भारत कमाउन गएका खत्री १३ महिदेखि बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह
दाङ, ७ असोज । दाङको बबई गाउँपालिका–७ डाँडागाउँका कमानबहादुर खत्री १३ महिनादेखि बेपत्ता हुनुभएको छ । २०७८ साल भदौ ४ गते भारतमा कमाउन जाने भन्दै घरबाट निस्किएका खत्री आजसम्म परिवारको सम्पर्कमा हुनुहुँदैन ।
वर्षदिन पुग्दासमेत खत्री कुनै सम्पर्कमा आउन नसकेपछि अहिले घरपरिवार चिन्तित रहेको छ । खत्रीको खोजीका लागि उहाँकी श्रीमती लालमति खत्री जिल्ला प्रहरी कार्यालय दाङसहित महानगरीय प्रहरी परिसर...
प्राध्यापक संघ जनता विद्यापीठमा नयाँ नेतृत्व
दाङ, ७ असोज । नेपाल संस्कृत विश्वविद्यालय प्राध्यापक संघ जनता विद्यापीठ एकाई समिति बिजौरीमा नयाँ नेतृत्व चयन भएको छ । बुधबार सम्पन्न निर्वाचनबाट सर्वसम्मतरुपमा नेतृत्व चयन गरिएको निर्वाचन समितिका संयोजक दुर्गाबहादुर केसीले जानकारी दिए ।
समितिको उपसभापतिमा रम्भाकुमारी अर्याल, सचिव रञ्जु शर्मा, उपसचिव अरुणकुमार पोख्रेल र कोषाध्यक्ष शारदा सुवेदी चयन भएका छन् । सदस्यहरुमा गिरिशचन्द्र तिवारी, विनोदकुमार आचार्य, मिलन शर्मा...
बिजौरी दहवन सडकखण्ड दसैँ अगावै खोलिने
तुलसीपुर, ७ असोज । वर्षायाममा आएको पहिरोको कारण अबरुद्ध रहेको बिजौरी दहवन सडकखण्ड दसैँ अगावै खोलिने भएको छ । तुलसीपुर उपमहानगरपालिका र रुन्टीगढी गाउँपालिकाका प्रमुखबीच भएको छलफल पश्चात् अबरुद्ध सडक सञ्चालनका लागि दुवै पालिकाले आफ्ना यान्त्रिक साधनहरु प्रयोग गरेर सञ्चालनमा ल्याइने भएको हो ।
तुलसीपुर उपमहानगरपालिकाभित्र पर्ने सडकखण्डमा आएको पहिरो तुलसीपुरले हटाउने भएको छ भने रुन्टीगढी क्षेत्रमा आएको पहिरो रुन्टीगढीले...
पत्रकार घिमिरेलाई राष्ट्रपतिद्वारा प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार
दाङ, ६ असोज । दाङका पत्रकार दशरथ घिमिरे राष्ट्रिय स्तरकाे पत्रकारिता पुरस्कारले सम्मानित हुनुभएको छ । राष्ट्रपतिकाे कार्यालय शितल निवासमा आयाेजना गरिएको विशेष कार्यक्रममा प्रेस काउन्सिल नेपालले युवा पत्रकारिता पुरस्कारले सम्मानित गरेकाे हाे ।
राष्ट्रपति विद्या भण्डारी र सञ्चार तथा सुचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले घिमिरेलाई सम्मान पत्रसहित नगद प्रदान गरेर पुरस्कृत गर्नुभएको हाे । नयाँ युगबाेध राष्ट्रिय दैनिक, नेपाल...
बाल दिवसमा अपाङ्ग संघलाई ज्ञानमाला एकेडेमीको सहयोग
दाङ, २९ भदौ । ५८औं बाल दिवसका अवसरमा ज्ञानमाला एकेडेमी घोराही–१६ सर्राले नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्रमा खाद्य सामग्री सहयोग गरेको छ । ज्ञानमाला एकेडेमीमा गठित सिर्जनशील बाल क्लब, नेपाल जुनियर रेडक्रस सर्कल र किशोरी समुहको संयुक्त आयोजनामा घोराही–१४ झिँगौरामा रहेको नवजीवन केन्द्र घोराहीको प्राङ्गण सरसफाइ तथा खाद्य सामग्री वितरण गरिएको हो ।
सिर्जनशील बाल क्लबका अध्यक्ष अनुप चौधरीको...
