एमाले तुलसीपुर टोल भेला र सभामा केन्द्रित हुदै
तुलसीपुर । बैशाख ३० गते हुने स्थानिय तह निर्वाचनको लागि नेकपा एमालेले तुलसीपुरका १९ वटा वडामा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । केहि वडामा भने आज मात्रै घरदैलो कार्यक्रम सकिएको एमाले निर्वाचन परिचालन कमिटिले जानकारी दिएको छ ।
घरदैलो सकिएका वडामा भने एमालेले अव टोल भेला र सभाको आयोजन गर्ने छन । बैशाख १२ गते मनोनयन...
काँग्रेसको पाटी कार्यक्रममा नगरपालिकाका कर्मचारी उद्घोषक
तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाको पाँचौ तहका कर्मचारी होमजङ विक काँग्रेस पाटी कार्यक्रममा उद्घोषक बनेर आचारसंहिताका ठाडो उल्लघंन गरेका छन् । वडा नम्बर ७ को डाडाँपातुमा काँग्रेसको सम्पर्क कार्यालय उद्घाटनमा उनले उद्घोषकको काम गरेका थिए । “कर्मचारी भएर यसरी कुनै पाटीको कार्यक्रम नचलाउनुपर्ने” कार्यक्रममा उपस्थित एक स्थानीयले भने ।
स्थानीय वासिन्दाका अनुसार...
उनले जितेः जनता जनार्दन
गोकर्ण पौडेल
बुवाको प्रेम के हो ? अभिभावक गुमाउनुको पीडा के हो ? अभावपूर्ण जीवनको सकस के हो ? श्रमको मूल्य के हो ? जुन कुरा टीकारामले सानै उमेरमा भोगे । राजनीतिमा धैर्यताको अर्थ टीकारामलाई सोध्नु छ । साहुको घरमा हली बसिरहेका टीकारामलाई गाउँलेहरुले सामलको व्यवस्था गरेर पठनपाठनको व्यवस्था गरे । वर्गीय राजनीतिमा जोडिएका नेताहरुले उनलाई अभिभावकीय कर्तव्य निर्वाह गरे...
शान्तिनगरको समृद्धि नै मेरो एकमात्र लक्ष्य होः अध्यक्षका उम्मेद्वार केसी
देशका सवै पालिकामा जस्तै पश्चिम दाङको शान्तिनगर गाउँपालिकामा पनि निर्वाचनको माहौल तिव्र बनेको छ । यसपटक पहिलेको भन्दा आफ्नो स्थिति राम्रो बनाएको भन्दै नेकपा एमालेबाट उमेदवार बन्नुभएका विष्णु केसी निर्वाचनमा होमिनुभएको छ । विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा होमिनुभएका केसीसंग निर्वाचन अभियानका बारेमा गरिएको कुराकानी ।
निर्वाचनको अभियान कसरी चलिरहेको छ ?
निर्वाचनको अभियान स्वस्थ, स्वच्छ र मैत्रिपूर्ण रुपमा चलिरहेको छ ।...
पाँच बर्ष भित्र गङटेसम्मको सडक कालोपत्रे हुनेछ: भुवनेश्वर पौडेल
रामप्रसाद सुवेदी ।
हापुरे, बैशाख २२ गते नेकपा एमाले दाङ क्षेत्र नम्बर ३ (ख)का ईन्चार्ज तथा नेकपा एमालेका तर्फबाट बबई गाउँपालिका अध्यक्ष पदका उमेदवार भुवनेश्वर पाैडेलले आगामी ५ बर्ष भित्रमा ट्वाङखोला देखि गङटेसम्मको सडक कालोपत्रे बनिसक्ने बताउनु भएको छ । सडक चौडा बनाउने,ग्राबेल गर्ने तथा ट्वाङखोला र रिमखोलीमा पुल निर्माण गर्नका लागि आवस्यक प्रक्रियाको थालनी लगायतका कामहरुको शुरूवात...
