महाशिवरात्री मेला व्यवस्थित बनाउन विभिन्न समिति गठन, १०८ गौमूखी धाराको उद्घाटन गरिने

विमल योगीदाङ, ८ फागुन । दाङको धारपानीमा लाग्ने महाशिवरात्रि मेला यस वर्ष पनि तीन दिनसम्म सञ्चालन हुने भएको छ। घोराही उपमहानगरपालिका वडा नं. ५, धारपानीस्थित पाण्डवेश्वर महादेव मन्दिर धाममा आयोजना हुने मेलामा विभिन्न धार्मिक कार्यहरू सम्पन्न गरिनेछन्। महाशिवरात्रि पर्वको अवसर पारेर यही फागुन १२ गते १०८ गौमुखी धाराको औपचारिक उद्घाटन गरिनेछ। विभिन्न दाताहरूको सहयोगमा निर्माण सम्पन्न भएका यी गौमुखी धाराहरू...

डिभाइन एकेडेमीको १७ औं वार्षिकोत्सब सम्पन्न

महेश बस्नेत घोराही, ८ फाल्गुन । घोराही उपमहानगरपालिका वडा नं. ४ का वडा अध्यक्ष मधुसुदन शर्मा (मुनाल घिमिरे)ले आर्थिकरुपमा विपन्न विद्यार्थी शिक्षाबाट बञ्चित हुन आफुले नदिने उल्लेख गर्नुभयो । घोराही उपमहानगरपालिका ४ गोग्लीस्थित डिभाइन एकेडेमीको १७ औं वार्षिकोत्सबका अवसरमा उहाँले यस्तो बताउनुभएको हो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका वडा अध्यक्ष मुनाल घिमिरेले आर्थिक अवस्थाका कारण कुनै विद्यार्थी शिक्षाबाट बञ्चित भएको...

त्रिभुवननगर जेसीज हाजिरीजवाफ २०२५ को विजेता जनज्योति बिद्यामन्दिर

घोराही, ७ फाल्गुन । प्रजातन्त्र दिवसको अवसरमा त्रिभुवननगर जेसीजद्वारा आयोजित ‘त्रिभुवननगर जेसीज हाजिरीजवाफ प्रतियोगिता –२०२५’ बुधबार सम्पन्न भएको छ । स्वर्गीय किरण दाहालको स्मृतिमा आयोजित हाजिरीजवाफ प्रतियोगितामा जनज्योति विद्यामन्दिर घोराही प्रथम भएको थियो । यसैगरी, दिपशिखा आवासीय माध्यमिक विद्यालय द्वितीय र गोरखा इन्टरनेशनल माध्यमिक विद्यालय तृतीय भएका थिए । गुरुकुल एकेडेमीकाे प्राङ्गणमा सञ्चालित उक्त प्रतियोगिता माध्यामिक तह अन्तर्गत कक्षा ९...

ज्ञानज्योती घोराहीद्वारा बृद्धाश्रमलाई सहयोग

घोराही, ७ फाल्गुन । घोराही उपमहानगरपालिका १३ डुमरगाउँस्थित ज्ञानज्योती एजुकेसनल एकेडेमीले आफनो १५ औं वार्षिकोत्सबका अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत मंगलबार जेष्ठ नागरिक भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । घोराही उपमहानगरपालिका १६ तेरौटेमा अवस्थित जेष्ठ नागरिक सरोकार केन्द्रद्वारा सञ्चालित बृद्धाश्रमका जेष्ठ नागरिकहरुसँग विद्यालयले भेटघाट तथा सहयोग हस्तान्तरण गरेको शिक्षक नवीन आचार्यले जानकारी दिनुभयो । उक्त अवसरमा विद्यालयले जेष्ठ नागरिक सरोकार...

लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य

दाङ, ६ फाल्गुन । लुम्बिनी प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले प्रदेशसभाको पाँचौं ९हिउँदे० अधिवेशन अन्त्य गर्नुभएको छ । नेपालको संविधानको धारा १८३ को उपधारा ९२० बमोजिम फागुन ६ गते मंगलबार राति १२स्०० बजेदेखि लागू हुनेगरी अधिवेशन अन्त्य गरिएको हो । प्रदेश सरकारको मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको थियो । सोही आधारमा...