नेसंविको अनुसन्धान केन्द्र र सांस्कृतिक अध्ययन केन्द्रको भवन शिलान्यास
दाङ, २८ साउन– नेपाल संस्कृत विश्वविद्यालय (नेसंवि) को अनुसन्धान केन्द्र र राष्ट्रिय सांस्कृतिक अध्ययन केन्द्रको संयुक्त भवनको आज शनिबार एक समारोहका बीच शिलान्यास गरिएको छ । नेसंवि सेवा आयोगका अध्यक्ष प्रा. श्रीधर मजगैँयाले वैदिक विधिपूर्वक भवनको शिलान्यास गर्नुभयो ।
भवन शिलान्यासका क्रममा प्रा. मजगैँयाले अनुसन्धान केन्द्र र सांस्कृतिक अध्ययन केन्द्रको भवन निर्माणसँगै विश्वविद्यालयमा अध्ययन अनुसन्धानका कार्यले थप गति लिने विश्वास...
तुलसीपुर उपमहानगरपालिका पूर्ण खोपयुक्त
तुलसीपुर, २२ असार । तुलसीपुर उपमहानगरपालिकालाई पूर्ण खोप सुनिश्चिता घोषणा गरिएको छ । पालिकाभित्र एक वर्ष मुनिका दुई हजार नौ सय २८ र एक वर्षदेखि २३ महिनासम्मका तीन हजार नौ सय चार जना बालबालिकालाई खोप लगाइएको छ । पालिकाभित्र रहेका सम्पूर्ण बालबालिकाहरुलाई खोप लगाइएपछि पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो ।
प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेलले पालिकालाई २०७४ सालमै पूर्ण...
तुलसीपुर ११ ले शुरु गर्यो हेल्पडेस्क, अब फोटोकपी र निवेदन निःशुल्क
तुलसीपुर, २० असार । तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ ले नागरिकको सहजताका लागि हेल्पडेस्क सुरु गरेको छ । निवेदन, फोटोकपी सेवा निःशुल्क गरिने र सेवाग्राहीलाई आवश्यक जानकारी गराइने उद्देश्यका साथ हेल्पडेस्क सुरु गरिएको वडा अध्यक्ष मानबहादुर रावतले जानकारी दिनुभयो ।
वडामा आउने सेवाग्राहीलाई निवेदन र फोटोकपीकै कारण दौडधुप गर्न नपरोस् र निवेदनकै नाममा ठुलो रकम असुल्ने गतिविधीको अन्त्य गर्ने उद्देश्यले...
घोराही प्याब्सनको हाजिरीजवाफमा माउन्ट भ्यू प्रथम
दाङ, ११ असार । निजी तथा आवासिय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) घोराही नगर समितिको आयोजनामा आधारभूत तह कक्षा ६ देखि ८ सम्मको नगरस्तरिय हाजिरीजवाफ प्रतियोगिता कार्यक्रम शनिबार गुरुकुल एकेडेमी रतनपुरमा सम्पन्न भएको छ ।
घोराही उपमहानगरपालिकाभित्र रहेका प्याब्सनमा आबद्ध विद्यालयहरु मध्ये ३५ विद्यालय सहभागी उक्त प्रतियोगितामा माउन्ट भ्यू इङ्लिस बोर्डिङ स्कुलको समुह प्रथम भएको छ । उक्त विद्यालयको तर्फबाट सिद्धान्त अधिकारी,...
तुलसीपुरमा पिकअप दुर्घटना हुँदा तीन घाइते
तुलसीपुर, ३ असार । तुलसीपुरमा पीकअप गाडी दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । नेपालजञ्जबाट तुलसीपुरतर्फ आउँदै गरेको गाडी शुक्रबार दिउँसो ३ बजेको समयमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ रजौरामा दुर्घटना भएको हो ।
रा १ च ११६२ नं. को उक्त गाडीमा चालकसहित तीन जना सवार रहेको र तीनै जनालाई सामान्य चोट लागेको छ । तर गाडी भने पुर्ण...