दंगीशरणमा चुनावी अभियान तिब्र
दंगीशरण । नेकपा एमाले दंगीशरण गाउँपालिकाको चुनावी अभियान तिव्रताका साथ अगाडी बढेको छ । युवा देखि जेष्ठ नागरीकहरु सबै एमालेलाई जिताउनका लागि घरदैलो देखि ¥यालीहरुमा समेत सहभागिता जनाउँदै आएका छन् ।
गाउँपालिका अध्यक्ष उपाध्यक्ष लगाएत सात वटै वडामा एमालेको बर्चश्व कायम गर्न निकै उत्साहित रहेको नेकपा एमाले गाउँपालिका ईञ्चार्ज भागिराम चौधरीले जानकारी दिए ।
‘हामी रात दिन नभनी लागेका...
देउखुरीमा एमाले बलियो, चुनावी अभियान व्यापक बन्दै
देउखुरी, २२ बैशाख । नेकपा एमालेको चुनावी अभियान देउखुरीमा व्यापक बनेको छ । देउखुरीका चार स्थानीय तहमा एमालेका उम्मेदवार बिजय बनाउने अभियान अन्तरगत पहिलो चरणको घरदैलो अभियान अन्तिमचरणमा पुगेको छ । मतदाताहरु एमालेका उम्मेदवारलाई बिजय बनाउन उत्साहित रहेको नेकपा एमाले लमही नगरपालिका मुल परिचालन समितिका संयोजक रतनकुमार केसीले जानकारी दिनुभयो ।
देउखुरीको लमही नगरपालिका, राप्ती गाउँपालिका, गढवा गाउँपालिका, राजपुर...
दुवै पदमा पुरुष उठाएर गठबन्धनले संवैधानिक व्यवस्थाको उपहास ग-यो:अनेमसंघ
काठमाडौँ, २२ । आसन्न स्थानीय तहको निर्वाचनमा पालिकाको प्रमुख÷उपप्रमुख र अध्यक्ष÷उपाध्यक्ष दुवै पदमा पुरुष उम्मेदवार उठाएको सत्ता गठबन्धनको उम्मेदवारलाई चुनावबाटै दण्डित गर्न अखिल नेपाल महिला संघले अपिल गरेको छ । निर्वाचनको मिति नजिकिँदै गर्दा गठबन्धनका कारण महिला सहभागिता घट्ने भन्दै त्यसरी दुवै पदमा पुरुष उठाउने गठबन्धनलाई मत नदिन आग्रह गरेको हो ।
अनेमसंघ सातौं राष्ट्रिय सम्मेलन आयोजक कमिटीले बिहिबार...
जो गाउँ फर्किएर विकासको जग बसाले
गोकर्ण पौडेल
राजनीतिको यात्रामा विश्राम भन्ने शब्द नै हुँदैन । कयन पल्ट भोकै पेट सुत्नु परेको छ । जीवन अभावै अभावमा बिताएका भुवनेश्वर साविक पुरन्धारा नेकपा गाउँ कमिटिको अध्यक्ष हुँदै जिल्ला कमिटी सदस्य भएर एक अवधिसम्म काम गरे । फेरि जिल्ला कमिटीबाट धेरै नेता पदोन्नति हुँदै केन्द्रसम्म पुग्छन् तर भुवनेश्वर फेरि साविक पुरन्धारा गाउँ कमिटीमै नेतृत्व गर्नका लागि फर्किए ।...
लामही– ५ रातो डाँडामा एमालेको घरदैलो
प्रकाश खनाल
लमही, २१ बैशाख । आसन्न स्थानीय तहको निर्वाचन आफ्नो पक्षमा जनलहर सिर्जना गर्न नेकपा एमाले लमही निरन्तर घरदैलो तथा भेटघाटमा व्यस्त छ । निर्वाचन नजिकिदै जादा एमालेको पक्षमा जनलहर थप वृद्धि हुँदै गएको छ ।
लमही ५ राताडाँडाको घरदैलो कार्यक्रममा सायौंको संख्यामा एमालले घरदैलो गरेको छ । लमही न पा. का मेयर तथा उपमेयर पदका उम्मेदवार साथै वडा नं...














