दाङ, ४ कार्तिक। नेपाल विद्युत् प्राधिकरणले बक्यौता रकम नतिर्ने चार उद्योगको विद्युत् लाइन विच्छेद गरेको छ। प्राधिकरणले आज बिहान करिब ६:२० देखि ७ बजेबीच घोराही सिमेन्ट (दाङ), अर्घाखाँची सिमेन्ट (लुम्बिनी), त्रिवेणी स्पिनिङ (परवानीपुर) र जगदम्बा स्टिल (अमलेखगञ्ज)को लाइन काटेको जनाएको छ। प्राधिकरणका अनुसार, यी उद्योगहरूले लामो समयदेखि डेडिकेटेड र ट्रङ्क लाइन प्रयोगबापतको थप महसुल तिरेका […]






























































