प्रेस चौतारीद्वारा तुलसीपुरमा सञ्चार डेस्क स्थापना
तुलसीपुर, ५ असोज । प्रेस चौतारी दाङ शाखाले नेकपा एमालेका तर्फबाट संघ र प्रदेशसभाका उम्मेद्वारहरुका गतिविधि सञ्चार माध्यममा ल्याउनका लागि दाङ क्षेत्र नं. ३ मा सञ्चार डेस्कको स्थापना गरेको छ । नेकपा एमालेका केन्द्रीय सदस्य एवम् नेकपा एमाले संघीय क्षेत्र ३ का उम्मेद्वार कोमल वलीले डेस्कको उद्घाटन गर्नुभएको हो ।
प्रेस चौतारी दाङ शाखाका कोषाध्यक्ष गोकर्ण पौडेलको अध्यक्षता एवम् नेकपा...
राजधानीको ‘गुण’ भोटमा बदल्दै देउखुरीका मतदाता, एमालेको पक्षमा छाउँदै माहोल
दाङ देउखुरी, ५ असोज । नेकपा एमालेका उम्मेदवार आफ्ना एजेण्डा लिएर मतदाताको घरमा पुगेका छन् । दाङ निर्वाचन क्षेत्र नं. १ प्रतिनिधिसभा सदस्य उम्मेदवार शान्ता चौधरी, प्रदेश सभा सदस्य(१)का उम्मेदवार गंगाराम भट्टराई र प्रदेश सभा सदस्य (२)का उम्मेदवार कुलबहादुर केसी मतदाता भेट्न गाउँ पुग्नु भएको छ ।
गाउँमा पुग्दा मतदाताको रोजाइमा एमालेको उम्मेदवार परेका छन् । जेष्ठ मतदाताको आशिर्वाद र...
विकास र समृद्धिको अगुवाई गरेकै कारण फेरि देशको नेतृत्व पाउँदैछौः पोख्रेल
घोराही, ३ कात्तिक । नेकपा एमालेका महासचिव एवं दाङ निर्वाचन क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्य उम्मेदवार शंकर पोख्रेलले विकास र समृद्धिको अगुवाई गरेकैले एमालेलाई फेरि देशको नेतृत्व गर्ने जिम्मेवार आउने बताउनु भएको छ ।
गोरक्षनाथ वैदिक गुरुकुल चौघेरामा विहीवार आयोजित भेटघाट कार्यक्रममा बोल्दै महासचिव पोख्रेलले नेतृत्व गर्ने जिम्मेवारी पाउँदा एमालेले देश विकास र समृद्धिको अगुवाई गरेकाले जनताले अवको नेतृत्वको जिम्मेवारी...
गोरक्ष वैद्धिक गुरुकुलका बटुकसँग शंकर पोख्रेल (फोटो फिचर)
नेकपा एमालेका महाचिव एवं दाङ निर्वाचन क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्य उम्मेदवार शंकर पोख्रेल गोरक्ष वैद्धिक गुरुकुल चौघेरामा बटुकहरुसँग । बटुकहरुको स्वस्ति वाचनपछि गुरुकुल सञ्चालन, अवस्था र गुरुकुलको विकासका लागि गर्नुपर्ने कामका विषयमा गोरक्ष मठाधिस सुरतनाथ योगी, गुरुकुलका अध्यक्ष प्रकाश भट्राई, नेकपा एमाले दाङ निर्वाचन क्षेत्र नं. २(१) का उम्मेदवार बलिभद्र राना, स्थानीय जनप्रतिनिधि, नेकपा एमालेका नेताहरु, सर्वसाधारणवीच छलफल...
रोल्पाली समाजले शंकर पोख्रेललाई भन्यो ‘तपाई राष्ट्रकै नेतृत्व गर्ने व्यक्ति हो’
घोराही, ३ कात्तिक । रोल्पाली समाज दाङले नेकपा एमालेका महासचिव तथा दाङ निर्वाचन क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्य उम्मेदवार शंकर पोख्रेललाई रोल्पाली समाजको विकासका लागि ज्ञापनपत्र बुझाएको छ । घोराही–१४ मा आयोजित कार्यक्रममा समाजले पोख्रेललाई माग पत्र राख्दै भन्यो–तपाई दाङकोमात्रै होइन राष्ट्रकै नेतृत्व गर्ने व्यक्ति हो । राष्ट्रिय राजनीतिमा भूमिका खेल्ने व्यक्तित्वलाई दाङवासीले उत्तिकै महत्वका साथ हेरेका छन् ।
समाजको...
