सहकारी दिवस मनाउन छलफल

तिर्थराज ज्ञवाली मसुरिया (देउखुरी), १७ चैत्र । राप्ती गाउँपालिकामा ६२औँ सहकारी दिवस मनाउने कार्यक्रमलाई व्यवस्थित गर्न आइतवार गाउँपालिकामा छलफल गरिएको छ । दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी भन्ने नारा सहित राप्ती गाउँपालिकामा यही चैत २० गते  सहकारी सम्वन्धी लोकगीत प्रतियोगिताको आयोजना गर्ने कार्यक्रम रहेको छ । कार्यक्रम संयोजक राप्ती गाउँपालिका आर्थिक विकास शाखा प्रमुख महेश अधिकारीको अध्यक्षता तथा राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द...

सरकारी विद्यालयका शिक्षकले अब १० देखि ४ बाहिर पढाउन नपाउने

घोराही, १७ चैत । घोराही उपमहानगरपालिकाले सरकारी विद्यालयका शिक्षकहरुलाई विद्यालय समयमा अनेत्र कोचिङ, ट्युसन र निजी विद्यालयहरुमा गएर पठन पाठन गर्नमा रोक लगाउने निर्णय गरेको छ । नगर कार्यपालिकाको आज बसेको ५२औँ बैठकले विद्यालय समयमा सरकारी विद्यालयका शिक्षकहरु अन्यत्रै गएर पढाउने गरेको पाइएको भन्दै विहान १० देखि अपरान्ह ४ बजेसम्म विद्यालयमै रहने र अन्यत्र गई कोचिङ, ट्युसन र निजी विद्यालयमा...

संस्कृत शिक्षाको प्रचारका लागि विद्यार्थी सम्मेलन

गोकर्ण पौडेल तुलसीपुर, चैत १५ । वर्तमान समयमा संस्कृत शिक्षाको आवश्यकता र महत्वका विषयमा विद्यार्थी सम्मेलन हुने भएको छ । जनता विद्यापीठ पूर्व विद्यार्थीको आयोजनामा संस्कृत शिक्षाको बारेमा प्रचार प्रसारका लागि सम्मेलन आयोजना गरिएको हो । अन्तर्राष्ट्रिय संस्कृत विद्वत् सम्मेलन भएको स्थान जनता विद्यापीठ बिजौरीमा चैत २२ र २३ गते कार्यक्रम आयोजना गरिएको क्याम्पसका प्राचार्य माधव अधिकारीले जानकारी दिनुभएको छ ।...

घोराही १४ को दोस्रो चौमासिक प्रगतिः ५७ योजनामध्ये १५ सम्पन्न

घोराही, १७ चैत । घोराही उपमहानगरपालिका वडा नम्बर १४ ले चालु आर्थिक वर्षका लागि तय गरेका ५७ योजनाहरुमध्ये १५ वटा योजना सम्पन्न भएको जनाएको छ । वडा कार्यालयले आइतबार गरेको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रममा अध्यक्ष शक्तिराम डाँगीले चालु आर्थिक वर्षका ५७ वटा वडास्तरीय योजना तथा कार्यक्रममध्ये १५ वटा योजना सम्पन्न भएको जानकारी दिनुभयो । ती १५ योजना तथा कार्यक्रम...

पूर्ण सरसफाईको अभियानमा घोराही १६

दाङ, १६ चैत । घोराही उपमहानगरपालिका वडानम्वर–१६ लाई पूर्ण सरसफाई उन्मुख बनाउन टोलविकास संस्थाहरु लागिपरेका छन् । वडा कार्यालयले थालेको पूर्ण सरसफाई उन्मुख अभियानलाई सफल पार्न वडाभित्रका सम्पूर्ण टोलविकास संस्थाहरु लागिपरेका हुन् । पूर्ण सरसफाई उन्मुख अभियानलाई सफल पार्न कस्सिएका टोलविकास संस्थाहरुले शनिबार घोराही–सर्रा सडकको दुवै किनारमा सरसफाई गरेका छन् । वडाभित्रका सानीअम्वापुर टोलविकास संस्था, मुना टोलविकास संस्था, भगवानपुर टोलविकास संस्था, इञ्जिनियरिङ टोलविकास संस्था, सर्रा...

