एमाले दाङको उम्मेद्वार चयन भर्चुअल विधिबाट उद्घाटन
दाङ, २७ चैत । नेकपा एमाले दाङले वडा तहमा उम्मेद्वार चयनको प्रक्रिया अघि बढाएको छ । एमाले दाङ प्रचार विभागले आज पार्टी कार्यालय भरतपुरमा गरेको कार्यक्रमको पार्टीका महासचिव शंकर पोख्रेलले भर्चुअल विधिबाट उद्घाटन गरेसँगै उम्मेद्वार चयनको प्रक्रिया शुरु भएको छ ।कार्यक्रमलाई एमाले महासचिव शंकर पोख्रेलले भर्चुअल विधिबाट सम्बोधन गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोख्रेलले योग्य र विकास...
अम्बिकेश्वरी क्याम्पसको अभिमुखीकरण कार्यक्रम सम्पन्न
दाङ, २५ चैत । अम्बिकेश्वरी क्याम्पस घोराही दाङले BIM तेस्रो, BCA चौथो र B.sc.CSIT नवौँ ब्याचमा भर्ना भएका नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण गरेको छ ।
क्याम्पस प्रमुख चन्द्र प्रकाश खनालको अध्यक्षता तथा राप्ती स्वास्थ्य तथा विज्ञान प्रतिष्ठानका रजिष्ट्रार प्रकाश थापा प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । क्याम्पसका अध्यक्ष द्रोण खड्काले नवआगन्तुक विद्यार्थीलाई स्वागत गर्दै क्याम्पसमा सञ्चालित कार्यक्रमको भावी योजना तथा...
सरस्वती माध्यमिक विद्यालयमा स्वागत तथा बिदाइ कार्यक्रम सम्पन्न
दाङ, चैत २५ । दाङको घोराही भरतपुरमा रहेको सरस्वती माध्यमिक विद्यालय काठेकोहलमा डिप्लोमा तह सूचना प्रविधि विषयमा अध्ययनरत विद्यार्थीहरुले आज शुक्रवार एक कार्यक्रमको आयोजना गरी नव आगन्तुक विद्यार्थीहरुको स्वागत तथा अध्ययन पूरा गरेर जान लागेका विद्यार्थीहरुलाई बिदाइ गरेका छन् ।
डिप्लोमा तह तेस्रो र चौथो सेमेष्टरका विद्यार्थीहरुले कार्यक्रमको आयोजना गरी छैठो सेमेष्टर र टि एस एल सी तहको अध्ययन पुरा...
भोलिदेखि निर्वाचन आचारसंहिता लागू हुँदै !
दाङ, २४ चैत्र । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका सन्दर्भमा आचारसंहिता लागू गर्दैछ । आज र भोलि (शुक्रबार) बस्ने आयोगको बैठकले आचारसंहिता लागू हुने निर्वाचन आयोगले जनाएको छ ।
आगामी वैशाख ३० गते सरकारले देशभर एक साथ स्थानीय तह निर्वाचन गर्ने घोषणा गरेको छ । आयोगका आयुक्त ईश्वरी पौडेलले एक/दुई दिनभित्र आचारसंहिता लागू गर्ने तयारीमा आयोग जुटेको जानकारी दिनुभयो ।
मतदानको...
स्थानीय तह निर्वाचन : अनलाइनमा यसरी हेर्नुहोस् आफ्नो मतदाता परिचयपत्र
दाङ, १५ चैत । सरकारले आउँदो वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेको छ । यसअन्तर्गत ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिका गरी कूल ७५३ स्थानीय तहमा निर्वाचन हुनेछ ।
निर्वाचन आयोगले २०७९, वैशाख २९ गतेसम्म १८ वर्ष उमेर पुरा भएका मतदाताको नामावली प्रकाशित गरेको छ । यसअन्तर्गत स्थानीय चुनावमा एक करोड ७७ लाख ३३ हजार...