प्रेस चौतारी दाङद्वारा सञ्चार डेस्क स्थापना
दाङ, २९ असोज । प्रेस चौतारी दाङले सञ्चार डेस्क स्थापना गरेको छ । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी चौतारीले घोराहीमा शनिबार सञ्चार डेस्क स्थापना गरेको हो ।
नेकपा एमालेका उम्मेदवारहरुको चुनावी प्रचारप्रसारलाई व्यवस्थित गराउन घाेराहीमा जिल्लास्तरीय सञ्चार डेस्क स्थापना गरिएको हो । प्रेस चाैतारी दाङका अध्यक्ष इन्द्र डिसीकाे अध्यक्षता तथा नेकपा एमाले पाेलिटव्युराे सदस्य एवम् दाङ...
अबैध पटका बरामदपछि नष्ट
दाङ, २८ असोज । दाङमा अबैध रुपमा भित्रिएकाे पटका सुरक्षा निकायले नष्ट गरेकाे छ । गढवा गाउँपनलिका-१ कालाकाँटेमा सार्वजनिक सवारीसाधन जाँच गर्दा बरामद भएको ४२ प्रकारका चार लाख ३२ हजार ८८ रुपैयाँ मूल्य बराबरकाे पटका सशस्त्र प्रहरी बल नेपाल २९ गण हेडक्वाटरले नष्ट गरेकाे हाे ।
भारतबाट अवैध रुपमा लुकाइछिपाइ भित्र्याइएकाे पटका बरामद पछि नष्ट गरिएको एसपी बिनाेद केसीले जानकारी...
निर्वाचन आचारसंहिता बिपरित सहरी विकास मन्त्रीले बाँडे चामल
दाङ, २८ असोज । निर्वाचन आचारसंहिता बिपरित सहरी विकास मन्त्री मेटमणी चौधरीले आफ्नो निर्वाचन क्षेत्रका बाढी पीडितको नाममा चामल वितरण गरेका छन् । मन्त्री आफै उपस्थित भएर देउखुरीका चार वटा स्थानीय तहलाई ५० क्विन्टलको दरले दुई सय क्विन्टल चामल वितरण गरेका हुन् ।
बाढीबाट प्रभावित भएकाहरुलाई राहत स्वरुप चामल उपलब्ध गराइएको मन्त्रीको सचिवालयले जनाएको छ । ‘मन्त्री ज्यूको पहलमा आएको...
को हुन् गंगाराम भट्टराई ? जो देउखुरीको सम्भावना र विकासका आधार हुन् !
दशरथ घिमिरे
गंगाराम भट्टराई दाङ देउखुरीका लागि एउटा नाम मात्रै होइन, ब्राण्ड बनिसकेको छ । सामाजिक क्षेत्रमा निकै सक्रिय गंगाराम भट्टराई अहिले निर्णायक राजनितीक यात्रामा अघि बढ्नु भएको छ । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य भट्टराई मंसिर ४ गते हुदै गरेको प्रदेश सभा सदस्य प्रत्येक्ष निर्वाचनमा दाङ क्षेत्र नम्बर १(१) को प्रदेश सभा सदस्यको उम्मेदवार हुनुहुन्छ । राजनैतिक...
लमही नगरपालिकामा अनिश्चितकालीन तालाबन्दी
दाङ, २३ असोज । लमही नगरपालिकाकाे कार्यालयमा तालाबन्दी भएको छ । प्रमुख प्रशासकीय अधिकृतकाे बिषयलाइ लिएर वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरुले नगरपालिका कार्यालयकाे मुल गेटमा तालाबन्दी गरेका हुन् ।
प्रमुख प्रशासकीय गेहेन्द्रबहादुर डाँगीकाे सरुवा भएको थियाे । तर, पुन: एक महिना नबित्दै साेही नगरपनलिकामा सरुवा भएर आएपछी वडा अध्यक्ष तथा कार्यपालिका सदस्य आन्दाेलित छन् । डाँगीकाे ठाउँमा देवेन्द्र प्रसाद श्रेष्ठ...














