https://xvamoney.xyz/776345230639204/

सकियो महोत्सव, १८ करोडको कारोबार

घोराही, १४ फागुन । दाङ व्यापारिक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरीय औद्योगिक कृषि प्रदर्शनी २०७४ सकिएको छ । सोमबार औपचारिक कार्यक्रम गरेर महोत्सवको समापन गरिएको हो । फागुन ३ गतेदेखि सुरु भएको महोत्सवमा १८ करोडको कारोवार भएको महोत्सव मुल आयोजक समिति एवं दाङ उद्योग वाणिज्य संघले जनाएको छ । १२ दिन चलेको महोत्सवलाई साढे तिन लाख दर्शकले अवलोकन गरेको...

शिक्षक संघको प्रदेश अध्यक्षमा योगी

बाँके, १४ फागुन । नेपाल शिक्षक संघको पाँच नम्वर प्रदेश अध्यक्षमा दाङका अर्जुन योगी निर्वाचित हुनु भएको छ । सोमबार नेपालगञ्जमा भएको निर्वाचनमा उहाँ विजयी हुनु भएको थियो । समितिको वरिष्ठ उपाध्यक्षमा पाल्पाका दीपक प्रसाद ज्ञवाली, महिला उपाध्यक्षमा वर्दीयाकी शान्ति योगी, उपाध्यक्षमा अर्घाखाँचीका कृष्ण पौडेल र वर्दीयाका यज्ञ नेपाल निर्वाचित हुनु भएको छ । यसैगरी महासचिवमा रुपन्देहीका लालप्रसाद पंगेनी, महासचिव...

यी हुन् लडाकु विमान उडाउने २४ वर्षीया युवती

नयाँ दिल्ली । भारतको मध्यप्रदेशको एउटा सानो गाउँमा जन्मिएकी अवनी चतुर्वेदीले सपनामा पनि चिताएकी थिइनन् कि कुनै दिन एक्लै लडाकु विमान उडाउँछृु भनेर । तर उनले नचिताएको कुरा पुगेको छ । २४ वर्षीया अवनी एक्लै लडाकु विमान उडाउने पहिलो भारतीय महिला बनेकी छन् । गत सोमबार दिउँसो उनले एमआईजी–२१ बाइसन विमानको ३० मिनेट एकल उडान गरेकी थिइन् । अहिले उनी...

फागुको रंग, होलीको भंग

तीर्थबहादुर श्रेष्ठ फागु वा होली भन्ने बित्तिकै रंग र भंग अनि प्रेम र प्रणयका सन्दर्भ जोडिन्छन्। लगभग ६० वर्षअघिको काठमाडौंमा हामी होली हैन, फागु खेल्थ्यौं। पुस–माघको मीनपचास विदाभर टोलका सबै साथीसँग खेलेको गुच्चा, पैयुँ र पांग्रा एक कुनामा थन्क्याएर स्कुल जानुपर्थ्यो। फागुन महिनाले फागु तुरुन्त बोलाएसँगै टोलछिमेकका सबै साथीसंगिनीसँग फेरि जमेर खेल्ने अवसर जुर्थ्यो। फागुन शुक्ल अष्टमीका दिन काठमाडौं वसन्तपुरमा कुमारी घर...

सर्वपक्षीय सहमतिबाटै स्थायी राजधानीः सोनाम

घोराही, १३ फागुन । पाँच नम्वर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी सोनामले सर्वपक्षिय सहमतिबाटै प्रदेशको स्थायी राजधानी तोकिने बताएका छन । प्रेस चौतारी र प्रेस सेन्टर दाङले आइतबार घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री केसीले सवैलाई पायक पर्ने स्थानमा स्थायी राजधानी राख्नकालागि सहमतिको प्रयास भइरहेको जानकारी दिए । स्थायी राजधानीकालागि सर्वपक्षिय सहमतिको प्रयास भइरहेको छ...