एमाले घोराही १७ को कार्यालय उद्घाटन
युवराज खनाल
दाङ, ९ चैत । नेकपा एमाले घोराही उपमहानगरपालिका १७ को वडा कार्यालय उद्घाटन गरिएको छ । 'म जिताउँछु मेरो वडा' भन्ने मूल नाराका साथ घोराही उपमहानगरपालिका वडा नं. १७ चौघेरामा वडा कमिटीले वडा कार्यालय स्थापना गरेको हो ।
उद्घाटन कार्यक्रम घोराही उपमहानगरपालिका वडा नं. १७ का वडा कमिटी अध्यक्ष दुर्गा खत्रीको अध्यक्षता तथा नेकपा एमाले दाङ जिल्ला सदस्य तथा...
सबैका लागि पढाइ कार्यक्रमका लागि राप्तीमा समन्वय बैठक
तिर्थराज ज्ञवाली
मसुरीया देउखुरी दाङ, ९ चैत । सबैका लागि पढाइ कार्यक्रमका लागि राप्ती गाउँपालिका दाङमा स्थानीय तहसंग योजना तर्जुमा तथा समन्वयात्मक बैठक गरिएको छ । अपाङ्ग मानव अधिकार एवं सरोकार मञ्च नेपालको आयोजनामा कार्यपालिका पदाधिकारी एवं शाखा प्रमुखहरुसँग समन्वयात्मक बैठक गरिएको हो ।
गाउँपालिका उपाध्यक्ष जगदम्वा कुमारी चौधरीको अध्यक्षता तथा पालिका अध्यक्ष नुमानन्द सुवेदीको प्रमुख आतिथ्यतामा भएको बैठकमा राप्ती गाउँपालिका क्षेत्रमा अपाङ्गता...
पूर्णरुपमा दुरबिन र हार्मोनिक प्रविधिबाट बुद्ध हस्पिटलमा पाठेघरको अप्रेशन
TLC विधिद्धारा पश्चिम नेपालमै पहिलो पटक सफल अप्रेसन
दाङ, २७ फागुन । सल्यान जिल्लाको त्रिवेणी गाउँपालिका वडा नं. ५ की विमला गिरीलाई तल्लो पेट दुख्न थाल्यो । २ वटा छोरा छोरी हुर्काइ सकेर तेस्रो सन्तान कान्छो छोराको जन्मपछि २०६७ सालदेखी उहाँलाई यस्तो समस्याले सताउन थाल्यो । उहाँलाई यही समस्याले ११ वर्षसम्म सतायो ।
उपचारको क्रममा चेकजाँच गर्दा पाठेघरमा घाउ भएकाले पेट...
हापुरमा अस्थायी प्रहरी चौकी उद्घाटन
बिजय रोका क्षत्री
घोराही, २५ फागुन । घोराही उपमहानगरपालिका ११ शिवपुरमा अस्थायी प्रहरी चौकीको उद्घाटन गरिएको छ । घोराही उपमहानगरपालिका ११ का अध्यक्ष कुलबहादुर लामिछानेको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको प्रमुख आतिथ्यतामा चौकीको उद्घाटन गरिएको हो ।
भौगोलिक विकटता रहेको यस क्षेत्रमा विभिन्न आपराधिक घटनाहरु धेरै हुन थालेपछि स्थानीय र जनप्रतिनिधिको प्रयासमा चौकी स्थापना गरिएको हो । चौकी स्थापना...
राप्ती गाउँपालिकामा भूमिहीनका लागि जग्गा नाप नक्सा सुरु
तिर्थराज ज्ञवाली
चैते शान्तिपुर (दाङ), २४ फागुन । राप्ती गाउँपालिका क्षेत्रमा भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासी जग्गा नाप नक्सा गर्ने कार्यको सुरुवात गरिएको छ । मंगलवार एक कार्यक्रमकाबीच राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले जग्गा नाप नक्सा गर्ने कार्यको सुरुवात गर्नुभएको हो ।
राप्ती गाउँपालिकाको पूर्वमा पर्ने वडा नं १ को चैतेबाट जग्गा नाप नक्सा गर्ने कार्यको सुरुवात थालिएको छ...














