छ । आइतबारदेखि भने मौसममा क्रमशः सुधार आउने वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । हाल नेपालमा दक्षिण–पश्चिम बंगालको खाडी र आन्द्र प्रदेश आसपास बनेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वर्षाका कारण कतिपय ठाउँमा दैनिक जीवनयापन प्रभावित भएको छ । अहिले मनसुन सकिने बेलामा मनसुन सक्रिय भएको...

बबरपुरमा भेटिएको शव पुरानाे

दाङ, २० असोज । बबई नदी किनारमा भेटिएको तीन जनाकाे शव पुरानाे भएको खुलेकाे छ । बबई नदीमा आएकाे बाढीले किनारमा गाडिएको शव उत्खनन् गर्दा किनरमा फेला परेकाे थियाे । स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव भेटिएको स्थानमा पुगेकाे प्रहरी र जनप्रतिनिधिको टाेलिले शव गाडिएको र बाढीले उत्खनन् गर्दा बाहिर भेटिएको निष्कर्ष निकालेकाे छ । तुलसीपुर उपमहानगरपालिका-१३ बबरपुरमा...

बबई नदीले बगाएको अवस्थामा तीनजनाको शव फेला

दाङ, २० असोज । बबई नदी किनारमा तीन जनाकाे शव फेला परेकाे छ । तुलसीपुर उपमहानगरपालिका-१३ बबरपुरमा शव फेला परेकाे हाे । नचिनिने अवस्थामा शव रहेकाे तुलसीपुर उपमहानगरपालिका-१३ का वडा अध्यक्ष माेहन पाैडेलले जानकारी दिनुभयो । शव भेटिएको स्थलमा प्रहरी, जनप्रतिनिधि र स्थानीय बासिन्दा पुगेका छन् । नदीले बगाएको अवस्थामा शव भेटिएको हुनाले कस्काे शव हाे र कहिले बगाएको हाे...

सन्दीप लामिछाने विमानस्थलबाटै पक्राउ

दाङ, २० असोज । नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ । कतार एयरवेजको विमानबाट आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएलगत्तै उनलाई प्रहरीले पक्राउ गरेको थियो । सन्दीपले आफू आज स्वदेश फर्किन लागेको सामाजिक सन्जालमार्फत् जानकारी दिएका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान १० बजे नै ओर्लिने भने पनि खराब मौसमका कारण विमान अवतरण गर्न...

दाङमा खाेलाले बगाउँदा एकजनाको मृत्यु-एकजना बेपत्ता

दाङ, २० असोज । दाङमा खाेलाले बगाउँदा एक जनाकाे मृत्यु भएको छ । मामाघरमा रहेका छाेराछाेरीलाई लिन जाने क्रममा खैरेनी खाेलाले बगाउँदा तुलसीपुर उपमहानगरपालिका-१५ निवासी ४८ बर्षिय मदन डाँगीकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । हिजाे खाेलाले बगाउँदा वेपत्ता भएका डाँगीकाे शव आज बिहान घटनास्थलदेखि ३५ मिटर पर फेला परेकाे जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।...

दसैँको झरीले डुबान र विचल्ली

दाङ, १९ असोज । दाङमा ठूलो पानी पर्दा मानव वस्ती डुबानमा परेको छ । दसैं मनाउन तयारी गरेको बेला परेको पानीले घरबास डुबानमा परेपछि स्थानीयको विचल्ली भएको छ । लमही नगरपालिका वडा नं. ६ स्थित लोटही सोताको पानी बस्तीमा पसेको छ । चुरे क्षेत्रमा मुहान भएको, बजार क्षेत्रको समेत पानी बग्ने लोटही सोताको पानी देउपुरको बस्तीमा पस्दा घरहरु डुबानमा परेका...

दसैँको दिन अविरल वर्षा, बाढी-पहिरोको जोखिम

दाङ, १९ असोज । दसैँ टीकाको दिन परेको लगातारको वर्षाले दसैँको टीकालाई प्रभावित पारेको छ । दाङमा रातिदेखि लगातार परिरहेको वर्षाले टीका लगाउन जाने, आउनेहरुलाई प्रभावित पार्नुका साथै बाढी, पहिरोको जोखिम समेत बढाएको छ । मौसम पूर्वानुमान शाखाले भोलि दाङलगायतका स्थानमा अझ धेरै वर्षा हुने जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार रातिदेखि नै देशका अधिकांश स्थानमा पानी परिरहेको छ।...

दशैँको टीका कता फर्केर लगाउने ?

दाङ, १९ असोज । आज बडादशैं अर्थात् विजयादशमीको मुख्य दिन मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका तथा जमरा लगाई हर्षोल्लासका साथ मनाइँदै छ। विजयादशमीका दिन आज बिहान १० बजेर ३४ बजे देवी विसर्जन र बिहान १०ः०२ बजे टीका लगाउनका लागि शुभ साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले जानकारी दिए । विजयादशमीका दिन आज दिनभर देवीको प्रसाद लगाउने...

नेकपा एमाले घोराही १७ को शुभकामना आदानप्रदान

युवराज खनाल दाङ, १२ असोज । नेकपा एमाले घोराही वडा नं. १७ ले शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । विजयादशमी, शुभ दीपावली तथा छठ पर्वको अवसरमा घोराही पनौरा मन्दिरमा कार्यक्रम आयोजना गरिएको थियो । नेकपा एमालेका प्रदेश कमिटी सदस्य तथा दाङ क्षेत्र नं. २ क का प्रदेशसभा सदस्यका उम्मेद्वार भलिभद्र रानाले आउँदै गरेको वडा दशैँको शुभकामना व्यक्त गर्नुका साथै चुनावी...

योजना तर्जुमाका लागि तथ्याङ्क महत्वपूर्ण आधार

दाङ, ७ असोज । योजना तर्जुमाका लागि तथ्याङ्क महत्वपूर्ण आधार भएको घोराहीमा भएको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । स्थानीय तहको तथ्याङ्क सुधार कार्यक्रम अन्तर्गत दाङको घोराहीमा भएको तथ्याङ्कीय साक्षरता तालिम समापनका अवसरमा बोल्दै स्थानीय तहका नेतृत्वहरुले योजना तर्जुमाका क्रममा तथ्याङ्कलाई आधार बनाउन सके लक्ष्यसम्म पुग्न सकिने बताएका हुन् । कार्यक्रममा बोल्दै घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले तथ्याङ्कलाई आधार...

ताजा समाचार