प्रदेश मन्त्रिपरिषद् बैठकले गर्यो चार महत्वपूर्ण निर्णय

दाङ, ६ फाल्गुन । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले विभिन्न महत्वपूर्ण निर्णयहरु गरेको छ । मंगलबार मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका९देउखुरी०मा सम्पन्न बैठकले विभिन्न चार वटा निर्णयहरु गरेको हो । बैठकले उजिरसिंह रंगशाला निर्माणका लागि आवश्यक बजेट तथा अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ । प्रदेश पूर्वाधार विकास प्राधिकरणलाई उक्त रंगशाला निर्माण कार्यान्वयन गर्न जिम्मेवारी...

देश विकासको पहिलो आधार प्राविधिक शिक्षा : महासचिव पोख्रेल

तुलसीपुर, ६ फाल्गुन । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले देश विकासको पहिलो आधार प्राविधिक शिक्षा भएको बताउनुभएको छ । तुलसीपुर बहुप्राविधिक शिक्षालय र तुलसीपुर मेट्रो कलेज तुलसीपुर १२ हरिपौरीको सभाहलको शिलन्यास कार्यक्रममा बोल्दै पोख्रेलले देश विकासका लागि प्राविधिक शिक्षामा लगानी गर्नुपर्नेमा जोड दिनुभयो । शिक्षालय सञ्चालक समितिका अध्यक्ष टिकाराम खड्काको अध्यक्षतामा भएको सभाहल शिलन्यास कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोख्रेलले आफुले...

लुम्बिनी प्रदेश सरकारका असल अभ्यासहरु

कृष्णहरि बास्कोटा मुलुकमा गठन भएका सबै ७ वटा प्रदेश सरकारले आ-आफ्नै ढंगले असल काम पनि गरिरहेका छन् । हामीलाई आलोचना सुन्ने बानी परेकाले पनि असल काम ओझेलमा पर्दै गएका हुन् । केहि समयदेखि मैले निरन्तररुपमा लुम्बिनी प्रदेश सरकारबाट सम्पादित कामको समीक्षा गर्दै आईरहेको छु । यस पूर्बका मेरा लेखमा प्रदेश सरकारका कमी कमजोरी औल्याएको छु । आज भने मुख्यमन्त्री कार्यालय...

प्राप्त उपलब्धिलाई तुलना गरेर धारणा निर्माण गर्न आवश्यकः मुख्यमन्त्री आचार्य

दाङ, ४ फाल्गुन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश स्थापना भएपछिको अवधिलाई समीक्षा गर्दै उपलब्धिलाई हेरेर धारणा निर्माण गर्न आवश्यक रहेको बताउनु भएको छ । ‘टक्सार समृद्ध लुम्बिनी’ विशेषाङ्क लुम्बिनीको सामथ्र्य को लोकार्पण गर्दै मुख्यमन्त्री आचार्यले प्रदेश सरकार गठन भएयता भएका उपलब्धिहरूलाई तुलना गरेर धारणा निर्माण गर्न आवश्यक रहेको बताउनु भएको हो । ‘प्रदेशप्रति नकारात्मक धारणा सिर्जना गर्ने प्रयास...

कृषिको समग्र विकासलाई केन्द्रमा राखेर योजना अघि बढाएका छौं : मुख्यमन्त्री आचार्य

दाङ, ४ फाल्गुन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले कृषिको समग्र विकासलाई केन्द्रमा राख्दै आवधिक योजनाको प्रस्तावना तयार पारेको बताउनु भएको छ । अखिल नेपाल किसान महासंघ लुम्बिनी प्रदेश समितिले विभिन्न सुझाव समेटिएको ज्ञापनपत्र बुझाउने क्रममा मुख्यमन्त्री आचार्यले कृषिमा यान्त्रिकीकरण, व्यवसायीकरण गर्दै उत्पादन र उत्पादकत्व बढाउने गरी योजना अघि सारिएको स्पष्ट पार्नुभयो । उहाँले प्रदेशको समृद्धि र विकास...

ताजा समाचार