दिवा सेवा केन्द्रको बैठक

तुलसीपुर, १६ चैत । तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ पिरगाउँस्थित ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रको बैठक शनिबार सम्पन्न भयो । हालै मात्रै भवन निर्माण गरेको केन्द्रले आफ्ना गतिविधिलाई अझै व्यवस्थित रुपमा सञ्चालन गर्ने योजना बनाएको छ । भवनको बाहिरबाट तारजाली तथा गेट निर्माणका लागि केन्द्रमा आवद्ध ज्येष्ठ नागरिकहरु सकृय भएर लागिरहेका छन् । उनीहरुले तारजाली र गेट निर्माणका लागि वडा कार्यालयबाट रकम माग गर्ने...

सिमलतारामा ४ बिगाह बारीमा पिडालु खेती

घोराही, १५ चैत । घोराही उपमहानगरपालिका वडा नम्बर १ सिमलतारामा व्यवसायीक पिडालु खेती सुरुवात गरिएको छ । घोराही उपमहानगरपालिका कृषि विकास शाखाको आर्थिक सहयोगमा रैथाने अग्र्यानिक पिडालु खेतीको सुरुवात गरिएको हो । नगरका अर्थ विकास समिति संयोजक एवं वडा नम्बर १ का अध्यक्ष राममणी पाण्डेको अध्यक्षता र नगर प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यतामा आज कार्यक्रम गरि पिडालु खेतीको सुरुवात गरिएको...

दाङमा ‘टुर दि दाङभ्याली’ साइकलिङ हुने

घोराही, १३ चैत । दाङमा पहिलो पटक साइकलिङ यात्रा हुने भएको छ । दाङ जिल्ला साइकलिङ संघको आयोजनामा पहिलो पटक यस्तो कार्यक्रम आयोजना गर्न लागिएको हो । दाङ जिल्ला साइकलिङ संघ दाङको बुधबार बसेको बैठकले आगामी २०७६ बैशाख २१ गतेका दिन टुर दि दाङभ्याली साइकलिङ गर्ने निर्णय गरेको हो । संघका अध्यक्ष रेशम केसीको अध्यक्षतामा बसेको बैठकले घोराहीबाट शुरु भएर...

घोराही ८ र १० को स्यानीगाउँ धोवाघाट ‘स्मार्ट कृषि गाउँ’

घोराही, १३ चैत । प्रदेश सरकारले घोषणा गरेको स्मार्ट कृषि गाउँको दाङमा कार्य थालनी भएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर ८ र १० को स्यानीगाउँमा बुधबार एक कार्यक्रमको आयोजना गरि कार्य प्रारम्भ गरिएको हो । स्मार्ट कृषि गाउँ कार्यान्वयन समितिका अध्यक्ष चन्द्रप्रसाद चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशका भूमी व्यवस्था तथा कृषि सहकारी मन्त्री आरती पौडेलले स्मार्ट कृषि गाउँमा...

ओरेकमा झण्डै २ सय महिला हिंसाका मुद्दा

घोराही, १३ चैत । महिला अधिकारको क्षेत्रमा काम गर्दै आएको महिला पुनर्स्थापना केन्द्र ओरेक दाङले एक वर्षमा झण्डै २ सय महिला हिंसाका मुद्दाहरु आएको बताएको छ । घरेलु हिंसादेखि अदालतको फैसला कार्यान्वयन नभएका सम्म गरी १ सय ८१ मुद्दाहरु कार्यालयमा दर्ता भएको ओरेकले जनाएको छ । ओरेकले बुधबार घोराहीमा आयोजना गरेको वार्षिक समीक्षा तथा योजनासम्बन्धी समन्वय बैठकमा पेश गरेको विवरण...

ताजा समाचार