उन्नत घाँसको विउ वितरण

घोराही, १३ फागुन । घोराही उपमहानगरपालिका वडा नं. १६ ले कृषकहरुलाई उन्नत जातको घाँसको विउ वितरण गरेको छ । व्यवसायिक पशुपालनलाई प्रोत्साहित गर्न अनुदानमा घाँसको विउ वितरण गरिएको वडा अध्यक्ष लछिनप्रसाद वुढाले जानकारी दिए । सर्रास्थित वडा कार्यालयमा आइतबार एक कार्यक्रमको आयोजना गरी घोराही उपमहानगरपालिकाका प्रमुख एवं कार्यक्रमका प्रमुख अतिथी नरुलाल चौधरीले एकसय वढि कृषकहरुलाई घाँसको विउ वितरण गरेका थिए...

विकासे मार्गचित्र कोर्दै जनप्रतिनिधि

सल्यान, १३ फागुन । फलफुल, जडिवुटी र तरकारी उत्पादनमा कहलिएको सल्यान प्राकृतिक स्रोतले जति भरिपूर्ण छ त्यति गरिवीमा पनि गाँजीएको छ । सल्यानमा ६९ हजार ६ सय वढि जनसंख्या गरिवीको रेखामूनि छ । यी सवै गरिवीको अन्त्य गर्न भन्दै यतिवेला जनप्रतिनिधिहरु विकासको मार्ग चित्र कोर्न कस्सीएका छन । स्थानीय सरकार सञ्चालनको जिम्मेवारी सम्हालेका जनप्रतिनिधिहरुले सल्यानको विकासकालागि योजनावद्ध प्रयास थालेका हुन...

समन्वयकारी भूमिका खेल्दै अधिकार सुनिश्चित गर्छौ : सभामुख घर्तीमगर

रुकुमपूर्वबाट प्रदेशसभा सदस्यमा निर्वाचित पूर्ण घर्तीमगर भर्खरै पाँच नम्वर प्रदेशसभाको अध्यक्ष चुनिनु भएको छ । माओवादी जनयुद्धकालमा पहिलो जनसरकार प्रमुख भएका घर्ती प्रदेशसभा सभामुखमा निर्वाचित भइसकेपछि कानुन निर्माण र सभा सञ्चालनका विषयमा गरिएको कुराकानीको सारसंक्षेप यहाँ प्रस्तुत गरिएको छ (सम्पादक) । प्रदेशसभाले कसरी काम गर्दैछ ? प्रदेशसभा पहिलो अभ्यास गर्दैछौं । यसको मुख्य जिम्मेवारी भनेको कानुन निर्माण गर्ने नै हो ।...

लालबाबु पण्डितको निर्णयः सोल्टी र द्वारिकाजलाई एक लाख जरिमाना

१३ फागुन, काठमाडौं । विगतमा डीभी पीआरको विरोध गरेका लालबाबु पण्डित जनसंख्या तथा वातावरण मन्त्री बनेपछि पनि त्यसैगरी खरो उत्रिन थालेका छन् । पण्डितले यसपटक पाँचचारे होटल र ठूला अस्पतालहरुमाथि कडाइ सुरु गरेका छन् । मापदण्ड विपरीत सेवा सञ्चालन गरेको भन्दै मन्त्री पण्डितले काठमाडौंका ठूला होटल र अस्पतालदेखि दूध वितरकसम्मलाई कारवाही गर्ने निर्णय गरेका छन् । वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) नगरी...

सबै सार्वजनिक संस्थानका कर्मचारीको सुविधा समान हुने

काठमाडौं, १३ फागुन | आफूखुसी अतिरिक्त सुविधा लिने प्रवृत्ति निरुत्साहित गर्न मापदण्ड बनाइँदै सरकारले सबै सार्वजनिक संस्थानका कर्मचारीको सेवासुविधा एउटै मापदण्डमा आधारित रहेर प्रदान गर्ने भएको छ । सबै संस्थानका कर्मचारीका लागि समान मापदण्ड बनाएर सोही आधारमा सेवासुविधा दिनेबारे समिति बनाएर अध्ययन गर्ने निर्णय अर्थ मन्त्रालयले गरेको हो । सबै सार्वजनिक संस्थानका कर्मचारीको विद्यमान सेवासुविधाबारे अध्ययन गर्ने र फरक पाइए एउटै मानक...

ताजा समाचार